नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वाशिङ्टन, २६ सेप्टेम्बर । प्योङयाङ र वाशिङ्टनबीच दोस्रो वार्ता ‘चाँडै’ हुने सम्भावना प्रवल बनिरहेको समयमा संरा अमेरिकी विज्ञहरूले सो बैठक कोरियाली प्रायःद्विपमा आणविक तनाव कम गर्ने अवसर पनि हुनसक्ने र साथै बैठक फितलो पनि हुनसक्ने दुवै सम्भावना औंल्याएका छन् ।
न्युयोर्कमा चालू संरा सङ्घको महासभाको शिलशिलामा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनसँगको आफ्नो दोस्रो बैठक ‘निकै चाँडै’ हुने बताएका थिए ।
संरा अमेरिकी विदेश सचिव माइक पोम्पेओले पनि न्युयोर्कमा आयोजित पत्रकार भेटघाटमा ट्रम्प–किमबीचको अर्को बैठकको तयारीको शिलशिलामा यो वर्षान्तमा आफू प्योङयाङ जान खोजिरहेको बताए । ट्रम्प र किम जङ उनबीच यसअघि गएको जून महिनामा सिङ्गापुरमा पहिलो भेटवार्ता भएको थियो ।
कोरिया प्रायःद्विपको विषयमा विज्ञता राख्ने संरा अमेरिकी विज्ञहरूले केही महिनादेखि बन्द रहेको संरा अमेरिका र प्रजग कोरियाबीचको वार्ता पुनः थालनी हुने कुरालाई सकारात्मक रुपमा लिइनुपर्ने बताएका छन् ।
‘कूटनीतिक प्रक्रिया निकै महत्वपूर्ण हुन्छ ।’ प्रजग कोरियाका लागि संरा अमेरिका पूर्व विशेष दूत जोसेफ युनले हरेक पाइलाको महत्व हुने भन्दै बताए ।
‘प्रजग कोरियाको आणविक निःशस्त्रीकरण महत्वपूर्ण लक्ष्य हो र सधैं महत्वपूर्ण रहनेछ ।’ न्युयोर्कको थिङ्क ट्याङ्क विदेश सम्बन्ध परिषद्का अध्यक्ष रिचर्ड हास्सले ट्वीटरमा ट्वीट गरे ।
गएको साता दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको प्योङयाङ भ्रमणसँगै ट्रम्प–किम वार्ता हुने सम्भावनाको ढोका अझ खुलेको हो । प्योङयाङ भ्रमणको क्रममा किम र मुनबीच लामो वार्ता हुनुको साथै कोरियाली प्रायःद्विपलाई निःशस्त्रीकरण गर्नेमा लक्षित प्योङयाङ घोषणापत्रमा पनि हस्ताक्षर गरेका थिए ।
‘किम–मुन बैठकले मार्गप्रशस्त गरेको छ । मलाई आशा छ, वाशिङ्टनले यसलाई रचनात्मक निष्कर्षसम्म पु¥याउनेछ ।’ कुनै समय संरा अमेरिकी विदेश विभागअन्तर्गत कोरिया र जापान डेक्सको उपसचिवको रुपमा काम गरिसकेका युनले गएको शुक्रबार आयोजित कन्फरेन्स कलमा भनेका थिए ।
युनले घण्टौं घण्टा प्योङयाङमा किमसँगै बसेका मुनले ट्रम्पलाई किमको मनस्थितिबारे जानकारी गर्नसक्ने पनि विश्वास व्यक्त गरे ।
किम–मुन शिखर वार्ताले सकारात्मक वातावरण बनाए पनि कोरियाली प्रायःद्विपको आणविक निःशस्त्रीकरणको लक्ष्य हासिल गर्न अझ पनि थुपै्र तगारा रहेको विज्ञहरूको भनाइ छ ।
प्रजग कोरियाले प्योङयाङ घोषणापत्रमा संरा अमेरिकी पक्षबाट ‘समान प्रक्रिया’ खोजेको छ । आणविक निःशस्त्रीकरणको लागि प्रजग कोरियाले त्यसलाई पूर्वशर्तको रुपमा अघि सारेको छ । तर संरा अमेरिकाले भने अझसम्म यसमा कुनै कदम चालेको छैन ।
प्रजग कोरियाले योङब्योन आणविक भट्टीजस्ता आणविक कार्यक्रम नष्ट गर्नुअघि संरा अमेरिकासँग शान्ति सन्धि खोजिरहेको छ । तर संरा अमेरिकाले भने शान्ति सन्धि गर्नुअघि ती आणविक भट्टी नष्ट गर्नुपर्ने आग्रह गरिरहेको छ ।
मुनले भने पटक–पटक वाशिङ्टनले सन् १९५०–५३ को कोरिया युद्ध अन्त्यको घोषणा वाशिङ्टनबाट हुनुपर्ने कुरा राखिरहेका छन् । तर केही विज्ञहरूले कोरिया युद्ध अन्त्यको घोषणासँगै दक्षिण कोरियामा तैनाथ ३० हजार संरा अमेरिकी सेनाको अवस्था के हुन्छ भने विषयमा वाशिङ्टन अल्मलिएको छ । शान्ति सन्धिसँगै दक्षिण कोरियामा राखेका आफ्नो सेना त्यहाँ राखिरहनुको वैधता संरा अमेरिकाले गुमाउनेछ ।
आणविक निःशस्त्रीकरणबारे संरा अमेरिका र प्योङयाङको परिभाषामा पनि भिन्नता देखिएको छ । प्योङयाङले आणविक निःशस्त्रीकरणलाई दक्षिण कोरिया र जापानबाट वाशिङ्टनले आफ्ना आणविक छाता शक्ति हटाउने अर्थमा परिभाषित गरिरहेको छ भने संरा अमेरिकाले भने प्रजग कोरियासँग भएका आणविक कार्यक्रम नष्ट गर्नु नै आणविक निःशस्त्रीकरणको रुपमा परिभाषित गरिरहेको छ । प्योङयाङप्रति ट्रम्पका प्रतिक्रिया पनि समस्याको जरो बनिरहेको छ ।
Leave a Reply