यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सरकारले फेरि पेट्रोलियम पदार्थमा मूल्य बढायो । चाडवाडको मुखमा सरकारले गरेको यो मूल्यवृद्धि जनताको लागि निल्नु न ओकल्नु भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने ग्यासमा मात्र सीमित रहने गर्दैन, बरु दैनिक उपभोग्य हरेक वस्तुमा यसको प्रत्यक्ष प्रभाव पर्दछ । सरकारले हरेक पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दा दिने कारण भनेको अन्तर्राष्ट्रिय मूल्ज्ञयमा वृद्धि हो । अन्तर्राष्ट्रिय रुपमै तेलको भाउ बढेकोले बाध्य भएर मूल्यवृद्धि गर्नुपरेको सरकारको भनाइ हुने गरेको छ । त्यस अतिरिक्त खुला सिमानाका कारण नेपालमा तेल सस्तो भए भारतीय बजारमा नेपालले ल्याएको तेल तस्करी हुने तर्क दिने गरिंदै आएको छ ।
निःसन्देह नेपालमा आजसम्म तेलको खानी भेटिएको छैन अर्थात् नेपाल तेलमा परनिर्भर छ । त्यसकारण स्वभावतः त्यसको मूल्य हाम्रो नियन्त्रणमा छैन । तेलको कहर नेपालको निकै पुरानो कहर हो । देशले धेरै थरी सरकार र राज्य व्यवस्थाको सामना गरिसकेको छ । तर अझै पनि तेलको विकल्प नेपालको सन्दर्भमा के हुनसक्छ भन्नेबारे कुनै ठोस कार्ययोजना अघि सार्न राज्यले सकेको छैन ।
प्रधानमन्त्री केपी ओलीको घर–घरमा ग्यासको पाइप लाइन पु¥याउने वचनबद्धता आफैंमा समयको विरोधाभासको प्रतिबिम्ब बनिसकेको छ । झापा जिल्लामा ओलीले निकै गौरवका साथ उद्घाटन गरेको ग्यास पाइपलाइन महिना दिन पनि राम्ररी नचलेको समाचारले प्रधानमन्त्रीको अभिव्यक्ति सस्तो लोकप्रियताको भोकमात्र भएको पुष्टि गर्दछ ।
राजनीतिक नेतृत्वको कुनै अभिव्यक्ति लामो समयको तयारीको उपज बन्नुपर्दथ्यो । ख¥रो तयारी पछि आएको परिणाम नै राजनीतिक नेतृत्वको अभिव्यक्ति हुन जरुरी हुन्छ । तर यतिबेला हाम्रो देशमा राजनीतिक नेतृत्वको अभिव्यक्ति सबभन्दा बढी व्यङ्ग्यविनोदको विषय बनिरहेको छ । तेलको विकल्पको सन्दर्भमा पनि वास्तवमा सरकारको कुनै योजना नभएको प्रस्ट छ ।
नेपाल जलस्रोतमा धनी देश हो । जलस्रोतबाट उत्पादन हुने जलविद्युत् नै नेपालको सन्दर्भमा उत्तम र दिगो विकल्प हो । विद्युतीय प्रविधिको विकासले नै नेपाललाई आत्मनिर्भर बनाउन सक्दछ । आधुनिक विज्ञानले यसका अनेकन उपाय र बाटा देखाइसकेको छ । तर सरकार अझै पनि विदेशबाट आयात गरेको तेलको भरमा चलिरहेको छ । एकै रातमा तेलको आयात कम गर्न सकिन्न । पूर्णरुपमा तेलको आयात बन्द गर्न सम्भव छैन । तर राज्यले यदि विद्युतीय प्रविधि र सोहीअनुसारको दिनचर्याको विकास गर्न ध्यान दिन्छ भने धेरै मात्रामा तेल आयात कम गर्न सकिन्छ । यसले देशको आत्मनिर्भर विकासमा ठूलो फड्को मार्न सकिन्छ । मुख्य समस्या राज्यले यसको निम्ति इमानदार प्रयास गर्न नसक्नु अथवा आफ्नै खुट्टामा उभिएर विकास गर्ने तत्परता देखाउन नसक्नु नै हो ।
सरकारले विद्युतीय विकासको थालनी ट्रलिबसको पुनःसञ्चालनबाट गर्न जरुरी छ । चीन सरकारको सहयोगमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालित ट्रलिबसको विभिन्न उपयुक्त सहरमा पुनः सञ्चालन गर्नसके देशमा विकास र समृद्धिको लागि नया“ ऊर्जा हासिल हुनेछ ।
Leave a Reply