अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौं, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार भक्तपुर नगरपालिकाले जनप्रतिनिधिहरूसँग बालबालिका कार्यक्रम आयोजना ग¥यो । नगरपालिकाभित्रका विद्यालयहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले जनप्रतिनिधिहरूसँग नगरको सरसफाइ, शिक्षा, स्वास्थ्य उपचार सेवा, बालश्रमलगायतका विषयमा जिज्ञासाहरू व्यक्त गरेका थिए ।
विद्यार्थीहरूको जिज्ञासाको जवाफ दिंंदै नगर प्रमुख सुनिल प्रजापतिले बाल दिवसलाई नारामा मात्र सीमित नराखी सभ्य, सुसंस्कृत र आदर्श नागरिक तयार गर्न राज्यले ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिका देशको भविष्य भएको चर्चा गर्दै समाजवादी देशहरूमा बालबालिकाहरूलाई भगवानसरह उत्कृष्ट स्याहार सुसार गरिने र तिनीहरूको शारीरिक तथा मानसिक विकासमा विशेष ध्यान दिइने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ६ वटा शिशु स्याहार केन्द्रहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले नगरभित्रका सबै विद्यालयहरूको सुधार तथा शैक्षिक स्तरोन्नतिका लागि नगरपालिकाले योजना बनाइरहेको प्रस्ट पार्नुभयो । उहाँले यसै आर्थिक वर्षमा बालबालिकाहरूको लागि आकर्षक चिल्ड्रेन पार्क स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
उपप्रमुख रजनी जोशीले नगरपालिकामा न्यायिक अधिकारसमेत रहेको चर्चा गर्दै बालबालिकासँग सम्बन्धित घरेलु हिंसा वा बालश्रम शोषणलगायतको विषयमा नगरपालिकामार्फत पीडितलाई न्याय दिलाउन सकिने बताउनुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरमा भइरहेको सरसफाइबारे जानकारी दिंदै फोहरबाट ऊर्जा उत्पादन गर्ने विषयमा छलफल र अध्ययन भइरहेको अवगत गराउनुभयो ।
अर्का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बालबालिकाहरूको शारीरिक विकासको लागि नगरपालिकाले खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको बताउनुभयो ।
नगर शिक्षा अधिकृत कृष्णप्रसाद कर्माचार्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयन गरेको, कक्षा ८ को परीक्षा सञ्चालन गरेको र विद्यालयको भौतिक सुधारका लागि अनुदान दिएको अवगत गराउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले बालबालिकालाई स्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले विशेष योजना ल्याउनुपर्ने, बालश्रम उन्मूलनको लागि ठोस कार्यक्रम गर्नुपर्ने, घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याएर फोहरबाट आम्दानी गर्न सकिनेबारे जनचेतना जगाउनुपर्ने, बाढी प्रभावित विद्यालयहरूलाई स्थानान्तरण गर्नुपर्ने, खानेपानीको व्यवस्था मिलाउनुपर्ने लगायतका जिज्ञासाहरू राखेका थिए ।
वागीश्वरीमा पुरस्कार तथा सांस्कृतिक कार्यक्रम
बाल दिवसको अवसरमा बाल ¥याली, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले हरेक अभिभावक तथा शिक्षक–शिक्षिकाले विद्यार्थीहरूलाई नैतिक शिक्षामा जोड दिई अध्यापन गर्दा देशभक्त, असल र इमानदार जनशक्ति तयार हुने बताउनुभयो ।
नयाँ पुस्ता मोबाइल प्रयोग गरी दिनभर कोठाभित्र समय बिताउने व्यवहारले सामाजिक गतिविधिबारे कुनै चासो नराख्ने बानीको विकास भएको स्पष्ट पार्दै उहाँले विद्यार्थीहरूको शारीरिक र मानसिक रूपमा नकारात्मक असर पर्ने त्यस्तो व्यवहारप्रति हरेक अभिभावक सचेत रहन आग्रह गर्नुभयो । 
विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले हरेक अभिभावक शिक्षक र हरेक शिक्षक अभिभावक बन्नुपर्ने आवश्यकता औंल्याउँदै यसले विद्यार्थीको बौद्धिक तथा शारीरिक विकासमा ठूलो योगदान हुने बताउनुभयो ।
प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रावि इञ्चार्ज कृष्णमान मलेपति, शिक्षिकाहरू मीना प्रजापति, सोनी न्हेम्हाफुकीलगायतले बोल्नुभएको थियो ।
बाल अधिकारका विभिन्न नाराहरू, सांस्कृतिक झाँकी, धिमे बाजा, बाँसुरी बाजासम्मिलित ¥यालीपश्चात् सुरु भएको औपचारिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रकारका सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए ।
सार्वजनिक माविको वक्तृत्वकला प्रतियोगिता
सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिको वार्षिक कार्यक्रमअनुसार बाल दिवसको अवसरमा गणेश माध्यमिक विद्यालय छालिङको आयोजनामा छात्रातर्फ “बालश्रम जघन्य अपराध” तथा छात्रतर्फ “मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा विद्यार्थीको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष कृष्णप्रसाद धन्छाले विद्यालयभित्र विद्यालयबाहिर छात्रछात्राहरू विभिन्न प्रलोभनमा परी बेचिन सक्नेबारे सचेत गराउनुभयो ।
विद्यालयका प्रअ इन्द्रबहादुर फोजूको सभापतित्वमा सम्पन्न प्रतियोगितामा चाँगुनारायण माविका प्रअ दधिराम गेलाल र देवी माविका प्रअ राजाराम छुकांले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत छात्रतर्फ वागीश्वरी माविका उज्ज्वल सुवेदी पहिलो, पञ्चकन्या माविका राम दुलाल दोस्रो, आदर्श आजादका सुशील खड्का तेस्रो र गणेश मावि भार्वाचोका सुजन तामाङ सान्त्वना हुन सफल भए ।
त्यस्तै छात्रातर्फ वागीश्वरी माविका कृतिका अधिकारी पहिलो, गणेश मावि छालिङका रितिमा राउत दोस्रो, जोरपाटी माविका सुष्मा खत्री तेस्रो र चाँगुनाराण माविका सन्ध्या ढुङ्गेल सान्त्वना हुन सफल भए । विजयी विद्यार्थीहरूलाई वागीश्वरी माविका प्राचार्य एवं संयुक्त परीक्षा समितिका अध्यक्ष धन्छाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बासु माविमा पुरस्कार वितरण
राष्ट्रिय बाल दिवसको अवसरमा बासु माविको आयोजनामा अतिरिक्त क्रियाकलापहरूमा सफल विद्याथीहरूलाई पुरस्कार विवरण एवं सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले बालबालिकाहरूको सफलता नै अभिभावकको खुसी हो, बालबालिकाहरूको सफलताको लागि आमाबुबाहरूले अथक प्रयास तथा मेहेनत गर्नुपर्छ भन्नुभयो ।
विद्यालयका प्राचार्य अम्बिका न्याईच्याईंको सभापतित्वमा भएको कार्यक्रममा उहाँले विद्यार्थीहस्रुलाई पढाइ र लेखाइमा भन्दा उनीहरूको सीप विकासमा विद्यालय लागिपरेको चर्चा गर्नुभयो ।
सहप्राचार्य लक्ष्मीभक्त लासिवाले विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले उनीहरूलाई लालनपालनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रावि इन्चार्ज विष्णुप्रसाद दुमरुले विद्यार्थीहरूको हरेक समस्यामा अभिभावकहरूको सल्लाह सुझावअनुसार कार्यक्रम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक रामहरि ताम्राकार र सूर्यलक्ष्मी श्रेष्ठले पनि बोल्नुभएको थियो ।
सिद्धि शारदामा पुरस्कार वितरण
सिद्धि शारदा आधारभूत विद्यालय (हाल ब्रहमायणी पीठ) को ४८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम विद्यालय प्राङ्गणमा शुक्रबार सम्पन्न भयो । इथाचा, चोलिंचा, भाणे, चोखा, ब्रहमायणी क्षेत्रमा विद्यालयका विद्यार्थीहरूको ¥याली पछि कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वडीन प्रा. पृथुचरण वैद्यले २०७४ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै भक्तपुर नगरपालिकाले ब्रहमायणी क्षेत्रमै पुनस्र्थापित गर्न विद्यालयको लागि जग्गा उपलब्ध गराउनु उपयुक्त हुने विचार राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द लाखाजूको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार ज्ञानसागर प्रजापति, प्रअ धनेशराज राजोपाध्यायले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भ.न.पा. वडा नं ९ का महिला जनप्रतिनिधि छोरीमैयाँ सुजखू, भक्तपुर एफएमका सञ्चालक एवं विद्यालयका सहयोगी सत्यनारायण मानन्धर, लक्ष्मी बैंक भक्तपुर शाखा प्रबन्धक नविन श्रेष्ठ र विद्यालयका संस्थापक कृष्णकुमार दुमरुले अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै शुभेच्छा मन्तव्य दिनुभयो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।
चम्पकमा कवि गोष्ठी
बाल दिवसको अवसरमा चम्पक विद्यापीठ चाँगुनारायणमा शुक्रबार कवि गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा कविहरू श्यामकृष्ण खुलिमुली, हरिसुन्दर छुकाँ, काशिराम विरस, एलके सुन्दर तथा विद्यार्थीहरू रोशनी श्रेष्ठ, अस्मिता तामाङ, रचना तामाङ, युनिसा मगर, दिपिका तामाङ, अनुषा श्रेष्ठ, सलिना भँडेल, सजिता तामाङ, मेनिका श्रेष्ठलगायतले कविता वाचन गर्नुभएको थियो ।
विद्यालयका प्रिन्सिपल रमेश सुवालको सभापतित्वमा भएको गोष्ठीमा नीरज लवजू, नरेश खत्री, सृजना प्रजापतिले पनि साहित्यबारे चर्चा गर्नुभएको थियो ।
विद्यार्थीद्वारा खाजा वितरण
इन्टर¥याट क्लव अफ एभरेष्ट इङ्गलिश स्कूलमा कक्षा ७ मा अध्ययनरत बालबालिकाहरूले समुदायमा आधारित पुनस्र्थापना केन्द्र (सीबीआर) का अपाङ्गता भएका बालबालिकाहरूलाई शुक्रबार खाजा वितरण गरे ।
लिशामा चित्रकला लेखन
बाल दिवसकै अवसरमा लिशा इङ्गलिश स्कूलमा बाल अधिकारसम्बन्धी १ देखि १० कक्षासम्मका सबै विद्यार्थीहरुलाई चित्र लेखन कार्यक्रम गरियो । धार्मिक र ऐतिहासिक स्थल ब्रह्मायणी, माइश्वरी स्थानमा र ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई विद्यालयकै कक्षा कोठामा समूह समूह बनाएर चित्र लेखन गर्ने काम गरियो ।
Leave a Reply