भर्खरै :

भियतनामका राष्ट्रपति क्वानको निधन

हनोई, २१ सेप्टेम्बर । भियतनामका राष्ट्रपति त्रान ताई क्वानको शुक्रबार बिहान ६२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि विरामी थिए । भियतनामको राष्ट्रिय स्वास्थ्य सेवा आयोगले राष्ट्रपति क्वानको स्थानीय समयअनुसार १०.०५ बजे १०८ सैनिक अस्पतालमा भएको पुष्टि गरेको हो । उनको भियतनाम तथा विदेशी चिकित्सकहरूले उपचार गरेका थिए ।
क्वानको जन्म सन् १९५६ को अक्टोबर १२ मा उत्तरी भियतनामको ग्रामीण प्रान्त निन बिनमा भएको थियो ।
प्रहरी सेवाबाट राजनीतिमा प्रवेश गरेका उनी १६ वर्षको उमेरमा जनप्रहरी प्रतिष्ठान प्रवेश गरेका थिए । सन् २०११ मा उनी सार्वजनिक सुरक्षा मन्त्री बनेका थिए र सन् २०१६ मा उनी भियतनामका राष्ट्रपति निर्वाचित भएका थिए । उनको कार्यकाल सन् २०२१ मा सकिने थियो ।
क्वान सुरक्षा विज्ञानका प्राध्यापक पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *