तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडांै, ११ असोज । जनवादी गणतन्त्र चीन घोषणा भएको ६९ औं वर्षको अवसरमा बिहीबार नेपाल मजदुर किसान पार्टीको विदेश सम्बन्ध विभागको आयोजनामा चीनको आजको अवस्थाबारे प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चीनद्वारा प्रस्तावित ‘एक क्षेत्र–एक बाटो’ (ओबीओआर) कार्यक्रम संसारलाई जोड्ने चीनको सपनामा आधारित भएको र त्यो कार्यक्रम आज चीनको मात्र नभई संसारको सपना बनेको उल्लेख भयो ।
उहाँले चीनद्वारा प्रस्तावित ओबीओआर परियोजनाले संसारलाई आर्थिक विकासको सम्बन्धले जोड्ने बताउनुभयो ।
चीन र संरा अमेरिकाबीच चालू व्यापार युद्धको सम्बन्धमा चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले संरा अमेरिकालाई सहयोग गर्दै आएका युरोपेली देशहरूले समेत चीनसँगको व्यापार युद्ध संरा अमेरिकाको लागि हितकारी नहुने बताइरहेको बताउनुभयो ।
कुनै बेला नेपालमा विश्व व्यापार सङ्गठनको सदस्य बन्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने विषयमा बहस भएको स्मरण गर्दै अध्यक्ष बिजुक्छेंले चीनजस्तो देशसँग सम्बन्ध विस्तार गरे साना तथा विकासोन्मुख देशलाई फाइदा हुने तर संरा अमेरिकाजस्तो आफ्नो हितमात्र हेर्ने देशसंग सम्बन्ध जोड्दा देशको अर्थतन्त्र ध्वस्त हुने बताउनुभयो ।
संरा अमेरिकी नेतृत्वको साम्राज्यवादी मोर्चाले एसियाली देश र जनताबीच झगडा लगाएर फाइदा लुट्ने गरेको उल्लेख उहाँले संरा अमेरिकाको साम्राज्यवादी चरित्र अझै पनि नबदलिएको कारण उसको छवि एसियामा राम्रो नभएको बताउनुभयो ।
इतिहासमा अफिम युद्ध थोपरेर चीनमाथि कब्जा जमाएजस्तै आज पनि संरा अमेरिकी नेतृत्वको पश्चिमा देशहरूले चीनमाथि कब्जा जमाउन खोजिरहेको विश्लेषण गर्दै अध्यक्ष बिजुक्छेंले आजको एक्काइसौं शताब्दीमा यस्तो सम्भावना नरहेको बताउनुभयो ।
संरा अमेरिकाको आर्थिक गति अझै २ प्रतिशतले घट्ने आर्थिक प्रतिवेदनको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘संरा अमेरिकाको आर्थिक स्तर अझै पनि तल झर्नेछ ।’’
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘‘चीनको अनुभव नेपालको विकासशील देशको निम्ति सिक्ने राम्रो अवसर हो ।’’
नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको आजको अवस्था र चीन–संरा अमेरिकाबीच भइरहेको व्यापार युद्धको विषयमा विस्तृत चर्चा गर्नुभयो । चालीस वर्षअघि चीनमा सुरु भएको सुधार र खुलापनको नीति र हाल विश्वभर चीनकै अगुवाइमा भइरहेको ‘एक क्षेत्र–एक बाटो’ कार्यक्रमबारे उहाँले जानकारी दिनुभयो ।
राजदूत होङले चालीस वर्षअघि चीनमा सुरु गरिएको सुधार र खुलापनले चीनमा मात्र परिवर्तन ल्याएको नभई सो नीतिले विश्वभर प्रभाव पारेको विचार राख्नुभयो ।
उहाँले सुधार र खुलापनको नीतिकै कारण चीनमा ठूलो परिवर्तन भएको तथ्याड्ढ प्रस्तुत गर्नुभयो ।
‘‘सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा मात्र १.८ प्रतिशतमा सीमित थियो भने सन् २०१८ मा चीनले १५ प्रतिशत विश्वको अर्थतन्त्र धानेको छ ।’’, होङले भन्नुभयो ।
‘‘बितेका चालीस वर्षमा चीनको कूल गार्हस्थ उत्पादन औसतमा ९.९ प्रतिशत रह्यो । चीन आज संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो । चीन संसारको पहिलो औद्योगिक र व्यापारिक देश हो । विदेशी मुद्राको सञ्चितिको आधारमा चीन सबभन्दा धनी देश हो । चिनियाँ जनता आज अभावको जीवनबाट मध्यमस्तरको जीवन बिताउने अवस्थामा पुगेका छन् ।’’, उहाँले भन्नुभयो ।
संरा अमेरिकाको अस्थिर नीतिका कारण चीन र अमेरिकाबीचको व्यापार क्षेत्रमा उठेका समस्या समाधान गर्न गा¥हो भएको चर्चा गर्दै राजदूत होङले चीनको व्यापार मन्त्रालयले चीन र संरा अमेरिकाबीचको व्यापार समस्याबारे श्वेतपत्र जारी गरी आफ्नो आधिकारिक धारणा संसारसामु प्रस्ट राखेको बताउनुभयो ।
संरा अमेरिकाको प्रभुत्ववादी र व्यापारिक संरक्षणवादी नीति नै ऊसँगको व्यापार सम्बन्धमा समस्या आउनुका प्रमुख कारण भएको बताउँदै उहाँले चीनले सधैं आफ्नो हित र व्यापार बहुपक्षवादको संरक्षण गरिरहने धारणा राख्नुभयो ।
ठूलो आकारको व्यापार भएको देश चीन र संरा अमेरिकाबीच सानातिना व्यापारिक समस्या आउनु स्वाभाविक भए पनि तिनको समाधान वार्ता र संवादमार्फत हुनुपर्ने चीनको धारणा रहेको राजदुत होङले बताउनुभयो ।
नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै उहाँले चीनले नेपालसँग आपसी हित र समानतामा आधारित सम्बन्ध चाहिरहने बताउनुभयो ।
पूर्वाधार विकास, अप्टिकल फाइबर र जलविद्युत्को क्षेत्रमा चीन नेपालसँग सहकार्य गर्न अग्रसर रहेको धारणा राख्दै उहाँले चीन र नेपालबीच जनस्तरमा विस्तारित सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा विदेश सम्बन्ध विभागका प्रमुख प्रेम सुवालले सन् १९४९ अक्टोबर १ मा राजधानी पेचिङमा जनवादी गणतन्त्र पनि घोषणा गरेको चर्चा गर्दै इतिहासमा चीन १३ वटा देशको उपनिवेश थियो, तर जनवादी गणतन्त्रको स्थापनासँगै शोषणको अन्त्य नै समाजवाद भएको निर्णय चीन अघि बढिरहेको बताउनुभयो ।
‘‘चीनले पश्चिमेली शैलीको उत्पादन प्रणाली उपयुक्त नभएको ठहर गरेको र समाजवादी बाटो नछोड्ने अडान राखेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले राजदूत होङलाई आफू, नेमकिपा र नेपाली जनताको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ६९ औं स्थापना दिवसको अवसरमा चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङलाई पठाइने शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो । चिनियाँ राजदूत होङले अध्यक्ष बिजुक्छेंलाई चीनको वर्तमान अवस्थाबारेका केही प्रकाशन हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंको शुभकामना सन्देश नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले वाचन गर्नुभएको थियो ।
Leave a Reply