यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
म्याग्दी, २८ भदौ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधीन पक्की पर्खाल बाढीले बगाउँदा बेनी बजार जोखिममा परेको छ । करीब ५० मिटर पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको हो । यसैगरी राहुघाटको बस्ती र बेनी जोमसोम सडकअन्तर्गतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।
कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–२ बारीबेनीदेखि बगरफाँटतर्फ जाने करीब १० मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताउनुभयो । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
चमेरे, बैसरी, बेगखोला, भुरुङ तातोपानी, रुप्से र घाँसा खण्डमा पहिरो र कालीगण्डकीको कटानका कारण सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा मुस्ताङ ओहोर–दोहोर गर्ने पर्यटक समस्यामा परेका छन् । मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन समस्या भएको छ ।
म्याग्दीको रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीमा एउटा विद्यालय भवन बगाएको छ ।
छहरी भन्ने ठाउँमा पहिरोले रघुगङ्गा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको दुई भवन र अर्को भवनको आधा भाग र एक शौचालय बगाएको वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो ।
बाढीले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनि क्षति पु¥याएको छ । खरिबोटस्थित तीन घर र कुईनेमङ्गलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगङ्गामा आएको बाढीले बगाएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।
करीब २० घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिराका साथै रघुगङ्गा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीमा क्षति पु¥याएको छ ।
यसैगरी पहिरोले मुस्ताङको थासाङ गाउँपालिका–५ कुञ्जोस्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएकोे छ भने थासाङ गाउँपालिका–२ सौरुमा बाढी पस्दा दश घरमा क्षति पुगेको छ ।
मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरोपछि कालीगण्डकी नदीमा बुधबार अपरान्ह् पाँचदेखि नौ बजेसम्म बाढीको सतह बढेको थियो । राति सुरक्षित ठाउँमा गएर बास बसेका तटीय क्षेत्रका बासिन्दा नदीमा बाढीको सतह घटेपछि बिहानदेखि घर फर्कन थालेका छन् ।
Leave a Reply