यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ११ असोज । ‘अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला’ भक्तपुरमा निर्माण गर्ने खेलकुद मन्त्रालयको प्रारम्भिक सोचप्रति विरोध जनाउँदै आएका जनताको विरोध कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । रङ्गशाला बनाउन नदिने अडानका साथ विभिन्न विरोधका गतिविधि गर्दै आएका सूर्यविनायक नपा र चाँगुनारायण नपाका प्रतिकार समितिले संयुक्त रुपमा विभिन्न स्थानमा रङ्गशालाको विरोधमा बिहीबार कालो व्यानर र कालो झण्डा झुण्ड्याएको थियो । सोही सिलसिलामा सूर्यविनायक नपाको बाँसबारी नलिञ्चोकमा झुण्ड्याइएको कालो व्यानर र कालो झण्डा प्रहरीले निकालेर प्रहरी चाकी
जगातीमा लगेका थिए । सङ्घर्षरत जनता प्रहरीको यस्तो कामको विरोधमा जगाती चौकीमा जाँदा चौकी प्रमुखले ‘कालो झण्डामात्र निकाल्नु भनेको व्यानर पनि ल्याएछन्’ भनी व्यानर फर्काएका थिए । सरकारले स्थानीय जनतासँग कुनै सरोकार र सल्लाह नै नगरी हचुवाको भरमा रङ्गशाला बनाउने सोच बनाएकोमा विरोध गर्न पाउनु जनताको संवैधानिक अधिकार हो । तर शान्तिपूर्ण, बिनाहातहतियार विरोध गर्न पाउने अधिकारमाथि सरकारी हस्तक्षेप जनअधिकारमाथि थिचोमिचो र सरकारको जनविरोधी चरित्रको नमुना भएको स्थानीयको भनाइ छ । कालो झण्डा राख्नु विरोधको रुपमा हो । यसमा प्रहरीको हस्तक्षेपले प्रहरी प्रशासन जनताको भावनाविपरीत उभिएको उनीहरूको ठम्याइ छ ।
Leave a Reply