भर्खरै :

भारतीय मुद्रासहित पक्राउ

धनगढी, ७ असोज  ः बोराभित्र भारतीय रुपैयाँ राखेर नेपाल ल्याउँदै गरेका कैलालीको लम्कीचुहा नगरपालिकाका कृष्ण जोशीलाई उक्त रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ ।
दक्षिणी क्षेत्रको भजनी नगरपालिका–३ मैरनिया नाका हुँदै भारतबाट नेपाल आउँदै गरेका जोशीको साथमा रहेको सामान सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुरको टोलीले जाँच गर्ने क्रममा बोराभित्र विभिन्न दरका भारु नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
बरामद भएका भारु नोट ठूलो परिमाणमा रहेको बताइए पनि कति रुपैयाँ छ र ती नोट नक्कली वा सक्कली के हुन् भन्नेबारे प्रहरीले जानकारी दिइएको छैन । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *