यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ३ असोज । संस्कृतिविद् ओम धौभडेलको ‘भक्तपुर दरवारका मल्लकालीन भारदारहरू’ र लेखक जितेन्द्र रसिकको ‘अलकापुरी भक्तपुर’ बुधबार भक्तपुरमा सार्वजनिक गरियो ।
विमोचन कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विभागले पूरा गर्न नसकेको काम दुई लेखकबाट भएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले हालसम्म प्रकाशित भक्तपुरका सबै पुस्तकहरूमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा असहमति जनाउँदै अलकापुरी भक्तपुर कृतिले त्यो भ्रम चिरेर मण्डपशैलीका सम्पदाहरूका विषयमा स्पष्ट पारेकोले उक्त कृति भक्तपुरको सम्पदा र संस्कृतिको क्षेत्रमा निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भक्तपुरका संस्कृतिविद् तथा लेखक ओम धौभलेलको कृति ‘भक्तपुर दरवारका मल्लकालीन भारदारहरू’ ले नयाँ पुस्तालाई आफ्ना पुर्खाहरू चिन्ने मौकामात्र नभई भक्तपुरका संस्कृति र सम्पदाका क्षेत्रमा कुन भारदारहरूको योगदान कस्तो रहेको थियो भन्ने समेत ऐतिहासिक पुस्तक भएको बताउनुभयो ।
Leave a Reply