“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
–कुमार चौलागाई
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ताको समय छ दिन थप गरेको छ ।
करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले आजसम्म खेलाडी दर्ता गर्ने समय निर्धारण गरेको थियो । क्लबले खेलाडी दर्ताको समय अपुग भएको गुनासो गरेपछि छ दिन समय थप गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
एन्फाले पहिलो पटक अनलाइनबाट शुरु गरेको खेलाडी दर्ता प्रक्रिया आगामी असोज ५ गतेसम्म गर्न सकिनेछ ।
क्लबले ए डिभिजन लिगलाई ध्यानमा राखेर विदेशी खेलाडी धमाधम ल्याउनेक्रम जारी राखेको र खेलाडी दर्ताको समय थप्न माग गरेकाले दर्ता सयम थप गरिएको महासचिव तुलाधरको भनाइ छ ।
सबै क्लबले न्यूनतम १८ खेलाडी दर्ता गराइसकेको भए पनि थप खेलाडी दर्ताका लागि समय माग गरेका हुन् । एन्फाले हरेक क्लबले बढीमा ३५ खेलाडी र कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लबलाई चार जना विदेशी खेलाडी अनुबन्ध गराउन छुट दिइएको छ ।
एन्फाले दर्ता भएका खेलाडीको सूची प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारीसमेत गरेको छ । ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज १४ गतेदेखि माघ १६ गतेसम्म हुने एन्फाले जनाएको छ ।
लिगमा १४ ए डिभिजन टोली थ्रीस्टार क्लब, मनाङ–मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, नेपाल आर्मी क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सङ्कटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउने छन् ।
Leave a Reply