भर्खरै :

क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

भक्तपुर, १२ असोज । नेपाल क्यान्सर निवारण समाज भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा महिलाहरूमा लाग्ने क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका ग्लोव्याथोन टु इण्ड वुमन्स क्यान्सरस् २०१८ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि शोभा बिजुक्छेंले क्यान्सरसम्बन्धी उपचारका लागि नेपाल सबल रहेका कारण क्यान्सरको उपचार गर्न विदेश जाने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । पैसावालहरूले विदेशमा उपचार गर्नुको साटो नेपालमै उपचार गरेको खण्डमा नेपालका अस्पतालहरू सबल र गरिबहरूलाई उपचार गर्न सजिलो हुने बताउनुभयो । यसअघि उहाँले पर्चासहितको बेलुन उडाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
प्रा.डा. आरती शाहले महिलाहरूमा लाग्ने क्यान्सरसम्बन्धी जानकारी दिनुभएको थियो ।
औपचारिक कार्यक्रमपश्चात् कार्यक्रममा सहभागीहरूले ‘जुम्बा नाच’ गरेर बटुवाहरूको ध्यानाकर्षण गरेका थिए । कार्यक्रममा डा. एलिजा श्रेष्ठ र राजाराम तजलेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *