यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हरिसुन्दर छुकां
भक्तपुर, ९ असोज । चौरमा प्लाष्टिकका गिलास, बियरका खाली शिशिमात्र फालिएका छैनन्, त्यहीं गाईको गोबर छ, त्यहीं चुरोट, चकलेटका खोलहरू यत्रतत्र छरिएका छन् । यसबाट पनि सो विद्यालयमा विद्यार्थी नभएको पुष्टि हुन्छ । अझ पुष्टि त स्कूलमै बेलाबेलामा आउने गाई, बाख्राको हुलले पनि गर्छ ।
विद्यालय नजिकै चाँगुनारायण नगरपालिकाको ४ नं. वडा कार्यालय छ । वडा अध्यक्ष बुद्धिलाल महर्जनको कार्यकक्षबाट विद्यालयमात्र हैन, कक्षाकोठा पनि प्रस्ट देखिन्छ । वडा कार्यालयमा आएका एक सेवाग्राही कान्छा रानामगर विद्यालयमा विद्यार्थी नभएको कुराबाट छक्क छन्, ‘‘ओहो ! एकजना पनि विद्यार्थी छैनन्, यस्तो पनि स्कूल रहेछ, हाम्रो ठाउँमा, म त अचम्म भएँ ।’’ उनले भने ।
उनलाई अचम्म लागेको विद्यालय भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.४ को चाँगुनारायण आधारभूत विद्यालय हो, जहाँ एकजना पनि विद्यार्थी छैनन् ।
स्कूलमा विद्यार्थी नभएको कुरा स्थानीयले बताइरहँदा विद्यालयका सहायक प्रधानाध्यापक दीपक थापा र शिक्षक जयराम आचार्य भने चारजना विद्यार्थी भएको दाबी गर्छन् ।
सहायक प्रअ थापाले त्यसरी दाबी गरेपछि चार विद्यार्थीको नाम माग्दा उनले बताउन सकेनन् र भने, ‘यो रिपोर्ट छोड्दिनुस्, जहाँतहीं यही त हो नि, के गर्नुहुन्छ यो रिपोर्ट लिएर तपाईं ?’
त्यतिमात्र नभएर उनले विद्यालयमा विद्यार्थी नहुनुको कारण पनि खुलाए, ‘बोर्डिङका गाडीमात्र ६÷७ वटा आउँछ, हामीले के चेन्ज गर्नसक्छौं र ?’
विद्यार्थी नहुँदा खल्लो लाग्ने अनुभव बाँडे उनले, ‘‘खल्लो लाग्छ नि, कक्षाभरि राखेर पढाउन पाए पो आनन्द आउँछ ।’’
उनका अनुसार सो विद्यालयमा एक ईसीडी शिक्षकसहित अरु चारजना शिक्षक छन् । प्रधानाध्यापक प्रभाकर खनाल, सहायक प्रअ दीपक थापा, शिक्षक जयराम आचार्य, शिक्षिका गीता दाहाल र ईसीडी शिक्षिका जुना न्यौपाने ।
प्रअ खनाल भने कहिलेकाहिंमात्र आउँछन्, उनी विद्यालयमा नियमित नआएको करिब दुई वर्षजति भइसकेको छ । ‘हेडसर नआउनुभएको त्यस्तै दुई वर्षजति भो, कहिलेकाहीं भने आउनुहुन्छ, घरमै आराम गरेर बस्नुभएको छ, उहाँ एकपटक लडेपछि स्कूल आउन कम गर्नुभएको हो, त्यसपछि यहाँको जिम्मा सबै दीपक सरलाई छ ।’ शिक्षिका जुना न्यौपानेले भनिन् ।
शिक्षक जयराम आचार्यले विद्यालय २०१६ सालमा स्थापना भएको बताउँदै आफूले भने २०५६ सालदेखि पढाउँदै आएको बताए । ‘त्यो बेला त २००÷२५० विद्यार्थी हुन्थे, २०७२ सालको भूकम्पको बेलामा पनि सिन्धुपाल्चोकका आएर ६० जनाजति पुगेको थियो, अहिले त्यस्तै चारपाँच जना छन् ।’
उनले त्यसो भने पनि बिहानको साढे १० बज्न लाग्दा पनि एकजना विद्यार्थी पनि आइपुगेका थिएनन् । ‘चारपाँच जना विद्यार्थी छन्, कहिले आउँछन्, कहिले आउँदैनन् फेरि आजबाट त सो¥हश्राद्ध लागेको छ, आउँदै होलान् ।’ उनले फेरि भने ।
नजिकैको वडा कार्यालयमा रहेका एक कर्मचारी भने विद्यालयमा विद्यार्थी नहुनुको कारणबारे भन्छिन्, ‘‘विद्यालयमा केही सुविधै छैन, किन आओस् त ? अन्य स्कूलमा भए, कस्तो कस्तो सुविधा छ, कत्ति स्याहार छ, यहाँ त….!’’
विद्यार्थी नहुनुमा आफूहरूको कमजोरी नभएर बोर्डिङकै कारण रहेको शिक्षक आचार्य बताउँछन्, ‘‘स्याउँस्याउँती बोर्डिङ छन्, एकदुई आना जग्गा बेचे पनि १५÷१६ लाख आइहाल्छ, पैसा भएपछि हाम्रोजस्तो स्कूलमा कसले पढाउँछ र ?’’
वडाध्यक्ष बुद्धिलाल महर्जनले पनि सो विद्यालयमा चारपाँच जना विद्यार्थी रहेको सुनेको बताउँदै स्कूलमा जान नसकेको बताए । उनले भने, ‘सबैतिर यस्तै हो, मेरो वडामा चारवटा प्रावि स्कूल छन्, सबै त्यस्तै हो, अहिले श्रीकृष्ण प्राविमा भने अलि बढी विद्यार्थी छन्, नत्र सबैमा यस्तै हो, हामीले केही पनि गर्न सकेका छैनौं ।’
Leave a Reply