भर्खरै :

कम्युनिष्ट घोषणापत्रबारे किसान प्रशिक्षण

भक्तपुर ३ असोज । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा कम्युनिष्ट घोषणापत्रबारे प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेमकिपा भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष हिमालयश्वरलाल मूलले डार्बिनले मानव जातिको विकासको वैज्ञानिक सिद्धान्त पत्ता लगाएको र माक्र्स र ऐंगेल्सले मानव समाजको वैज्ञानिक सिद्धान्त प्रतिपादन गर्नुभएको चर्चा गर्नुभयो ।
मानव समाजको विकास क्रममा आदिम साम्यवादी युगबाट दास युग, दास युग अन्त भई भूदास युग वा सामन्ती युग, सामन्ती युग अन्त भई पुँजीवादी युग आएजस्तै पुँजीवादी युग वा व्यवस्था अन्त भई समाजवाद र साम्यवादसम्म मानव समाज पुग्नेछ भन्नुभयो ।
कम्युनिष्ट घोषणा पत्रले मजदु वर्गलाई सङ्गठित भई पुँजीवादी शोषण र दमनविरुद्ध लड्न सिकाएको उहाँले चर्चा गर्नुभयो ।
अर्का अतिथि नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले आध्यात्मिकता माक्र्सवादी दर्शन प्रतिकूल भउको बताउँदै द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तबारे प्रस्ट पार्नुभयो ।
उहाँले मानव समाजका राम्रा र नराम्रा पक्ष छुट्याएर भौतिकवादी दृष्टिकोणले हेर्नुपर्छ भन्दै माक्र्सवादी शिक्षा अनुसार संसारमा जतिजति पँुजीपति वर्गको विकास हुन्छ सोही अनुसार सर्वहारावर्ग पनि सृजना हुने र सर्वहारा वर्गको सशस्त्र सङ्घर्षबाट पुँजीवादको पतन हुन्छ भनेर माक्र्सवादी सिद्धान्तले बताउँछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याखोको अध्यक्षतामा भएको उक्त प्रशिक्षणमा नगर समितिका सदस्य पूर्ण गोपाल राजचलले पनि कम्युनिष्ट घोषणापत्रबारे आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *