भर्खरै :

नेमकिपा देश र जनताको लागि सम्झौताहीन सङ्घर्षमा

काठमाडांै, १३ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्यास लाग्यो भन्दैमा विष पिउनु बुद्धिमानी नहुने बताउनुभएको छ ।
संगम साकोसको आयोजनामा भएको नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको मुखपत्र ‘मजदुर–किसान’ को नयाँ अङ्कसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले देश र जनताको हितको लागि गरिने निःस्वार्थ गतिविधिले दीर्घकालीनरुपमा सकारात्मक प्रतिफल दिने विचार राख्नुभयो ।
उहाँले नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै विना कुनै सम्झौता देश र जनताको हितमा निरन्तर लागिरहेको चर्चा गर्दै जालीफटाहा र शोषकहरूले जनताको पक्षमा गरिने कार्यमा साथ नदिने बरु उल्टै बद्नाम गर्न खोज्ने भएका हुनाले सचेततापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
‘‘कुनै पनि व्यक्ति वा पार्टीको परिचय उसको नामबाट भन्दा पनि उसले देखाउने व्यवहारबाट हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर र देशलाई पराधीन बनाउनेमा देशका ठूला पार्टीहरू जिम्मेवार छन् ।’’, बिजुक्छेंले भन्नुभयो ।
उहाँले बुद्धलाई युगौंपछि पनि आजको पुस्ताले सम्झेजस्तै मानव समाजको हितको लागि काम गर्नुभएका माक्र्सलाई आज दुईसय वर्षपछि पनि संसारले हार्दिकताका साथ स्मरण गरिरहेको बताउनुभयो । श्रमजीवी जनताको मुक्तिको लागि आफ्नो जीवन अर्पण गर्नुभएका माक्र्सले पत्ता लगाउनुभएको समाज विकासको नियमको महत्वबारे अध्यक्ष बिजुक्छेंले चर्चा गर्नुभयो ।
‘बिम्स्टेक’ साम्राज्यवादी र विस्तारवादीको हतियारको रुपमा उपयोग हुने सम्भावनाबारे चर्चा गर्नुभयो । उहाँले बिम्स्टेकको भावनाविपरीत भारतमा संयुक्त सैनिक अभ्यास भएबाट पनि उक्त कुरा स्पष्ट हुने चर्चा गर्नुभयो । उदाउँदो विश्व अर्थतन्त्रको रुपमा रहेको चीनलाई घेर्ने अमेरिकी योजनाअनुसार नै एसियाको विभिन्न भागमा अमेरिकी सैनिक तैनाथ गरिएको उहाँले चर्चा गर्नुभयो ।
‘‘देश र जनताको हित गर्ने शासक दलले जातीय तथा क्षेत्रीय विषयलाई निषेध गर्नुपर्नेमा उनीहरूले मलजल गरिरहेका छन् ।’’, अध्यक्ष रोहितले भन्नुभयो ।
उहाँले कामदार जनताको हित गर्नको लागि समाजको सांस्कृतिक स्तर उकास्नुपर्नेमा जोड दिंदै भन्नुभयो – ‘‘श्रमिक वर्गको नेतृत्वमा हुने सामाजिक व्यवस्था नै समाजवाद हो, समाजवाद सर्वहारा वर्गको स्वर्ग हो, यसलाई सजिलै टिक्न दिनेछैन ।’’
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सभासद् सुरेन्द्रराज गोसाईले सहकारी संस्थाहरूले आफ्नो नियमित कार्यका साथै जनताको सांस्कृतिक स्तर उत्थान गर्नुपर्ने विचार राख्नुभयो । बौद्धिक विकासले मात्र समाजलाई प्रगतिमा डो¥याउने भएको हुनाले संस्थाले राजनीतिक र वैचारिक स्तर विकास गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिने विश्वास उहाँले गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सभासद् सृजना सैंजुले चीन–अमेरिका व्यापार युद्धबारे उल्लेख गर्दै यसले अन्ततः अमेरिकालाई नै घाटा गर्ने कुरा राख्नुभयो । अमेरिका आफैले प्रवद्र्धन गरेको विश्व व्यापार सङ्गठनको नियमलाई बेवास्ता गर्दै अमेरिकाले चीन–अमेरिका व्यापारको सम्बन्धमा हस्तक्षेपकारी कार्य गरेको उहाँले बताउनुभयोे ।
संस्थाका अध्यक्ष कृष्णगोपाल छुस्याकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार न्हुछेराम भेले, सदस्यहरू राजाराम चवाल, नारायणभक्त भेले, पुरुषोत्तम तमखु, केशव तमखु, मङ्गलेश्वर ध्वजू, सरजू फसिकव, विकास तमखु, जयविन भ्वयद्यो, विष्णुप्रसाद ख्याजू, विजय लोहला, दिनेश प्रधान, शिवनारायण गोथे, राजेन्द्र चवाल, सरस्वती सिंख्वाललगायतले मजदुर किसानको नयाँ अङ्कबारे आ–आफ्ना अध्ययन सार प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *