हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
हौसला
चीनले सन् १९७८ देखि सुधार र खुलापनको नीति अवलम्बन ग¥यो र लगत्तै एक वर्षपछि संरा अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना ग¥यो । यो नै दुई देशबीचको व्यापारिक सम्बन्धको आधारशिला थियो । विस्तारै दुई देश बीचको आर्थिक एवम व्यापारिक सम्बन्ध बलियो र प्रगाढ बन्दै गयो । यसबाट एकातिर चीनको उल्लेख्य आर्थिक वृद्धिमा सहयोग मिल्यो भने अर्कोतिर चीनको आर्थिक वृद्धिबाट अत्याधिक लाभ लिने देश संरा अमेरिका नै बन्यो ।
चीनको आर्थिक समृद्धि र संरा अमेरिकासँगको चीनको सहकार्यले अमेरिकाको बृहत्तर आर्थिक प्रदर्शनी र उपलब्धिमा ठूलो योगदान पु¥यायो । चीनको अत्यधिक ठूलो बजार मागले अमेरिकी कम्पनीहरूलाई धेरै नाफा दिलायो र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको क्षमतालाई बलियो बनाउन मद्दत ग¥यो ।
सन् २००८ मा सबप्राइम मोर्टगेज सङ्कट (Subprime Mortgage Crisis) को कारण उत्पन्न भएको विश्वव्यापी वित्तीय सङ्कटबाट संरा अमेरिकालगायत विश्वकै अर्थतन्त्रलाई माथि उकास्न चीनको तीव्र गतिको आर्थिक वृद्धिदरले सहयोग ग¥यो । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१० देखि २०१७ सम्मको विश्व कूल गार्हस्थ वृद्धिमा चीनले ४३.२ प्रतिशत (बजार विनिमय दरका आधारमा) र २८.६ प्रतिशत (क्रयशक्ति समताका आधारमा) योगदान गरेको तथ्याङ्क छ ।
साथै संरा अमेरिकी उपभोक्ताले उपभोग गर्ने सामग्रीको महत्वपूर्ण हिस्सा (करिब ५० प्रतिशत) चिनियाँ निर्यातले ओगटेकोे छ । जसले अमेरिकाको मुद्रास्फिती दर (Inflaton Rate) न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥यायो ।
चीनले विश्वासका आधारमा ठूल्ठूलो रकम बराबरको सामग्री उधारोमा संरा अमेरिकालाई उपलब्ध गराउँदै आइरहेको छ । ठूलो सङ्ख्यामा संरा अमेरिकी सरकारको बोण्ड (Bond) किनेर चीनले सहयोग गरिरहेको छ । चीनको यस्तो सहयोगले कम लागतमा ठूल्ठूलो आर्थिक कोष खडा गर्न, राष्ट्रिय ऋणको व्याजदरबाट हुने खर्च न्यूनीकरण गर्न, आर्थिक र वित्तीय नीति नियमन गर्ने दायरा फराकिलो पार्न अमेरिकालाई ठूलो सहयोग मिलिरहेको कसैबाट लुकेको छैन ।
संरा अमेरिकाका सेवा उद्योगहरूलाई विश्वमै प्रतिस्पर्धी बनाउन चिनियाँ सेवाक्षेत्रको व्यापारले बल पु¥याइरहेको छ । संरा अमेरिकाबाट चीनमा सेवा क्षेत्रमा हुने कूल निर्यात सन् २००८ मा १५.८ अरब अमेरिकी डलर थियो । त्यो आँकडा बढेर सन् २०१७ सम्ममा ५७.६ अर्ब अमेरिकी डलर पुग्यो । यसले व्यापार नाफामात्र ४.९ अर्ब अमेरिकी डलरबाट ४०.२ अर्ब अमेरिकी डलरसम्मको उचाइमा पु¥यायो । चीनकै सहयोगमा संरा अमेरिकाको विश्व सेवा व्यापार नाफा करिब ३२.५ प्रतिशतसम्म पुगेको तथ्याङ्क छ । पछिल्लो दशकमा मात्र संरा अमेरिकाले चीनसँगको सेवा क्षेत्रको व्यापारबाट करिब २ खरब २८ अरब अमेरिकी डलर आर्जन ग¥यो ।
चीनले वित्तीय सञ्चार, स्वास्थ्य सेवा, शिक्षा र निवृत्तिभरणलगायतका क्षेत्रहरूमा पनि खुलापनको नीति अवलम्बन गरेसँगै संरा अमेरिकाले थप फाइदा र उपलब्धि हासिल गरेको बताइन्छ । चीनले बैकिङ सुरक्षा कोष, भविष्यको लागि कोष तथा आर्थिक व्यवस्थापन व्यापारमा विदेशी लगानी विस्तार गर्नुले विशेष भूमिका खेलिरहेको स्पष्ट हुन्छ ।
संरा अमेरिकाले चीनमा गरेको लगानीबाट पनि ठूलै नाफा उठाएको छ । संरा अमेरिकाको आर्थिक विश्लेषण विभाग (Bureau of Economic Analysis) का अनुसार सन् २०१६ सम्ममा चीनमा अमेरिकी लगानी ९२.५ अरब अमेरिकी डलर पुगेको र त्यसबाट ११.८ अर्ब अमेरिकी डलर नाफा प्राप्त भएको देखियो । चीनमा लगानीको औसत प्रतिफल दर (average rate of return) १२.८ प्रतिशत छ । यो विश्वको बाँकी राष्ट्रहरूले प्राप्त गर्ने लगानीको प्रतिफल भन्दा ५.१ प्रतिशतले बढी हो । तर चीनले अमेरिकामा गरेको लगानीबाट हुने नाफा भनेको अधिकत्तममा ३ प्रतिशत मात्र हो । यस अर्थ संरा अमेरिकामा चिनियाँ लगानीको प्रतिफल अत्यन्त न्यून छ ।
अमेरिकी बहुर्राष्ट्रिय कम्पनीहरूको नाफाको प्रमुख स्रोत पनि चीन नै भएको आर्थिक विश्लेषण विभागको तथ्याङ्कले जनाउँछ । चीनको बजार र यसको विशाल एवम् बढ्दो मागले पनि अमेरिकी कम्पनीहरूको प्राविधिक नविनता र उन्नतिमा टेवा पु¥याएको बताउँछन् चिनियाँ अर्थशास्त्री एवम् अनुसन्धानकर्ता याओ सुमेइ (Yao Shumei) ।
चीनमा अमेरिकी कम्पनीहरूको बिक्री अर्थात् व्यापार चीनले अमेरिकामा गर्ने व्यापारको तुलनामा उल्लेख्य रुपमै उच्च छ । यी सबै कुराहरूले के पुष्टि गर्छ भने दुईपक्षीय व्यापारमा सबैभन्दा नाफा अमेरिकालाई नै छ । अर्थात् व्यापार युद्धको ठूलो मार अमेरिका स्वयमले बेहोर्नुपर्ने निश्चितप्रायः छ । यसरी विश्वका दुई ठूला अर्थतन्त्र भएका देशहरूको आर्थिक र व्यापारिक सम्बन्धसँगै दुई देशबीचको व्यापार र लगानी संरचना, श्रमको विभाजन र चासो विश्व अर्थतन्त्रको दीर्घकालीन विकासको नतिजा नै हो ।
तसर्थ संरा अमेरिकाले सृजना गरेको व्यापारिक असमझदारीलाई समानताका आधारमा वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकताबोध संरा अमेरिका आफैले गर्नुपर्ने ठम्याइ अर्थशास्त्री सुमेई राख्दछन् । त्यसकारण दुवै पक्षले विश्व आर्थिक सन्तुलन कायम राख्न र आर्थिक सङ्कट पैदा हुने परिस्थिति आउनबाट रोक्न यस्ता व्यापारिक द्वन्द्वलाई रोक्नु बुद्धिमानी हुने देखिन्छ ।
– चाइना डेली, १ अगस्ट, २०१८
Leave a Reply