भर्खरै :

तःमुँज्या स्थलमा सरसफाई तथा वृक्षारोपण

भक्तपुर १ असोज । भक्तपुर नगरपालिकाले नियमित सरसफाइअन्तर्गत सोमबार कमलविनायक आवास क्षेत्रस्थित ३८ औं नेपालभाषा साहित्य तःमु“ज्या आयोजना स्थलमा सरसफाइ तथा वृक्षरोपण ग¥यो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूस“गै तःमु“ज्या आयोजक समितिका पदाधिकारीहरू, स्थानीय विद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरू, टीम, क्लव एवं सङ्घ–संस्थाका प्रतिनिधिहरू र स्थानीय जनताको व्यापक सहभागिता थियो ।
सरसफाइको क्रममा तःमु“ज्या स्थलमा रहेका झार तथा घा“स सफा गर्ने कार्य गरिएको थियो । त्यस्तै स्थल वरिपरि कपुर, जामुन, धुपी, अम्बा, असारेलगायतका विभिन्न जातका रुख बिरुवा रोपिएका थिए ।
कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय स्तरका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न हुने नेपालभाषा साहित्य तःमु“ज्या आयोजना स्थलमा सरसफाइ तथा वृक्षरोपण गरिएको बताउनुभयो । उहा“ले नगरको सरसफाइ स्थानीय सरकारको दायित्व भएकोले निजीकरण गर्न नहुनेमा जोड दिंदै स्थानीय जनताको सहयोग र सहभागितामा नगरपालिकाले सुन्दर, सफा र स्वच्छ नगर बनाउने अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
वडाध्यक्ष एवं वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्वले नगरमा वनज·ल नभएको हु“दा भएका खुला क्षेत्र, सडक पेटी र खोला किनारमा सहरी वन र बगैंचा बनाउने तयारी भइरहेको बताउनुभयो ।
वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सरसफाइमा सहभागी हुने विद्यालय, सङ्घ संस्था र स्थानीय जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
तःमु“ज्या आयोजक समितिका अध्यक्ष नरेश खत्रीले तःमु“ज्या स्थलमा सरसफाइ भएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्दै बौद्धिक एवं सांस्कृतिक दबुको रुपमा स्थापित तःमु“ज्या भव्यताका साथ सम्पन्न गर्न सबैमा अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *