यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ५ असोज । संयुक्त परीक्षा समिति भक्तपुरको आयोजनामा चाँगुनारायण माध्यमिक विद्यालय दुवाकोटमा माध्यमिक, निम्न माध्यमिकस्तरीय विज्ञान शैक्षिक सामग्री प्रदर्शनी शुक्रबार भयो ।
प्रदर्शनी उद्घाटन गर्दै परीक्षा समितिका अध्यक्ष एवं वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले एक्काइसौं शताब्दीमा विज्ञान शिक्षाको अति महत्व हुने बताउँदै नेपालको विकास र गरीबी अवस्था सुधार्न विज्ञान विषयको छनोट गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्लाका १६ वटा माध्यमिक विद्यालयबाट करीब ४० वटा विज्ञान विषयको शैक्षिक सामग्री प्रदर्शनी गरिएको कार्यक्रममा जोरपाटी माविका विद्यार्थीहरूले आकाशमा रकेट उडाएका थिए । भक्तपुर जिल्लाका २५ वटा विद्यालयका करीब एक हजार विद्यार्थीहरूले उक्त प्रदर्शनीको अवलोकन गरे ।
चाँगुनारायण माविका प्रधानाध्यापक दधिराम गेलालको सभापतित्वमा भएको प्रदर्शनीपश्चात् पुरस्कार वितरण समारोहमा आदर्श आजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसी र गणेश मावि, छालिङका प्रधानाध्यापक इन्द्रबहादुर फोंजूले बोल्नुभएको थियो ।
कार्यक्रममा चाँगुनारायण माविका सहायक प्रधानाध्यापक रामप्रसाद न्यौपाने, अङ्गे्रजी शिक्षक गुणराज लुइटेललगायतले बोल्नुभएको थियो ।
Leave a Reply