यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडांै, १६ असोज । पश्चिम नवलपरासी जिल्लाअन्तर्गत सुस्ता क्षेत्रका जनता मङ्गलबार नेपाल मजदुर किसान पार्टी केन्द्रीय कार्यालय पुगी आफ्ना विभिन्न मागबारे ध्यानाकर्षण गराएका छन् ।
सुस्ता बचाउ अभियान नवलपरासीका अध्यक्ष गोपालप्रसाद गुरुङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलको पत्र बुझ्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले देशको सार्वभौमिकता जोगाउने आन्दोलनमा नेमकिपाको समर्थन रहने विचार राख्नुभयो ।
नेमकिपाले सडक र सदनमा भारतीय विस्तारवादबाट भइरहेको सीमा अतिक्रमण एवम् बलमिचाइको विरोध गरिरहेको भन्दै उहाँले सुस्तामाथि भारतीय हस्तक्षेपको विरोधमा २०२५ सालमै आन्दोलन गरेको स्मरण गराउनुभयो ।
नेमकिपाको नाममा दिइएको ध्यानाकर्षण पत्रमा उनीहरूले नेपाल र भारतको बिहारको सिमाना सीमाड्ढन गरी जङ्गे पिलर सीमास्तम्भ कायम गर्न सीमा सर्वेक्षण टोली सुस्ता पठाउन माग गरेका छन् ।
उनीहरूले सुस्ता क्षेत्रको भूभाग नापी नक्सा गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरी नेपाल सरकारलाई राजस्व सड्ढलन गर्ने व्यवस्था मिलाउन, नेपालतिरबाट सुस्ता आवतजावत गर्न भनी २०७२ चैतबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल हाल ठेकेदारले काम छोडी जाँदा बन्द भएकोले तत्काल निर्माण थाल्ने वातावरण बनाउन, सुस्तामा रहेका सशस्त्र प्रहरीलाई सुविधासम्पन्न बनाउन, सुस्ताको स्वास्थ्य चौकीमा पर्याप्त औषधि, गर्भवती महिलालाई सुत्केरी सुविधाको बन्दोबस्त, स्थानीय विद्यालयमा शिक्षक दरबन्दी बन्दोबस्त गर्नलगायतका माग प्रस्तुत गरेका छन् ।
सुस्ताको भूभाग संरक्षण गर्न भएको आन्दोलनको क्रममा २०६४ माघ ४ गते निधन भएका रामानन्द चमारको परिवारलाई आवश्यक आर्थिक बन्दोबस्त गर्न, सुस्तामा रहेका २८५ घरधुरीलाई सौर्य ऊर्जाको व्यवस्था गर्न र सुस्तावासीमाथि भारतीय सिमाना सुरक्षा बल (एसएसबी फोर्स) बाट हुने गरेको असुरक्षाबाट रक्षा गर्न पनि अनुरोध गरिएको छ ।
भेटमा नेमकिपाका केन्द्रीय सदस्यहरू उकेश कवां, रवीन्द्र ज्याख्व, हरिसुन्दर वासी र वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईको उपस्थिति थियो भने प्रतिनिधिमण्डलमा सुस्ता बचाउ अभियानका सल्लाहकार किशन शर्मा, दिनेश पन्थी, लोकप्रसाद भुर्तेल, उपाध्यक्ष आदम खाँ, सदस्यहरु छोटे खाँ, अयोध्या केवट, मोहन बिन, महाताव हुसेन, रवीन्द्रकुमार बानियाँलगायतको उपस्थिति थियो ।
Leave a Reply