भर्खरै :

तःमुँज्या कामदार वर्गको दबु

भक्तपुर, ८ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपालभाषा साहित्य तःमुँज्या नेपालका सबै भाषाभाषीको साझा दबु भएको बताउनुभयो ।
३८ औं नेपालभाषा साहित्य तःमुँज्याको आयोजक समितिले राखेको स्थानीय सहयोगीहरूको भेलामा सांसद सुवालले तःमुँज्याले नेपालका सबै जाति, भाषा र संस्कृतिलाई मानव जातिकै सम्पत्तिको रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिंदै आएको बताउनुभयो ।
तःमँुज्याका कार्यकर्ताहरूले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) द्वारा लिखित जनताको साहित्य र साहित्यकार पुस्तक अध्ययन गरी साहित्य र सांस्कृतिक दबुलाई जातीय होइन कामदार वर्गको दबु र समाज परिवर्तनको आन्दोलन बनाउन प्रेरणा लिएको उल्लेख गर्दै उहाँले तःमँुज्यामा नेपालभाषा, नेपाली, तामाङ, मैथिली, भोजपुर आदि भाषाका साहित्य र मन्तव्य प्रस्तुत हुने बताउनुभयो ।
सम्मेलनस्थल कमलविनायक क्षेत्रका नेपाली भाषाका सहयोगीहरूको भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, आयोजक समितिका अध्यक्ष नरेश खत्रीलगायतले तःमुँज्या सम्पन्न गर्न स्थानीय सबैको सहयोगको लागि आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *