यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाण्डौ, ३ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले विद्यार्थी कार्यकर्ताहरुले जनताको घरदैलोसम्म पुगेर भौतिकवाद र अध्यात्मवादबीचको भिन्नतालाई व्यावहारिक रुपमै बुझाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको बाह«ौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा सहभागी विद्यार्थी कार्यकर्तालाई प्रशिक्षण दिंदै उहाँले सिद्धान्त र विभिन्न वादका कुराहरुलाई रटेर सुनाउनुभन्दा पनि कथा, कविता, साहित्य, नाटकमार्फत बुझाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बिजुक्छेले अधिकांश जनतालाई पूँजीवादी पार्टीहरुले धर्म र अध्यात्मको नाममा अन्धकारमै राखेको बताउनुभयो ।
उहाँले व्यापक कामदार जनतालाई राजनीतिक र वैचारिक रुपमा सचेत र संगठित बनाउनु नै असल कम्युनिष्टको कर्तव्य भएको बताउनुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सदनबाट हालै पारित मौलिक हकसम्बन्धी ऐनका विषयमा प्रशिक्षण दिनुभयो ।
विद्यार्थी कार्यकर्ताहरू पनि कानुनका विषयमा जानकार हुनुपर्ने धारणा राख्दै कानुनको ज्ञानको अभावमा जनताले आफ्नो अधिकारसमेत उपभोग गर्न नसक्ने बताउनुभयो ।
मङ्गलबारबाट काठमाण्डौको टोखा नगरपालिकामा भएको पूर्ण बैठकको अघिल्लो दिन नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पँुजीवादी पार्टीहरूले हाम्रो पार्टीका राम्रा–राम्रा कार्यकर्ताहरू चोर्न हरेक उपाय लगाउने बताउने भएका कारण कार्यकर्ताहरू राजनैतिक रुपमा सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्था ठेकेदारी प्रथामा चलिरहेको, अनियमितता र भ्रष्टाचार व्यापक रहेको कारण त्यसको प्रतिरोधमा उत्रनुपर्ने बताउनुभयो । नेमकिपाले जितेका स्थानीय निकायमा कामदार जनतालाई माथि उठाउन शिक्षामा सुविधा दिइरहेको बताउनुभयो ।
नेमकिपका केन्द्रीय सदस्य तथा नेक्राविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सरोजराज गोसाईले कम्युनिष्टहरूले भौतिकवादी दृष्टिकोण विकास गर्नुपर्ने बताउनुहुँदै माक्र्सवाद व्यवहारमा लागू गर्नुपर्ने सिद्धान्त भएको स्पष्ट पार्नुभयो ।
उहाँले क्रान्तिकारी विद्यार्थीहरूले अध्ययन र लेखनलाई दैनिक जीवनमा अङ्गाल्नु आवश्यक भएको बताउनुभयो । सतही ज्ञानबाट माथि उठेर गहिरो र पूर्ण ज्ञान राख्नमा जोड दिनुहुँदै उहाँले अवसरको खोजीमा सङ्गठनमा आउने विद्यार्थीहरूदेखि सजग हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजविर डङ्गोलले पँुजीवादी व्यवस्था दोषरहित भएको भए समाजवादको परिकल्पना नहुने स्पष्ट पार्दै शत्रुहरूको प्रहारबाट निराश नभएर उत्साहका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूर्ण बैठकमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्रबारे अध्ययन र छलफल गोष्ठी भएको थियो । गोष्ठीमा नेपाल प्राध्यापक समाजका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, सहसचिव सुजन माक र इन्जिनियर समाजका सुनिल दुवालले कम्युनिष्ट घोषणापत्रका विभिन्न खण्ड र पृष्ठभूमिबारे प्रशिक्षण दिनुभएको थियो ।
बैठकमा कानुन अध्ययन समाज नेपालका सदस्य अनिता जधारीले मुलुकी देवानी कानुनी व्यवस्थाबारे प्रशिक्षण दिनुभयो । उहाँले विद्यार्थी कार्यकर्ताहरूले कानुनी ज्ञानबारे जानकार भइरहनुपर्ने आवश्यकताबारे प्रकाश पार्नु हुँदै दैनिक जीवनमा आइपर्ने कानुनी अप्ठ्याराहरू र त्यसका समाधानहरूको बारेमा प्रशिक्षण दिनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूको अध्यक्षतामा भएको बैठकले केन्द्रीय पदाधिकारी तथा सदस्यबीच सांगठनिक जिम्मेवारी विभाजन गरियो ।
बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यहरूले व्यक्तिगत तथा सांगठनिक प्रतिवेदनहरू प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply