अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २७ भदौ । सूर्यविनायक नगरपालिका वडा नं १० को चितपोल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ३९ औं शिक्षा दिवस तथा ५२ औं साक्षरता दिवसको अवसरमा लोकदोहरी प्रतियोगिता तथा विविध खेलकुद प्रतियोगितामा विजयी हुनेलाई नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैजुले मङ्गलबार पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा अतिथि सैजुले पुँजीवादी व्यवस्थामा महिलाहरू प्रमुख पदमा पुग्दैमा गरिब महिलाहरूको मुक्ति नहुने, समाजवादी व्यवस्थामा मात्र सबै जनताको मुक्ति हुने बताउनुभयो ।
उहाँले शिक्षा, स्वास्थ निःशुल्क, स्वदेशमा युवाहरूलाई रोजगार दिनुपर्ने सरकारले कम्युनिष्टको खोल ओढेर पुँजीपति वर्गको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले महिलाहरूमा राजनीतिक सुझबुझ हुनुपर्ने, महिलाहरू स्वावलम्बी बन्नुपर्ने महिलाहरूले तीजलाई संस्कृतिको नाममा विकृति फैलाउन नहुने बताउनुभयो ।
चितपोल सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा, मनशोभा सुवाल रामप्यारी न्हेम्हाफूकोले आ–आफ्ना विचार व्यक्त गर्नुभयो ।
Leave a Reply