तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार संविधान दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले पुँजीवादी व्यवस्थामा नाफाको राजनीति हुने उल्लेख गर्दै अहिले नेपालमा पुँजीवादी पार्टीको सरकारले संविधानको मौलिक हक प्रदत अधिकार नागरिकले पाउने गरी ऐन नबनाएको बताउनुभयो ।
संविधान देशको राजनैतिक र आर्थिक दस्तावेज पनि भएको चर्चा गर्दै उहाँले आर्थिक समानता र व्यक्तिŒव विकासमा समान अवसर नभएसम्म छुवाछूत तथा भेदभावको अन्त्य नहुने उल्लेख गर्नुभयो ।
दुई महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको हुँदा गृहमन्त्रीको राजीनामाको माग उठेको चर्चा गर्दै सांसद सुवालले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार, बलात्कार, हत्या हुने भएकोले समाजवाद आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान देशको मूल कानुन भएको चर्चा गर्दै भक्तपुर नगरपालिकाले कानुनको परिधिभित्र रहेर आफ्नो काम अगाडि बढाएको विचार राख्नुभयो । उहाँले कर्मचारी तथा जनप्रतिनिधिहरूले जनताको भावना बुझेर आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रदेश सभा ३ का सांसद सृजना सैंजूले निजीकरणको पक्षपोषण गर्नेहरू नक्कली कम्युनिष्ट हुने चर्चा गर्दै समृद्ध नेपाल र सुखी नेपालीको नारा हावा सावित भएको बताउनुभयो । समाजमा महिलाबीच पनि वर्ग हुने चर्चा गर्दै उहाँले महिलाहरू राजनीतिक रूपमा शिक्षित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले संविधान उत्कृष्ट भनिए पनि कार्यान्वयन सुखद् नभएको जनगुनासो राख्दै भक्तपुर नगरपालिका समाजवादउन्मुख नगर निर्माण गर्न आफ्नो कार्यलाई अगाडि बढाइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, कानुन अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापति र भक्तपुर वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply