भर्खरै :

सङ्कटाले सरस्वतीलाई हरायो

काठमाडौँ, १४ असोज  ः शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको लिगको पहिलो चरणको दोस्रो खेलमा सङ्कटाले सरस्वतीलाई १–० गोल अन्तरले हराएका थिए । जीतसँगै सङ्कटाले लिगमा शीर्ष तीन अङ्क जोडेको छ ।
सङ्कटाको जीतमा लक्ष्मण रुचालले गोल गरे । उनले खेलको दोस्रो हाफमा थपिएको अतिरिक्त समयमा गोल गरेका थिए । सङ्कटा लिग तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *