भर्खरै :

चीनमा फूटबल सिकाउँदै बेखाम

पेचिङ, २६ सेप्टेम्बर । बेलायतका चर्चित फूटबल खेलाडी डेभिड बेखाम स्वास्थ्यसम्बन्धी ज्ञान र आफ्नो सिग्नेचर फ्रिकिक शैली सिकाउन चीन पुगेका छन् । त्यहाँ उनले चिनियाँ केटाकेटी र अभिभावकलाई स्वस्थ रहने तरिकाबारे प्रवचन दिएका थिए भने स्कुले केटाकेटीलाई उनको परिचय बनेको विशेष फ्रि किक शैलीबारे प्रशिक्षण दिएका थिए ।
चीन पुग्नेबित्तिकै सुरुमा केही केटाकेटीसहित बेखाम ग्रेटवाल चढेका थिए । उनलाई स्कूले केटाकेटीहरूले ग्रेटवालका केही सम्पदाबारे जानकारी दिएका थिए ।
त्यसपछि उनी एउटा पत्रकार भेटघाटमा सहभागी बनेका थिए । तर त्यो पत्रकार भेटघाटमा सहभागी पत्रकारहरू सबै केटाकेटी नै थिए । त्यहाँ बेखामलाई ‘पत्रकारहरू’ ले प्रश्नको वर्षा गरेका थिए । ४३ वर्षका बेखामले निकै अभिरुचीका साथ प्रश्नको जवाफ फर्काएका थिए । विशेषतः उनलाई स्वस्थ रहने तरिका, पौष्टिक र सन्तुलित आहार, उनको खेल्ने तरिकाबारे प्रश्न गरिएको थियो ।
बेखाम एआईए चीन युवा फूटबल विकास कार्यक्रमअन्तर्गत एआईएको विशेष दूतको रुपमा चीन पुगेका थिए ।
रियल म्याड्रिड फूटबल क्लबका पूर्व खेलाडी तथा बेलायती राष्ट्रिय टोलीमा मिडफिल्डर बेखामले सन् २०१३ मा फुटबलबाट सन्यास लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *