यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
धीरेन्द्रमान बिजुक्छें
एउटै शब्दको शाब्दिक अर्थ र परिभाषा धेरै हुनसक्छन् । कुनै–कुनै शब्दको अर्थ वा परिभाषा त १५–२० ओटा वा सोभन्दा बढी पनि हुनसक्छ । यस्तो बेलामा सन्दर्भसँग मिल्ने अर्थ वा परिभाषा टिप्ने गरिन्छ । कुनै बेला शब्दकोशमा दिइएका अर्थ र परिभाषा सन्दर्भसँग नमिल्न पनि सक्छ । धर्मबारे विभिन्न संस्थाले प्रकाशन गरेका शब्दकोशमा यस्ता अर्थ वा परिभाषा दिइएको छः
धर्म(नाम)–वस्तु वा जातिमा रहने स्वाभाविक गुण प्रकृति । वेद, धर्मशास्त्रहरूले बताएको नित्यकर्म यज्ञ, दान आदि पुण्य । मानवीय कर्तव्यको परिपालन । कुनै सम्प्रदाय वा व्यक्तिको निम्ति उनका आचार्यले बताएको नियमको आचरण । कुनै जाति, वर्ग वा पेशाका व्यक्तिले गर्नुपर्ने काम । (नेपाली सङ्क्षिप्त शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान )
धर्म नाम. (संस्कृत) – (१) व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूलवृत्ति , प्रकृति , स्वभाव । (२) स्वाभाविक गुण, सहज वृत्ति । (३) स्वर्ग प्राप्त गर्न सकिने लोक विश्वास भएको पुण्य कार्य, पुण्य कर्म । (४) कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकहीत वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो– मानव धर्म, नारी धर्म, युग धर्म इ.) (५) असल आचरण, सदाचार, नियम । (६) पुण्य सत्कर्म । (७) ईश्वर अथवा सद्गति प्राप्तिका लागि गरिने शास्त्र विहित कर्म । (८) कुनै महापुरुषले चलाएको मत सम्प्रदाय । (नेपाल बृहत् शब्दकोश, नेपाल प्रज्ञा (प्रतिष्ठान)
धर्म (तत्सम) नाम. (१) मानिसहरूले मानिआएको परम्परागत विश्वास, मान्यता वा त्यससँग सम्बन्धित सम्प्रदाय (उदाहरण. हिन्दू धर्म, इसाई धर्म, इस्लाम धर्म आदि ) । (२) यही जन्ममा वा मरेपछि पनि भलो हुन्छ भन्ने विश्वासले गरिने कर्म, पूजाआजा, तीर्थव्रत आदि पुण्य कर्म, विपरीतार्थक शब्द–पाप । (३) कुनै वर्ग, पद, जाति आदिले गर्नुपर्ने कर्म, कर्तव्य, दायित्व वा अभिभारा (उदाहरण. पुरुष धर्म, नारी धर्म, गृहस्थ धर्म) । (४) असल आचरण, सदाचार, सत्कर्म । (५) नीति, नियम, मर्यादा । (६) कुनै वस्तु, व्यक्ति आदिमा हुने मूल स्वभाव वा प्रकृति, सहज गुण । आगोको धर्म पोल्नु हो भने पानीको धर्म भिजाउनु हो । (प्रयोगात्मक नेपाली शब्दकोश, प्रधानसम्पादक हेमाङ्गराज अधिकारी र सम्पादक बद्रीविशाल भट्टराई )
विकासवादी सिद्धान्तअनुसार भूकम्प, ज्वालामुखी विस्फोट, वर्षा, आँधी–बेहरी, बाढी–पहिरो, चन्द्र ग्रहण, सूर्य ग्रहण, रात–दिन, मौसम परिवर्तन आदि प्रकृतिसम्बन्धी मान्छेहरूको अज्ञानताबाट नै धर्म वा परमेश्वरको जन्म भएको हो । मान्छेको प्रारम्भिक सांस्कृतिक विकास ३०–४० हजार वर्ष पहिलेमात्र धर्म वा परमेश्वरको सृष्टि भएको हो । त्यसभन्दा अघि धर्म वा परमेश्वरको सृष्टि भएकै थिएन । जल, वायु, माटो, वनस्पति आदिले मान्छेहरूलाई बाँच्ने आधार दिएकोले मान्छेहरूले ती गुणग्राही वस्तुहरूको पूजा पाठ गर्न थाले । त्यसैगरी तिनीहरूमाथि संसार चलाउने केही तत्वहरू थिए । ती तत्वहरू रिसाउंँदा भूकम्प, चन्द्र ग्रहण, सूर्य ग्रहण जस्ता अनिष्ट हुन्छ भनी सोचेर तिनीहरूले पूजापाठ गर्न थाले । यसरी धर्म वा परमेश्वरको सृष्टि भएको थियो ।
डा. योगी विकासानन्दले २०४७ सालमा गोयथे इन्स्टिच्युटमा दिनुभएको प्रवचनमा आधारित कृति ‘राजनीति ः एक समस्या, एक समाधान’ पेज ६१–६२ मा लेख्नुभएको छ, ‘‘अर्को कुरा, द्वन्द्वात्मक भौतिकवादको व्याख्या गर्दै जाँदा माक्र्सले धर्मलाई अफिमको संज्ञा दिए । अध्यात्मवादलाई पनि यस्तै लाञ्छना दिई अनावश्यक वस्तु वा शोषण – तन्त्रको रुपमा लिए ।
पहिलो कुरा माक्र्सले सबै धर्मको अध्ययन नै नगरिकन जुन निष्कर्ष निकाले, धर्म अफिम हो भनेर त्यो ज्यादै दुःखद् कुरा हो किनभने पछिका जम्मै माक्र्सवादीहरूले यही कुरालाई तोतामैनाले जस्तै अर्थै नबुझिकन दोहो¥याई धर्ममाथि कुनै अध्ययन –अन्वेषण गर्ने आवश्यता नै देखेनन् र यसको परिणाम भयङ्कर हुनु निश्चितै थियो ।’’
“वास्तवमा माक्र्सले धर्म र धार्मिक संस्कृतिको भेदै छुट्टयाउन सकेनन् । त्यसैले धर्मको नाउँमा चलेको रीतिरिवाज, धर्मग्रन्थ तथा धार्मिक व्यक्तित्व भनाउँदाहरूको चरित्रलाई लिएर धर्मलाई अफिमको संज्ञा दिए । के धर्म भनेको शाब्दिक सिद्धान्त हो ? के धार्मिक भनाउँदाहरूले गर्ने आचरण ठीक नहुँदैमा धर्म नै ठीक हुँदैन र ? यसमा बुझ्नुपर्ने कुरा के छ भने धर्म भनेको यहुदी धर्म, क्रिश्चियन धर्म वा हिन्दू–बौद्ध होइन । यिनीहरू त धार्मिक सम्प्रदायमात्र हुन् । धर्मग्रन्थ पनि धर्म होइन, त्यो त धर्मलाई इङ्गित गर्ने मार्ग निर्देशिका पो हो । धार्मिक भनाउँदाहरू त वास्तविकरुपमा धार्मिक नै छैनन् । किनभने धर्म भनेको सत्यबोध हो, चेतनाको जागृत अवस्था हो । त्यसलाई अनुभव त गर्न सकिएला तर व्याख्या गर्न सकिंदैन । … अनुभूतिको स्तरमा, चेतनाको स्तरमा बुझ्नुपर्ने धर्मलाई माक्र्सले बुद्धिको स्तरमा, शब्दको स्तरमा बुझेर निष्कर्ष निकाल्न पुगे ।”
माथिका कुराहरूमा माक्र्सले धर्मको परिभाषा नै नबुझी धर्म अफिम हो भन्ने निष्कर्ष निकाल्नु गलत भएको तर्क डा. योगी विकासानन्दले गर्नुभएको छ । वास्तवमा, उहाँले माक्र्सवादको ऐतिहासिक विकास क्रम नबुभ्mनु भएको हो । उहाँले बुभ्mनु भए तापनि लङ्गडो रुपमा मात्रै बुभ्mनुभयो ।
‘अफिम’ भन्नाले मान्छेलाई बेहोस बनाई वा लट्ठ पारी एकछिनको लागि आनन्द दिने लागूपदार्थ हो । ‘धर्म अफिम हो’ भन्ने निष्कर्षले आपूmमाथि वा वरपर भइरहेका अन्याय–अत्याचार, शोषण–दमनलाई बिर्सेर मनको शान्तितर्पm लाग्ने नत्र दुःखको अनुभूति भइरहन्छ भनी सिकाउँछ । धर्मले बहुमत शोषित–पीडित मजदुर वा सर्वहारालाई त्यसविरुद्ध एकजुट भई लड्न र सत्ता कब्जा गरी सर्वहारा वर्गको हुकुम स्थापना गर्न उत्साहित गर्दैन । बरु धर्मले अन्याय–अत्याचार, शोषण–दमनलाई सहने र मनको शान्तिको कुरो सिकाउने भएकोले अफिम भनिएको हो ।
डा. योगी विकासानन्दले त्यसै पुस्तकको पेज ५० मा लेख्नुभएको छ, “ …विज्ञानको विकास मात्र चालीस–पचास वर्ष पुरानो हो । यसरी हेर्दै जाँदा अरर्बौं वर्ष लाग्ने फड्को अर्को फड्को मार्दा करोडांैमा झर्छ, करोडांैबाट लाखांै, लाखौंबाट हजारौं, हजारांैबाट सयौं र सयौंबाट वर्षको विकासलाई केही दसकले उछिनेको प्रस्ट देखिन्छ ।…”
माक्र्सवादको १ सय वर्षको इतिहासभित्र विज्ञानको न्यूटोनियन ढाँचादेखि आइन्स्टाइनको सापेक्षतावादसम्मको विकास अटाउँछ । यसको मतलब हुन्छ, विगत दुई –तीन हजार वर्षमा भएका परिवर्तन सय वर्षभित्रै भएको छ । त्यस्तै, माक्र्सवादलाई मितिको हिसाबले सय वर्षभन्दा केही पुरानो सिद्धान्त भन्न सकिन्छ तर प्रगति तथा परिवर्तनको हिसाबले दुई–तीन हजार वर्ष को अनुभवी सिद्धान्त भन्नुपर्छ ।
यसरी हजारांै वर्ष पुरानो ‘मुर्दा सिद्धान्त’ (माक्र्सवाद–लेखक) ले वर्तमानको समस्या समाधान गर्नसक्ला ?
२०७५ असोज महिनामा प्रकाशित नेपाल मजदुर पार्टी केन्द्रीय समितिको मुखपत्र मजदुर–किसान (वर्ष ८, अङ्क १ पूर्णाङ्क २१) मा नेमकिपाका केन्द्रीय अध्यक्ष का. रोहितका तीनवटा महत्वपूर्ण अन्तर्वार्ताहरू छापिएका छन् । कार्ल माक्र्सको द्विशत्वाषर््िाकीको अवसरमा लिइएको तेस्रो अन्तर्वार्तामा केही मानिसहरू माक्र्सवाद पुरानो भयो र उसको सान्दर्भिकता पनि अन्त्य भयो भन्ने विचार राख्छन् भनी सोधिएको प्रश्नको जवाफमा राहितले भन्नुभयो, ‘‘संसारमा दिउँसै प्रकाश नदेख्ने प्राणीहरू पनि छन्, त्यस्तै अन्धविश्वासीहरू र धर्मभिरुहरू आज पनि पृथ्वी गोल छ र सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ भन्ने मान्दैनन् र तिनीहरूको लागि कपर्निकस, ग्यालिलियो र वु्रनोको कुनै मूल्य छैन ।’’
त्यस्तै का.रोहितले पँुजीवादी संसारलाई आर्थिक सङ्कटबाट भूकम्पले जस्तै हल्लाइरहेको नदेख्ने, समाजवादी देशहरूको चौतर्फी प्रगति नदेख्ने, सन् २०२१ भित्रै संरा अमेरिकी अर्थतन्त्रलाई जनवादी गणतन्त्र चीनले पछाडि पार्ने र सन् २०४९–५० सम्ममा युरोप र संरा अमेरिकाको संयुक्त अर्थतन्त्रसमेत पछि पर्ने आर्थिक संस्थाहरू र संरा अमेरिकाकै वालस्ट्रिटको गम्भीर अनुमान त्यस्तै छ भने दिउँसो आँखा नदेख्नेहरूलाई हामीले ‘विचरा’ मात्र भन्न सक्नेछौं, विश्वको प्रगति नदेख्ने र विज्ञानसम्मत कुरा नगर्ने मानिसहरूको सङ्ख्या घट्दै गएको कुरा बताउनुभयो ।
‘‘… साँचो हो , घोषणापत्रका कैयन् कुराहरू वर्तमान समय र परिस्थितिमा बिलकुल अपर्याप्त र नसुहाउँदा भएका छन् । त्यसमा गरिएको खास परिघटनाहरूको वर्णन र मूल्याङ्कन आजको समयको लागि पुरानो भएर अतीतको कुरा बनिसकेको छ । यस्ता नमिल्दा पुरानिसकेका कुराहरूमा जोड दिनु विलकुल गलत छ । सच्चा माक्र्सवादी–लेनिनवादीहरू त्यस्तामा कदापि जोड दिंदैनन् र पुरानो कुरामा कदापि टाँसिएर रहँदैनन् ।
तर घोषणापत्रमा व्याप्त रहेको इतिहाससम्बन्धी भौतिकवादी दृष्टिकोणको महत्व, तागत र जीवन्तता स्पष्ट र अकाट्य छ । उक्त दृष्टिकोण हजारौं वर्षको मानव इतिहासमा प्राप्त भएको एक ज्यादै महत्वपूर्ण बौद्धिक उपलब्धि हो ।…’’
सन् १८४८ मा माक्र्स र एंगेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ प्रकाशित भयो । त्यसको पहिलो लेख पँुजीपति र सर्वहारामा सुरुकै वाक्य ‘आजसम्मको विद्यमान समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो’ उल्लेख गरिएको छ । सन् १८८८ को कम्युनिष्ट घोषणापत्रको अङ्गे्रजी संस्करणमा एंगेल्सले ‘इतिहास’को ठाउँमा ‘लिखित इतिहास’ वा ‘आजसम्मको विद्यमान लिखित इतिहास वर्गसङ्घर्षको इतिहास’ भनी टिप्पणी गर्नुभएको थियो । १८४७ मा समाजको पूर्वइतिहास लिखित इतिहासभन्दा पहिलेको सामाजिक सङ्गठनबारे थाहा पाइएको थिएन । पछि, हाक्सथाउसेनले रुसमा साझा भू–मालिकत्व भएको कुरा पत्ता लगाए । मौरलले सामाजिक आधार साझा भू–मालिकत्वमै ट्युटानी जातिहरूको उत्पति भएको कुरो प्रमाणित गरेर देखाई दिए । भारतदेखि आयरलाण्डसम्म सबै ठाउँहरूका ग्रामीण समाजको आदिम रुप थियो र रहेको छ भन्ने कुरा विस्तार–विस्तार थाहा पाइयो । मोर्गानले गणहरू ९नभलक० को सच्चा चरित्र र प्रजाति ९तचष्दभ० सितको सम्बन्ध पत्ता लगाएर त्यस साझा भू–मालिकत्व वा आदिम कम्युनिष्ट समाजको भित्री सङ्गठनलाई स्पष्टसित देखाइदिए । त्यस आदिम समाजको विघटनपछि समाज छुट्टाछुट्टै र अन्त्यमा विरोधी वर्गहरूमा विभाजित हुनथाल्छ । ‘परिवार, निजी सम्पति र राजसत्ताको उत्पति’ को दोस्रो संस्करणमा, स्टट् १८८६, एंगेल्सले विघटनको त्यस प्रक्रियालाई देखाउन प्रयास गर्नुभएको थियो ।
(कम्युनिष्ट घोषणापत्र, परिचयात्मक र व्याख्यात्मक टिप्पणीहरू, कृष्णदास श्रेष्ठ, पेज ४१ र ४५ )
Leave a Reply