ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
भोजपुर, ३१ भदौ ः योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा नै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले जानकारी दिनुभयो ।
योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारी निर्णय भएपनि योगमायाको तपोभूमि र कर्मक्षेत्रभन्दा बाहिर लैजाने हल्ला हुन थालेपछि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले संयुक्तरुपमा केन्द्रलाई दबाब दिने निर्णय गरेका हुन् ।
बैठकमा भोजपुरको तर्फबाट षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, उपप्रमुख मेरिका राई, पूर्वसांसद नरेन्द्र बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो । सङ्खुवासभाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास, खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो । (रासस)
याे निर्णय सही काे । याेगमाया आयुर्वेद विश्व विद्यालयकाे स्थापना अरुण उपत्यका त्यसमा पनि स्थानकाे उपयुक्तताका आधारमा षडानन्द र खाँदबारी नगरपालिकािभत्र नै रहनु पर्ने कुरामा दुई मत छैन तर दुई नगरपालिकाले यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ ।