‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
–वासुदेव पौडेल/नीरज थकाली
पोखरा, २३ असोज । उच्च हिमाली जिल्ला मुस्ताङमा फल्ने स्याउप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ ।
फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिंड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरेका देखिन्छन् । मुस्ताङका स्याउ प्रतिकिलो रु. १५० देखि १८० सम्म बिक्री भइरहेको पौडेलले जानकारी दिनुभयो । उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती हो । स्याउबाट यहाँका धेरै स्थानीयवासी राम्रो आयआर्जन गरेका छन् ।
जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र सुरु भएकोे पाइन्छ । २०२२ सालमा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरिएको थियो ।
मार्फाका स्याउ उद्यमी ७५ वर्षीय विष्णु हिराचनका अनुसार सुरुमा प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडिएको थियो । मार्फामा सबैभन्दा पहिले एक रोपनी जग्गामा १५ वटा बेर्ना लगाएर आफूले व्यवसाय सुरु गरेको बताउने हिराचनले त्यसयता निरन्तर स्याउको बिक्री गर्दै २०३६ सालदेखि त्यसबाट रक्सीसमेत बनाउन थालेको जानकारी दिनुभयो ।
हिराचनको स्याउबाट रक्सी बनाउने नीलगिरि डिष्टीलरी सञ्चालनमा छ । सो डिष्टीलरीबाट वार्षिक रु. एक करोड २५ लाखको स्याउको रक्सी बिक्री हुने गरेको छ नीलगिरिजस्तै स्याउको रक्सी उत्पादन गर्ने सात÷आठ उद्योग जिल्लामा सञ्चालनमा आइसकेका छन् ।
मुस्ताङस्थित घरबजोङ गाउँपालिका–५ ठिनीमा स्याउको व्यावसायिक खेती गर्दै आउनुभएका ५३ वर्षीय कर्म गुरुङ यहाँको स्याउलाई सुनखानीको उपमा दिनुहुन्छ । मुस्ताङमा स्याउखेतीको धेरै सम्भावना रहे पनि अझै त्यसको उपयोग हुन नसकेको बताउँदै उहाँले यसतर्फ आकर्षण बढाउन सके बढ्दो युवा विदेश पलायन रोकिने उल्लेख गर्नुभयो ।
गुरुङको बगैंचामा हाल पाँच हजार बोटमा स्याउ फल्छ । गतवर्ष रु. एक करोडको स्याउ बिक्री गरेका उहाँले सिंचाइको राम्रो प्रबन्ध हुनसके अरु पाँच हजार बोट थप्ने तयारीमा हुनुहुन्छ । मुस्ताङको स्याउ पोखरालगायतका बजारमा अत्याधिक माग हुने गरेको गुरुङको भनाइ छ ।
उहाँको बगैंचामा स्थायी रुपमा १२ जनाले रोजगारी पाएका छन्, भने मुख्य याममा दैनिक ५० जनालाई रोजगारी मिलेको छ । विशेषगरी पोखरा, काठमाडौंलगायतका शहरमा असोज, कार्तिक र मङ्सिरसम्म मुस्ताङको स्याउ बिक्री हुने गर्दछ । मुस्ताङका स्थानीयवासीले अन्य सिजनमा बिक्रीका लागि स्याउको चाना काटेर सुकुटी बनाउछन् भने यसबाट रक्सी पनि तयार गर्दछन् ।
स्याउका व्यापारी साउन महिनामा नै मुस्ताङ पुगी बगैंचा हेरेर बैना गर्ने गर्दछन् । सामान्यतः तीजदेखि नै यहाँका बगैंचामा स्याउ टिप्ने काम सुरु हुन्छ । यसवर्ष तीजदेखि नै स्याउ पोखरालगायतका बजारमा पुग्न थालेको स्थानीयवासीले बताए । जिल्लामा लगभग एक हजार २०० हेक्टर क्षेत्रफलमा स्याउ लगाइए पनि हाल ४१५ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुन थालेको छ ।
जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, टिटीलगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ । जिल्लाको सम्भावनालाई दृष्टिगत गरी नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लालाई स्याउ जोन घोषणा गरी यसको विकास एवं विस्तारमा पहल थालेको छ ।
थासाङ गाउँपालिका–३, ४ र ५ वडा बाहेक जिल्लाका सम्पूर्ण क्षेत्र समेट्ने गरी स्याउ जोनको कार्यक्रम सुुरु गरिएको परियोजना कार्यालय मुस्ताङका वरिष्ठ कृषि अधिकृत शम्भुबहादुर देवले जानकारी दिनुभयो ।
मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन् । उहाँका अनुसार अघिल्लो वर्ष जिल्लामा पाँच हजार ३०० मेट्रिक टन स्याउ फलेकामा यसवर्ष पाँच हजार ८०० मेट्रिक टन फल्ने अनुमान गरिएको छ ।
Leave a Reply