भर्खरै :

भारतीय किसानमाथि निर्मम दमन

नयाँ दिल्ली, २ अक्टोबर । भारतका विशेषतः उत्तरी प्रान्तहरूबाट नयाँ दिल्ली मोदी सरकारसमक्ष कृषि ऋण मिनाहालगायत सो¥ह सुत्रीय माग राख्न राजधानी नयाँ दिल्लीमा आएका किसानहरूमाथि मोदी सरकारले म·लबार चर्को दमन गरेको छ । किसानहरू प्रहरीले लाठ्ठीमात्र प्रहार गरेनन्, बरू पानीको फोहोरा र अश्रुग्यासबाट निर्मम हमला गरे ।
किसानहरूमाथि भएको हमला महात्मा गान्धीको नाममा अहिंसा दिवस मनाउने मोदी सरकारको कार्यक्रमप्रति तीखो व्यङ्ग्य भएको भारतका जनपक्षीय मिडियाहरूले लेखेका छन् ।
७० हजार भारतीय किसान सहभागी सो ¥याली हरेक वर्ष दुई करोड जनतालाई रोजगारी दिने मोदी सरकारको आश्वास झूटो प्रमाण थियो । आफ्ना न्यायपूर्ण माग सरकारसमक्ष राख्न आएका निहत्था किसानमाथि मोदी सरकारको अत्याचारले उसको प्रतिक्रियावादी र जनविरोधी चरित्र उजागर गरेकोे छ ।
किसानहरूको जुलुसमाथि प्रहरीको अमानवीय दमनलाई भारतका किसान र युवाहरूले लामो समयसम्म याद राख्ने र प्रतिरोधमा थप सङ्घर्ष हुने त्यहाँका प्रगतिशील सञ्चारमाध्यमले आफ्ना समाचारमा लेखेका छन् ।
किसानहरूमाथिको दमनको प्रतिपक्षी दलका साथै सत्तासीन दलका नेताहरूले समेत भत्र्सना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *