भर्खरै :

उदारवादको विरोध गर

माओ त्से तुङ
हामी सक्रिय विचारधारात्मक सङ्घर्षको पक्षमा छौं किनभने यो हाम्रो सङ्घर्षको स्वार्थको निम्ति पार्टीभित्र र क्रान्तिकारी सङ्गठनहरूमा एकतालाई सुनिश्चित पार्ने एउटा हतियार हो । प्रत्येक कम्युनिष्ट र क्रान्तिकारीले यो हतियार प्रयोग गर्नैपर्छ ।
तर उदारवादले भने विचारधारात्मक सङ्घर्षलाई इन्कार गर्छ र सिद्धान्तहीन शान्तिको पक्ष लिन्छ यसप्रकार यसले एउटा पतनशील, असभ्य प्रवृत्ति जन्माउँछ र पार्टी र क्रान्तिकारी सङ्गठनहरूका कुनै–कुनै एकाइहरू र व्यक्तिहरूलाई राजनैतिक पतनतर्फ लैजान्छ ।
उदारवाद अनेकौं रुपमा प्रकट हुन्छ ।
कुनै व्यक्तिले गलत बाटो लिएको कुरा स्पष्ट हुँदाहुँदै पनि शान्ति र मितेरीको निम्ति स्थिति लथालिङ्ग हुन दिइरहनु र त्यो व्यक्ति पुरानो चिनारु, एउटै सहरको बासिन्दा, विद्यालयको साथी, घनिष्ठ मित्र, प्यारो व्यक्ति, पुरानो सहकर्मी वा पुरानो सहायक हुनाले ऊसित सिद्धान्तको आधारमा तर्क–वितर्क नगर्नु अथवा समस्यालाई पूरापूर फस्र्योट गर्नुको सट्टा सो व्यक्तिसित आफ्नो सुसम्बन्ध कायमै राख्ने मनसायले समस्यालाई खालि बोक्रेपाराले छुनु । यसको परिणामस्वस्प सङ्गठन व्यक्ति दुवैलाई हानि–नोक्सानी हुन जान्छ । यो पहिलो किसिमको उदारवाद हो ।
सक्रियताका साथ सङ्गठनको अगाडि आफ्ना सुझावहरू राख्नुको सट्टा एकान्तमा गैरजिम्मेवारीपूर्ण आलोचना गर्नु । मानिसहरूको सामुन्ने केही नभन्नु तर उनीहरूको पछाडि कुरा काट्नु अथवा बैठकमा चुइँक्क नबोल्नु तर पछि गएर कुरा काट्नु । सामूहिक जीवनका सिद्धान्तहरूप्रति एकरत्ती आदरभाव नदेखाउनु तर आफ्नै लहडअनुसार चल्नु । यो दोस्रो किसिमको उदारवाद हो ।
कुनै कुराले आफूलाई सोझो असर पार्दैन भने त्यसलाई अलपत्र हुन दिइरहनु गलत कुरा राम्ररी बुझ्दाबुझ्दै पनि भरसक थोरै बोल्नु, आफ्नै दुनो सोभ्mयाउन र ताक जोगाउन छट्टु हुन र खालि दोष पन्छाउन खोज्नु । यो तेस्रो किसिमको उदारवाद हो ।
आदेशहरूको पालना नगर्नु तर रायहरूलाई सर्वोच्च स्थानमा राख्नु, सङ्गठनसित विशेष व्यवहारको माग गर्नु तर त्यसको अनुशासन मान्न इन्कार गर्नु । यो चोथो किसिमको उदारवाद हो ।
एकता गर्ने वा प्रगति गर्ने वा उचित तरिकाले कार्य सञ्चालन गर्ने हेतुले गलत विचारहरूको विरुद्ध सङ्घर्ष वा वादविवाद चलाउनुको सट्टा व्यक्तिगत आक्षेप लगाउनु, झैझगडा सुरु गर्नु, व्यक्तिगत इष्र्या प्रकट गर्नु वा साटो फेर्न खोज्नु । यो पाँचौं किसिमको उदारवाद हो ।
गलत विचारहरू सुनेर पनि तिनको खण्डन नगर्नु र अझ प्रति–क्रान्तिकारी कुराहरू सुनेर पनि त्यसबारे रिपोर्ट नदिनु, तर त्यसको सट्टा केही भएकै छैन जस्तो गरी शान्त ढङ्गले ती कुरा सुन्नु । यो छैठौं किसिमको उदारवाद हो ।
जन समूहको माझमा रहेर पनि प्रचार–कार्य र आन्दोलन नचलाउनु वा बैठकहरूमा नबोल्नु वा जाँचबुझ वा सोधपुछ नगर्नु, तर त्यसको सट्टा जनसमूहलाई बेवास्ताको दृष्टिले हेर्नु र तिनको सुख–सुविधाप्रति ध्यान नदिनु, आफू कम्युनिष्ट हुँ भन्ने कुरा बिर्सेर साधारण अ–कम्युनिष्टले झै व्यवहार गर्नु । यो सातौं किसिमको उदारवाद हो ।
कसैले जन–समूहको स्वार्थमा हानिनोक्सानी गरिरहेको कुरा देखेर पनि क्रोधको अनुभव नगर्नु वा त्यस्तो व्यक्तिलाई हतोत्साहित गर्नु वा त्यसो गर्नबाट रोक्नु वा ऊसित तर्क–बितर्क गर्नुको सट्टा उसलाई त्यसो गर्न दिइरहनु । यो आठौं किसिमको उदारवाद हो ।
निश्चित योजना वा दिशा बेगर मन नलगाई काम गर्नु लापरबाहीसाथ जेनतेन आफ्नो काम गर्दै र “म बौद्ध भिक्षु छउञ्जेल घण्टी बजाइरहन्छु” भन्ने हिसाबले दिन काट्दै जानु । यो नवौं किसिमको उदारवाद हो ।
आफूले क्रान्तिप्रति ज्यादै ठूलो योगदान गरेको छु भन्ठान्नु, आफूलाई धुरन्धर ठान्दै फुइँ गर्नु, सानातिना कामहरूलाई हेलाको दृष्टिले हेर्नु तर ठूलठूला काम गर्ने खुबी भने एकरत्ती नहुनु, काममा लापरवाही र अध्ययनमा अल्छी हुनु । यो दशौं किसिमको उदारवाद हो ।
आफ्ना गल्तीहरूबारे सजग हुँदाहुँदै पनि तिनलाई सच्याउने प्रयत्न नगरिकन आफूप्रति उदार दृष्टिकोण लिनु । यो एघारौं किसिमको उदारवाद हो ।
हामी उदारवादका अरु–अरु रुप पनि प्रस्तुत गर्नसक्थ्यौं तर यी एघारवटा मुख्य हुन् ।
यी सबै उदारवादकै प्रकट रुपहरू हुन् ।
उदारवाद क्रान्तिकारी सङ्गठनको निम्ति अचाक्ली हानिकारक हुन्छ । यो एउटा धनुजस्तै हो, जसले एकतालाई खान्छ, बन्धुभावलाई कमजोर पार्छ, काममा निष्क्रियता पैदा गर्छ र कलहको सिर्जना गर्छ । यसैले क्रान्तिकारी पङ्क्तिहरूलाई ठोस सङ्गठन र कठोर अनुशासनबाट वञ्चित गर्छ, नीतिहरूलाई पूर्ण रुपले लागु हुनबाट रोक्छ र पार्टीले नेतृत्व गर्न जन–समूहबाट पार्टीलाई अलग्याउँछ । यो ज्यादै खराब प्रवृत्ति हो ।
उदारवाद निम्न पुँजीवादी स्वार्थबाट जन्मन्छ । यसले व्यक्तिगत स्वार्थलाई पहिलो दर्जामा र क्रान्तिको स्वार्थलाई दोस्रो दर्जामा राख्छ र यसैबाट विचारधारात्मक, राजनैतिक सङ्गठनात्मक उदारवादको उदय हुन्छ ।
उदारवादीहरुले माक्र्सवादलाई खोक्रो जड–सूत्रको रुपमा हेर्ने गर्छन् । तिनले माक्र्सवादलाई स्वीकार त गर्छन् तर यसलाई लागू गर्न वा पूर्ण रुपले गर्न भने तिनीहरू तयार हुँदैनन् । तिनीहरू उदारवादको स्थानमा माक्र्सवादलाई राख्न तयार हुँदैनन्, यी मानिसहरूसित आफ्नै माक्र्सवाद हुन्छ तर तिनीहरूसित आफ्नै उदारवाद पनि हुन्छ–तिनले माक्र्सवादका कुरा गर्छन् तर उदारवाद लागू गर्छन् । तिनले अरु मानिसहरूमाथि माक्र्सवाद लागू गर्छन् तर आफैमाथि भने उदारवाद लागू गर्छन् । तिनले आफ्ना भण्डारमा यी दुवै खालका सामान राख्छन् र दुवैको उपयोग गर्छन् । केही मानिसहरूका दिमागले यस ढङ्गले काम गर्छ ।
उदारवाद अवसरवादकै एउटा प्रकट रुप हो र माक्र्सवादसित यसको आधारभूत फोटो छ । यसको रुप नकारात्मक हुन्छ र वस्तुगत रुपमा यसले शत्रुलाई सहायता गर्नेगर्छ । त्यसैले हाम्रो माझमा हुने उदारवादको बचाउ कार्यलाई शत्रुले स्वागत गर्छ । उदारवादको प्रकृति यस खालको हुनाले हाम्रा क्रान्तिकारी पङक्तिहरूमा यसलाई खुट्टा टेक्ने ठाउँ दिनुहुँदैन ।
नकारात्मक प्रकृति भएको उदारवादलाई पछार्न हामीले सकारात्मक प्रकृति भएको माक्र्सवादलाई प्रयोग गर्नैपर्छ ।
कम्युनिष्टको हृदय विशाल हुनुपर्छ र उसले निष्ठावान र सक्रिय हुनुपर्छ, उसले क्रान्तिका स्वार्थहरूलाई आफ्नो प्राणभन्दा बढी मूल्यवान ठान्नुपर्छ र आफ्ना व्यक्तिगत स्वार्थहरूलाई क्रान्तिको स्वार्थमुनि राख्नुपर्छ । उसले हरेक ठाउँमा र सधैँ नै सही सिद्धान्तमा डट्नैपर्छ र सबै गलत विचारहरू र कार्यहरूको विरुद्ध अथक सङ्घर्ष चलाउनुपर्छ, जसबाट पार्टीको सामूहिक जीवनलाई सृदृढ पार्न र जन–समूहमाझको सम्बन्धलाई दरिलो पार्न सकियोस् । उसले कुनै व्यक्ति विशेषबारे भन्दा पार्टी जनसमूहबारे बढी चिन्ता लिनुपर्छ र आफ्नै बारेमा भन्दा मानिसहरूको बारेमा बढी चिन्ता लिनुपर्छ । यसो गरेमा मात्र उसलाई कम्युनिष्ट मान्न सकिनेछ ।
सबै बफादार, इमानदार, सक्रिय र सच्चा कम्युनिष्टले हाम्रो माझका केही मानिसहरूले प्रदर्शन गरेका उदारवादी प्रवृत्तिहरूको विरोध गर्न एकताबद्ध हुनैपर्छ र यी मानिसहरूलाई सही बाटोतिर लगाउनैपर्छ । यो हाम्रो विचारधारात्मक मोर्चाका कामहरूमध्येको एउटा काम हो ।
–लर्काे, बुलेटिन ५ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *