यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ४ असोज । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेजमा पूर्वाञ्चल विश्वविद्यालयबाट सञ्चालित स्नातक तह इन्जिनियरिङ र चिकित्साशास्त्रको प्रवेश परीक्षा व्यवस्थित एवं उत्साहजनकरुपमा सम्पन्न भएको अवसरमा धन्यवाद ज्ञापन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रवेश परीक्षालाई मर्यादितरुपमा सम्पन्न भएकोमा पू.वि. र कलेजका शिक्षक/कर्मचारीलाई भक्तपुर नगरपालिका तथा कलेज व्यवस्थापन समितिको तर्फबाट धन्यवाद दिनुभयो ।
उहाँले देश र जनतामा समर्पित रही निःस्वार्थरुपमा सेवा गर्ने विद्यार्थीहरू उत्पादन गर्न विश्वविद्यालय र कलेजहरू लाग्नुपर्ने बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक तथा प्रवेश परीक्षा २०७५ मूल समितिका संयोजक सूर्यप्रसाद संग्रौलाले प्रवेश परीक्षामा संलग्न सबै शिक्षक, कर्मचारी र पूविका प्रतिनिधिहरूलाई धन्यवाद दिनुभयो । प्रवेश परीक्षाको निर्देशिका तयार गर्ने र विभिन्न परीक्षालाई अझ मर्यादित र व्यवस्थित बनाउन र परीक्षा नियन्त्रकको जिम्मेवारी वहन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उहाँले छोरीबेटी माइतमा आउँदा खुसी लागेजस्तै ख्वप इन्जिनियरिङ कलेज परिसरभित्र प्रवेश हुँदा आनन्द र सुरक्षित महसूस भएको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ.सुजन माकले प्रवेश परीक्षा मर्यादितरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण कलेजका शिक्षक÷कर्मचारी र पू.वि.का प्रवेश परीक्षा मूल समिति तथा प्रतिनिधिहरूलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ.सुनिल दुवाल, ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप इन्जियिनरिङ कलेजका परीक्षा प्रमुख इ.गणेशराम ध्वजू र प्रशासन शाखा प्रमुख सिद्धिराम सुवालले पनि बोल्नुभएको थियो ।
मिति २०७५ असोज १ देखि ४ गतेसम्ममा पू.वि.को विज्ञान तथा प्रविधि सङ्काय र चिकित्साशास्त्र सङ्कायको द्यभ्रद्य(BE/B-Arch, PBBN, BSN, BPH, B.Pha, BCA/BIT, Bsc/B.Tech/Biomedical )लगायतको प्रवेश परीक्षा सञ्चालन भएको थियो । ख्वप इन्जिनियरिङ परीक्षा केन्द्रमा ५,५२१ जना र ख्वप कलेज परीक्षा केन्द्रमा ६१६ जना विद्यार्थीहरूको परीक्षा केन्द्र रहेको परीक्षा केन्द्रले जनाएको छ ।
Leave a Reply