जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, १० असोज । भक्तपुर नगरपालिका बजार अनुगमन समितिको आयोजनामा च्याम्हासिंहदेखि दत्तात्रयसम्मका पसल व्यवसायीहरुको भेला बुधबार सम्पन्न भयो ।
भेलामा भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले बजार अनुगमन सजाय दिनलाई नभई स्वस्थ बजार तयार गर्न भएको बताउनुभयो ।
व्यवसायीले आफूले बिक्री गर्ने सामानको कानुनी ज्ञान राख्नुपर्ने नत्र सजायको भागिदार हुनसक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
बजार अनुगमन समितिका संयोजक एवं ३ नं वडा समितिका अध्यक्ष राजकृष्ण गोराले बजार अनुगमनको क्रममा कमी कमजोरी भेटिएकोले सुधारको निम्ति भेला आयोजना गरिएको बताउनुभयो । उहाँले सबैले व्यवसाय दर्ता गराउन अनुरोध गर्नुभयो ।
भनपा वडा नं ६ का वडाध्यक्ष एवं बजार अनुगमन समितिका सदस्य हरिराम सुवालले बजार अनुगमन निर्देशिका तयार पार्नुको उद्देश्य बजार मूल्य मान्यता लागू गराउनु हो भन्दै मापदण्डविपरीतका पसल सञ्चालन गर्नेलाई पाँच लाखसम्मको जरिवाना र कैद सजायको प्रावधान रहेको बताउनुभयो ।
कार्यक्रममा बजार अनुगमन समितिका सदस्य रोशनमैया सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply