भर्खरै :

मजदुरबीच ‘मजदुर–किसान’ को अन्तरक्रिया

भक्तपुर, १७ असोज । नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ पूर्णाड्ढ २१ बारे अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले कम्युनिष्टहरूले आफ्नोबारे होइन देश, समाज र तल्लो वर्गका जनताबारे चिन्ता लिन्छन् भन्नुभयो ।
साधारण जनता र शोषकहरूको भावनामा धेरै फरक हुने प्रस्ट पार्दै उहाँले पुँजीवादी सरकारले पुँजीपतिहरुको हितमा मात्र काम गर्ने उल्लेख गर्नुभयो ।
अरूको दुःखमा साथ दिने संस्कार विकास गरेमात्र हाम्रो दुःखमा पनि अरूले साथ दिने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘जनताको सेवा गर्ने मान्छेहरूले व्यक्तिगत रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ, हामी जे गर्छौ देश र जनताको हितको निम्ति गर्छौ ।’’
‘गैरआवासीय नेपालीहरूलाई नागरिकता दिनुको नियत उनीहरूको पुँजीमा कर नलाग्ने प्रपञ्चमात्रै हो । भक्तपुरका केही सरकारी अस्पतालहरूले निजी स्वास्थ्य व्यवसायीहरूलाई प्रोत्साहन दिइरहेका छन् । अस्पतालमा प्रयोग नगरिकन राखिएका करोडौं मूल्य पर्ने स्वास्थ्य उपकरणहरू जनताको सेवाको निम्ति उपयोगमा ल्याउनुपर्छ’’ अध्यक्ष रोहितले भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिका अध्यक्ष
राजेन्द्र चवालले मजदुरहरू वैचारिक रूपमा सशक्त भएमात्रै मजदुर सङ्गठन र आन्दोलन अगाडि बढ्न सक्छ भन्नुभयो । कार्यक्रममा राजवीर डंगोल, उपेन्द्र सुवाल, विष्णुराम दुमरू, ज्ञानेन्द्र महर्जन, सुमित्रा शिल्पकार, विक्रम ढुकुछु, धर्मसेन महर्जन, इन्द्रलक्ष्मी त्वायना, रमेश दुमरू, सुस्मिता न्यौपाने र सूर्यनारायण फाँजुले पत्रिकामा प्रकाशित लेखबारे आफ्नो बुझाइ प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *