अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
रमेश लम्साल
काठमाडौं, ९ असोज । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले मङ्गलबार आयोजनास्थलको निरीक्षण गरेको छ ।
आयोजना असोज ७ गतेदेखि बन्द गरेर मर्मत सुरु गरिएको छ । मर्मत आगामी कार्तिक ६ गतेसम्म चल्नेछ । तोकिएको समयभित्र मर्मत सम्पन्न गरे एक दिन भए पनि थप घाटा व्योहोर्नु नपर्ने सोचाइमा प्राधिकरण रहेको छ ।
कूल १४४ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा दैनिक रु. तीन करोड ५० लाख घाटा हुने भएकोले एक दिन भए पनि चाँडो मर्मत सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिनुभएको छ ।
हाल आयोजना पूर्णरुपमा बन्द गरिएको छ । यस्तै यही असोज १२ गतेदेखि आयोजनाको एउटा विद्युत् उत्पादन युनिट बन्द गरिने छ भने २५ दिनपछि पुनः तीनवटै युनिट मर्मत गरी बन्द गरिनेछ ।
आयोजनामा कूल ४८ मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन युनिट रहेको छ । विशेषगरी आयोजनाको दोस्रो विद्युत् उत्पादन युनिट मर्मतका लागि सबैभन्दा बढी अर्थात् २५ दिन लाग्नेछ ।
देशकै ठूलो आयोजना बन्द गर्नुपर्दा औद्योगिक करिडोरमा विद्युत् प्रवाह कम हुन पुगेको छ । घरायसी ग्राहकका लागि कुनै पनि असर नपर्ने भए पनि औद्योगिक ग्राहकलाई भने आयोजना बन्द हुँदा समस्या पर्नेछ ।
आयोजनामा प्रयोग भएको जापानको तोसिबा कम्पनीको विद्युत् उत्पादन गर्ने उपकरणको ‘वारेन्टी’ सकिन लागेकोले मर्मत गर्नुपर्ने बाध्यता आइलागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
असोज ७ गतेदेखि नै मर्मत सुरु भएको हो, १४ गतेसम्म ‘वारेन्टी’को अवधि थियो । सो अवधिमा नै मर्मत गर्दा प्राधिकरणले कुनै खर्च व्येहोर्नुपर्दैन, सो अवधिभन्दा पछाडि भएको भए प्राधिकरण आफैले मर्मत गर्नुपर्ने भएकोले हतार गरिएको प्राधिकरणको भनाइ छ ।
विशेषगरी विद्युत् उत्पादन गर्ने मेसिनको भल्भमा समस्या देखिएको थियो । मर्मतका लागि नेपाली प्राविधिक टोली र जापानी प्राविधिकसमेत संलग्न रहेका छन् ।
Leave a Reply