भर्खरै :

अस्ट्रेलियालाई जितका लागि ४६२ रनको चुनौती

दुबई, २४ असोज : पाकिस्तानले दुबईमा जारी पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियासामु जितका लागि ४६२ रनको विशाल चुनौती दिएको छ । बुधबार अपराह्न पाकिस्तानले दोस्रो इनिङमा ६ विकेट गुमाएर १८१ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।
तीन विकेटको क्षतिमा ४५ रनबाट खेल्न थालेको पाकिस्तानका लागि इमाम–उल–हकले ४८, हरिस सोहेलले ३९ तथा असाद सफिकले ४१ रन बनाएका थिए ।
पाकिस्तानले पहिलो इनिङमा ४८२ रन बनाएको थियो । पहिलो इनिङमा अस्ट्रेलियाले २०२ रन बनाई अलआउट भएको थियो ।
अस्ट्रेलियाका लागि स्पिनर जोन होल्यान्डले ३ र नाथान लायनले २ विकेट लिएका थिए ।
दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट अबुधाबीमा अक्टोबर १६ देखि शुरु हुँदैछ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *