नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
न्युयोर्क, ८ असोज । क्युवाली राष्ट्रपति मिग्वेल डायज कानेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शीतयुद्धकालीन मानसिकतामा रहेको बताउँदै संयुक्त राष्ट्रसङ्को महासभाको अधिवेशनमा संरा अमेरिकाले क्युवामाथि लगाइराखेको आर्थिक नाकाबन्दीको नीतिको भत्र्सना गर्ने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घको ७३ औं महाअधिवेशनमा भाग लिन न्युयोर्क आइपुगेका राष्ट्रपति कानेलले २३ सेप्टेम्बरका दिन न्युयोर्कस्थित क्युवाली कूटनीतिक नियोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा राखेका हुन्छ ।
संरा अमेरिकाको क्युवामाथिको नाकाबन्दीको नीति पूर्णतया असफल भइसकेको बताउँदै क्युवाली राष्ट्रप्रमुख कानेलले कथित आधारहीन सोनिक (ध्वनिसम्बन्धी) आक्रमणको बहानामा हवानास्थित राजदूतावासबाट कुटनीतिज्ञहरू फिर्ता लिने ट्रम्पको निर्णय शीतयुद्धकालीन मानसिकताबाट प्रेरित रहेको बताए ।
“हामी (क्युवाली कूटनीतिक टोली) राम्रो र शान्तिपूर्ण विश्व निर्माण गर्न चाहने क्युवाली जनताको शान्ति र ऐक्यवद्धताको सन्देश बोकेर आएका छौं ।” – डायज कानेलले भने ।
क्युवाली राष्ट्रपतिले आफू क्युवाली क्रान्तिका सर्वाेच्च कमाण्डर एवं पूर्व क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रोको सम्झना गर्न पनि राष्ट्रसङ्घीय महासभाको अधिवेशनमा आएको बताए । राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै फिडेलले भन्नुभएको थियो – “त्यसकारण हामी हाम्रो सोचाइमा भावना मिसाउँदछौं ताकि यस महासभाले हाम्रो भावना बुझोस् । यसकारण हामी विश्वको यस महासभामा उभिन आउँछौं, हामीले गरेका र गर्नुपर्ने कार्य यस सभाले बुझ्न सकोस् ।”, कानेलले स्मरण गरे ।
संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रमध्ये अधिकांशले वार्षिक महाधिवेशनमा समाजवादी देश क्युवामाथिको नाकाबन्दी हटाउनुपर्ने धारणा राख्दै आफ्नो मत पनि व्यक्त गरिरहेका छन् । गत वर्ष १९१ राष्ट्रले ६ दसक लामो नाकाबन्दी हटाउनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए भने संरा अमेरिका र इजरायलमात्र त्यसको विरोधमा वा नाकाबन्दी कायमै राख्ने पक्षमा उभिएका थिए ।
Leave a Reply