यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडांै, १६ असोज । संयुक्त राष्ट्र सङ्घको ७३ औं महासभामा भाग लिने असोज ८ गते मङ्गलबार संरा अमेरिका उडेको भोलिपल्ट निर्मला हत्याकाण्डको छानबिन गर्न गठित समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्दा सरकारप्रति जनआक्रोश तीव्र बनिरहेको अवस्थामा प्रम संरा अमेरिकातिर उडेका थिए । झण्डै दुई साताको विदेश शयरबाट ओली स्वदेश फर्किने अवस्थासम्म पनि पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन । बरू घटना झन् झन् रहस्यमय बन्दै गएको छ । सरकार लाचार बनेको छ ।
काठमाडौंमा झण्डै महिना दिनअघि भदौ १४–१५ गते भएको बिम्स्टेक सम्मेलन सकाए न्युयोर्क हिंडेका ओली र उनको परराष्ट्र टोलीको आत्मविश्वासले उचाइ छोएको थियो । त्यो आत्मविश्वास महासभामा प्रमको मन्तव्यमा प्रतिबिम्बित भयो । उनले असोज १२ गते महासभामा दिएको भाषणमा आफ्नो सरकारको शक्तिको बखान गर्ने मौका छोडेनन् । धन्न उनी संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तै हाँसोको पात्र भने बनेनन् । महासभा सुरु भएको दिन ट्रम्पले आफ्नो सरकारका सफलताको बखान गर्दा महासभाको हलमा हाँसो गुञ्जिएको थियो ।
ओलीले आफ्नो शक्तिशाली सरकारको चर्चा गरेको समाचार नेपाली मिडियामा आएको भोलिपल्ट उनकै दल नेकपाका नेता माधव नेपालले संसद अधिवेशनको अन्तिम दिन सरकारको चर्को आलोचना गरे । उनले भने, ‘‘देश डुब्न लाग्यो माझी बचाइदेऊ ।’’ उनले सरकारको नतिजाविहीन क्रियाकलापका कारण आफूलाई लज्जित बनाएको बोलेका थिए । त्यत्तिबेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि ‘श्रीमतीको उपचारको सिलसिलामा’ सिङ्गापुरमा थिए । पर्यवेक्षकहरूले नेपालको आक्रोशलाई दुवै अध्यक्ष विदेशमा गएको अवस्थामा कार्यवाहक नछोडेकोको रिसका रुपमा पनि टिप्पणी गरे ।
पत्रपत्रिकामा केही समयअघि देखि नै चर्चा चलेको सत्तासीन नेकपाभित्र टुटफुट दुवै अध्यक्ष नेपालीभूमिमा नहुँदा मज्जाले बाहिरियो । ओली न्युयोर्क गएकै दिन एउटा ब्रोडसिट अखबारले आफ्नो ब्यानर न्युजमै नेकपाभित्रका गुटहरूको ग्राफसहित लेख्यो, ‘नेकपाभित्र गुटैगुट ।’ तीन महिनाभित्र एकीकरण प्रक्रिया टुङ्ग्याउने भनिएको नेकपामा एकाध पेशागत सङ्गठनबाहेक कुनै पनि जिल्ला, जनवर्गीय र पेशागत सङ्गठनमा एकीकरणको अवस्था बनेको थिएन । बरू सङ्गठनमा एक प्रकारको शिथिलता आएको भन्दै केही कार्यकर्ताले दुःख व्यक्त गरेका थिए । पार्टीबाट हुने कुनै पनि निर्णय र सरकारको कुनै पनि कार्यक्रमप्रति स्वामित्व लिन नसक्ने बताउँदै थिए । आफू नेतृत्वको सरकारको विरोध गर्नेमाथि अरिङ्गाल बनेर खनिन प्रमले दिएको निर्देशनलाई पार्टीकै नेताहरूबाट चुनौती दिइएको थियो ।
नगरकोटमा केही पत्रकार, बुद्धिजीवी र राजनीतिक नेता सम्मिलित एउटा अन्तरक्रिया कार्यक्रममा नेकपाका नेता घनश्याम भुषाल आफूसम्बद्ध पार्टीको सरकारलाई ‘क्रोनी क्यापिटलिज्म’ को उत्पादनको रुपमा चर्चा गर्दै थिए । यी सबै घटनाक्रमले नेकपाको यो सरकार शक्तिशाली भन्ने प्रधानमन्त्री ओलीको भनाइ काँचो धागो समान भएको प्रस्ट हुन्छ ।
उनका कुरा कुनै बेला अन्तर्राष्ट्रिय मञ्चमा भारतका प्रम नरेन्द्र मोदीले दिने गरेका भाषणजस्तै सुनिएको थियो । मोदीले आफू निर्वाचित भएको पहिलो वर्ष संसारकै सबभन्दा बढी विदेश भ्रमण गर्ने नेतामा दरिएका थिए । त्यसक्रममा गैरआवासीय भारतीय जनता र विभिन्न बहुराष्ट्रिय कम्पनीले आयोजना गर्ने कार्यक्रममा मोदीका भाषण पनि आत्मआडम्बरले बढी भरिएका हुन्थे । तर मोदीले गरेका ती भाषण त्यत्तिबेला अर्थहीन बन्यो जब उनले सोचेजस्तो विदेशी कम्पनीले भारतमा लगानी गर्न तयार भएनन् । त्यस्तै ओलीको भाषणले पनि आजको नेपाललाई लगानीका लागि उपयुक्त, विशेषतः जलस्रोतको विकासमा लगानी गर्न आग्रह गरे ।
झण्डै आधा घण्टा लामो ओलीको महासभाको भाषण केही अन्तर्राष्ट्रिय सम्झौताप्रतिको ओठेभक्तिमै सीमित देखियो । मानवअधिकारप्रतिको उनका प्रतिबद्धतालाई नेपालमा निर्मला हत्या काण्डका दोषी पत्ता लगाउन लगातार चलिरहेका सडक सङ्घर्षले गिज्याइरहेको थियो ।
एसिया सोसाइटीमा आयोजित कार्यक्रममा ओली असोज १० गते सहभागी बने । तर त्यहाँको अन्तरक्रियामा नेपालको द्वन्द्व व्यवस्थापनसम्बन्धी ओलीको विचार वास्तवमा खोक्रो आडम्बरले भरिएको थियो । कार्यक्रममा उनका कुरा कुनै बेला अन्तर्राष्ट्रिय मञ्चमा भारतका प्रम नरेन्द्र मोदीले दिने गरेका भाषणजस्तै सुनिएको थियो । मोदीले आफू निर्वाचित भएको पहिलो वर्ष संसारकै सबभन्दा बढी विदेश भ्रमण गर्ने नेतामा दरिएका थिए । त्यसक्रममा गैरआवासीय भारतीय जनता र विभिन्न बहुराष्ट्रिय कम्पनीले आयोजना गर्ने कार्यक्रममा मोदीका भाषण पनि आत्मआडम्बरले बढी भरिएका हुन्थे । तर मोदीले गरेका ती भाषण त्यत्तिबेला अर्थहीन बन्यो जब उनले सोचेजस्तो विदेशी कम्पनीले भारतमा लगानी गर्न तयार भएनन् । त्यस्तै ओलीको भाषणले पनि आजको नेपाललाई लगानीका लागि उपयुक्त, विशेषतः जलस्रोतको विकासमा लगानी गर्न आग्रह गरे । तर नेपालको सरकारी नीति कति फितलो हुन्छ भन्ने कुरा बुढीगण्डकी परियोजनाको समाचार झण्डै त्यही साता नेपाली मिडिया व्यापक बन्यो ।
राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न गरेको प्रयासजस्तै यसपल्टको भ्रमणमा प्रम ओलीले कोस्टारिकामा गएर शान्ति विश्वविद्यालयको भ्रमण गरे, विद्यावारिधिको तक्मा पनि भिरे । तर आफूलाई वामपन्थी भन्ने प्रमले समेत शान्तिलाई निरपेक्ष प्रक्रियाको रुपमा लिएको घटनाले उनको वैचारिक चिन्तनमा खिया लागेको प्रस्ट हुन्छ । शान्ति कसैले चाहना वा कामना गर्दैमा आउने कुरा पक्कै होइन । जबसम्म देशको सबैखाले आर्थिक, सांस्कृतिक र सामाजिक असमानताको अन्त्य हुँदैन, तबसम्म शान्तिको कामना शासकको आफ्नो सत्ता टिकाउने राजनीति हो ।
निर्मला पन्त प्रकरणलगायत लगातारको तेजाब र बलात्कार काण्डले ‘देश डुब्न लागेको’ समयमा ओलीले शान्ति विश्वविद्यालयबाट विद्यावारिधि ग्रहण गर्नु यो समयको सबभन्दा क्रुर व्यङ्ग्यमात्र हो । ओलीको भ्रमण ‘दुई मिनेट डोनाल्ड ट्रम्प र मेलिना ट्रम्पसँगको फोटो सेसन’ भन्दा धेरै ठूलो उपलब्धि हासिल हुन सकेन ।
Leave a Reply