भर्खरै :

तः मुँज्याको तयारीमा नाटक लेखन कार्यशाला

भक्तपुर, ६ असोज । ३८ औं नेपालभाषा साहित्य तःमुँज्या तथा सांस्कृतिक कार्यक्रमको विविध साहित्यिक–सांस्कृतिक गतिविधिका साथ तयारी भइरहेको छ । कमलविनायक आवास क्षेत्रमा हुने तःमुँज्याको तयारीको शिलशिलामा स्थल व्यवस्थापनको काम भइरहेको छ । यसैबीच नाट्यकर्मी समाज नेपालको आयोजनामा पाँचदिने नाटक तथा ख्यालः लेखनसम्बन्धी कार्यशाला सुरु भएको छ ।
कार्यशालामा नाटक तथा ख्यालः लेखन, निर्देशन तथा अभिनयमा संलग्न कलाकारहरू सहभागी छन् ।
कार्यशालामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनताका दैनिक समस्यादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुलाई जनताले बुझ्न भाषा र शैलीमा पस्कनुपर्ने बताउनुभयो ।
उहाँले समाजमा घटेका घटनालाई आलोचनात्मक र सकारात्मक सन्देश जाने गरी ख्यालः र नाटकमा प्रस्तुत गर्न कलाकारहरूलाई सल्लाह दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *