नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सिओल, ७ असोज (योन्हाप) । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ ।
प्रजग कोरियाली नेता किम जोङ–उनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मूनले अमेरिका भ्रमण गर्न लाग्नुभएको हो । साथै, अमेरिकामा रहँदा राष्ट्रपति मूनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्व समुदायसमक्ष अन्तर–कोरियाली शिखर बैठकका परिणाम जानकारी गराउनुहुनेछ ।
“राष्ट्रपति मूनले तेस्रो अन्तर–कोरियाली शिखर बैठकका बारेमा विस्तृतरुपमा अमेरिकी राष्ट्रपति र विश्व समुदायलाई जानकारी गराउनुहुनेछ,” राष्ट्रपतिको सुरक्षा कार्यालयका वरिष्ठ निर्देशक नाम ग्वान–प्योले बताउनुभयो ।
मूनले प्रजग कोरिया र अमेरिकाबीच हाल स्थगित वार्ता पुनःसुरु गराउन अमेरिकी राष्ट्रपतिसँग विस्तृतरुपमा छलफल गर्ने कार्यक्रम रहेको पनि नामले बताउनुभयो ।
मून र किमले जारी गर्नुभएको संयुक्त वक्तव्यमा प्रजग कोरियाले डोङचाङ–रीस्थित क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रहार केन्द्र बन्द गर्ने सहमति जनाइएको छ । यही केन्द्रबाट लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सकिने र ती क्षेप्यास्त्रमा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमता रहेको बताइन्छ ।
अमेरिकाले सकारात्मक धारणा अघि सारे प्रजग कोरियाले योङब्योनमा रहेको मुख्य आणविक केन्द्रलाई बन्द गर्ने पनि प्रतिवद्धता जनाएको छ ।
Leave a Reply