तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
मध्यपुर, १० असोज । नेमकिपा मध्यपुर ९ को आयोजनामा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ८ अङ्क १ को मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले कार्ल माक्र्सले संसारलाई परिवर्तन गर्ने शिक्षा दिनुको साथै मानव इतिहासको नियम र अतिरिक्त मूल्यको सिद्धान्त पत्ता लगाउनुभएको विचार व्यक्त गर्नुभयो ।
उहाँले थप्नुभयो, ‘‘माक्र्सले कल्पनामा आधारित समाजवाद र साम्यवादलाई वैज्ञानिक आधार दिनुभयो ।’’
नेमकिपा मध्यपुरका अध्यक्ष सूर्यराम श्रेष्ठले पुँजीवादी समाजको अर्थ ‘शुभलाभ’ मा चलेको हुन्छ, निर्वाचन त्यसैको छापा हो भन्नुभयो ।
कार्यक्रममा सभापति एवं नेमकिपा मध्यपुर ९ का अध्यक्ष राजु कैतीले प्रतिक्रियावादी सङ्घ– संस्थामा गएर काम गर्नुको अर्थ बहुमत जनताको सेवा गर्न हो भन्नुभयो ।
दयालक्ष्मी धौबञ्जार र सूर्यमान धौबञ्जारले पनि बोल्नुभएको थियो ।
Leave a Reply