यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
यहु प्रकाश
भीमदत्त पन्तको जन्म वि.सं. १९८३ मङ्सिर ११ गते बारी गाउँस्थित डडेल्धुरा जिल्लामा भयो । नेपाल र नेपाली जनता अनि तिनीहरूको शक्तिमाथि विश्वास गर्ने र तिनीहरूमै भर पर्ने सच्चा आदि नेपाली जन नेताहरूमा भीमदत्त पन्त पनि एक हुनुहुन्थ्यो । नेपाल प्रजापरिषद् र त्यसका प्रमुख संस्थापक अध्यक्ष एवं नेपालको जन स्तरको पहिलो राजनीतिज्ञ टङ्कप्रसाद आचार्य हुनुहुन्थ्यो । उहाँका सहयोद्धाहरू नेपाल र नेपाली जनतामाथि विश्वास गर्ने र तिनीहरूकै ताकतमा भर पर्थे । त्यसोभए तापनि, उहाँहरूमाथि प्रजातन्त्रको नाममा सामन्तवाद र सामन्तवादको नाइके राजासँग मिलेमत्तो गर्नेहरू भन्ने आरोप छ । वि.पि. कोइरालाका पिता कृष्णप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरू नेपाल र नेपाली जनतालाई भन्दा भारतीय शक्ति र भारतीय पँुजीवादी नेताहरूलाई बढी विश्वास गर्थे र त्यसैमा भर पर्थे । अहिलेका नेताहरू त भन्नै पर्दैन ।
भीमदत्त पन्तले भारतको उत्तर प्रदेशस्थित सिन्हाइबाट संस्कृत विषयमा हाइस्कुल सम्मको अध्ययन गर्नुभयो । उहाँ दक्षिण भारतका विद्वान शिवशङ्करको मुक्ति सेवा गठनबाट निकै प्रभावित हुनुभयो । उहाँलाई गीता, माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराबारे राम्रो ज्ञान थियो । ब्राम्हण परिवारको भए पनि उहाँ नै छुवाछुत र उच नीचजस्ता सामन्ती संस्कारविरुद्ध विद्रोह गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँको बालक मनमा स्वयंस्फूर्त रुपमा जातीय विभेद, छुवाछुत, उच नीच आदि सामन्ती संस्कारहरूविरुद्ध भावनाको बिजारोपण भएको थियो ।
नेपालका किसान नेता एवं जननेता भीमदत्त पन्त त्यसबेलाको नेपाली राजतन्त्रीय शाहतन्त्र र राणातन्त्रको कट्टर विरोधी हुनुहुन्थ्यो । त्यसैगरी, उहाँ ब्रिटिश साम्राज्यको पनि विरोधी हुनुहुन्थ्यो । भारतले ब्रिटिश साम्राज्य वा उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरे पछि पनि छिमेकी मुलुकहरूमाथि थिचोमिचो र हैकम चलाउने भारतको विस्त्तारवादी नीतिविरुद्ध विभिन्न गतिविधिमा लाग्नु भएको थियो । भीमदत्तले दिल्ली सम्झौताको विरोध गर्दै भन्नुभएको थियो– … नेपालमा प्रजातन्त्र आएकै छैन । शासन सत्ता राणाहरूको हातबाट शाहहरूको हातमा मात्रै गएको छ । …. त्यसैले नेपाली जनताले प्रजातन्त्रको लागि विद्रोह गर्नुपर्छ । …
२००७ सालदेखि नै भीमदत्त पन्त जन आन्दोलनमा लाग्नुभयो । आन्दोलनकै सिलसिलामा २००९ सालमा उहाँकै नेतृत्वमा कञ्चनपुरस्थित ब्रम्हदेवमा लुकाएर राखिएको नुनको गोदाम कब्जा भयो र गरीब जनतालाई बाँड्नुभयो । त्यसबेला उहाँ काङ्ग्रेस पन्त नामले प्रसिद्ध हुनुहुन्थ्यो । सामन्तवादको प्रत्यक्ष विरोध र शोषित पीडित भूमिहीन किसानलगायत दलित् जनजाति र श्रमिकहरूको पक्षमा उहाँले अगुुवाइ गर्नुभयो । यस सम्बन्धमा उहाँको वि.पि.हरूसँग मतभेद भएको थियो । उहाँ काङ्ग्रेस पार्टीबाट अल्लिगिनुभयो । त्यसपछि, उहाँले जय नेपाल भन्नुको सट्टा जय जनता भन्न थाल्नुभयो । यसबाट के थाहा पाउन सकिन्छ भने भीमदत्त नै नेपालको पश्चिमी भागमा किसान आन्दोलन चर्काउने नेता हुनुहुन्थ्यो । अर्को भाषामा भन्नु पर्दा उहाँ पनि नेपालमा सबैभन्दा पहिले आधुनिक किसान आन्दोलन चर्काउनेहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँले कम्युनिष्ट पार्टी स्थापना नगर्नु भए तापनि उहाँले गर्नुभएका आन्दोलनका गतिविधि र मागहरू माओको अगुवाइमा भएको चिनियाँ किसान आन्दोलनसँग धेरै कुरा मिल्न आउँछ । उहाँ माक्र्सवादी–लेनिनवादी साहित्य र माओ विचारधाराबाट निकै प्रभावित हुनुहुन्थ्यो । तत्कालीन एकमात्र पहिलो नेपाल कम्युनिष्ट पार्टीको संस्थापक अध्यक्ष का. पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ शहीद गंगालालको साखै भाइ हुनुहुन्थ्यो । त्यसबेलाको एकमात्र कम्युनिष्ट पार्टीले किसान आन्दोलनको सम्बन्धमा के कस्तो नीति लिएको थियो भन्ने सम्बन्धमा बुभ्mनुपर्ने देखिन्छ ।
इतिहासले के देखाउँछ भने भारतका विभिन्न स्थानहरूमा अध्ययनरत्त नेपाली युवा विद्यार्थीहरू भारतको स्वतन्त्रता आन्दोलनबाट प्रभावित भएका थिए । भारतमा उपनिवेश जमाउने बेलायती शासनको समर्थक नेपालको एकतन्त्रीय जहाँनिया निरंकुश राणातन्त्रविरुद्ध प्रजातान्त्रिक आन्दोलन र माक्र्सवादी–लेनिनवादी साम्यवादी सिद्धान्तको बिजारोपण भारतबाटै भएको थियो । त्यसैगरी, माओ विचारधाराको प्रचार प्रसार पनि भारतीय भूमिबाट नै भएको थियो । चीनबाट माक्र्सवाद–लेनिनवाद र चिनियाँ क्रान्तिको लहर नेपालमा प्रवेश गरेको थिएन ।
प. भोलनाथ पौडेलद्वारा लिखित भक्तपुरको राजकुलो भन्ने पुस्तकको डा. पुरुषोत्तमलोचन श्रेष्ठद्वारा सम्मतिमा नेपालको इतिहास पुनःलेखन गर्न वि.सं. २००९सालमा संशोधन मण्डलको स्थापना भएको कुरो उल्लेख भएको छ । त्यसमा नेपालकै अग्रज विद्वानहरूमा नयराज पन्त, धन बज्राचार्य, रामजी तेवारी, शङ्करमान राजवंशी, देवीप्रसाद भण्डारीलगायत भोलानाथ पौडेल पनि हुनुहुन्थ्यो । उक्त मण्डलले वैज्ञानिक रुपमा इतिहास लेखनको परम्परा बसाल्ने र त्यसलाई निरन्तर अघि बढाउने प्रयत्न ग¥यो । (भक्तपुरको राजकुलो, सम्मति पेज)
त्यस मण्डलले भीमसेन थापा राष्ट्रिय विभूति र १०४ वर्ष राणाकालीन कालरात्रिका नायक मात्र होइनन् साथै उनले एकतिहाइ मुलुक पनि हारेका थिए, जङ्गबहादुरले जसरी भए पनि नयाँ मुलुक हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जोडेका थिए भने भीमसेन थापा भन्दा जङ्गबहादुर कुनै कुरा पनि कम छैनन्, उनले भोटसँग सन्धि गरेर बुद्धि पु¥याएका थिए, लडाईं हारेपछि भने भीमसेन थापाले बाँकी रहेका मुलुकको बन्दोबस्त र सैन्य व्यवस्था तथा राज्य व्यवस्था बलियो बनाए, इतिहासकारहरूले यी दुईमा एउटालाई उच्च र अर्को नीच बनाएर हेर्नु गलत हो, माथवरसिंह थापा पछि जङ्गबहादुर नेपालका शासक भए, …. हाम्रा अर्का राष्ट्रिय विभूतिवीर बलभद्र आपूmलाई सुम्पिएकोे किल्ला हार्ने र विदेशी फौजमा जागीर खाने जाने मान्छे कसरी राष्ट्रिय विभूति भयो ? त्यो बेलामा पाँचवटा नाकाबाट अङ्ग्रेजहरूले नेपालमा आक्रमण गरेका थिए, क–कसले किल्ला जोगाए, ती किल्ला जोगाएर बस्नेको नामै छैन, अमरसिंह थापा र बलभद्रले पश्चिममा लडाईं हारे, उनीहरू राष्ट्रिय विभूति बने, … नेपाली जनताले अङ्ग्रेजद्वारा गरिएको तारीफ मात्रै देखे र उनीहरूलाई वीर र राष्ट्रिय विभूति बनाए, प्रकारान्तरले गोराहरूको चाकडी मात्र हो यो, अङ्ग्रेजसँग जो हा¥यो त्यो राष्ट्रिय विभूति बन्यो … आदि कुराहरू उल्लेख गरेको थियो ।
(भक्तपुरको राजकुलो, सम्पादकीयको इतिहासका नायक उपशिर्षक, पेज ४५, ४६ र ४७०) यसैगरी, राजा राजेन्द्र वीर विक्रम शाह र भीमसेन थापाको आलोचना गरिएको थियो । त्यसमा यथार्थ इतिहास अध्ययन अन्वेषणमा लाग्ने आजका नयाँ पुस्ताका लेखकहरू प्रत्यक्ष वा अप्रत्यक्षरुपले उनै अग्रज विद्वानहरूबाट प्रेरित छन् भनिएको थियो । (भक्तपुरको सम्मति, पेज)
इतिहासले बिर्सेको वा अघोषित रुपमा नेपालको इतिहासमा राख्न निषेध गरिएको वा राखेता पनि हो कि जस्तो गरेर दुई तीन वाक्यमा प्रथम शहीद लखन थापा, नेपाल किसान आन्दोलनका प्रणेता भीमदत्त पन्त, श्री ६ सरकार पदवी चलाउने भारतविरोधी प्रजातन्त्रवादी नेता कृष्णबहादुर कुँवरजस्ता नेताहरूको विषयमा उल्लेख गरिएको छ । आधुनिक नेपालका आदि जन नेताहरूको पनि जीवनी पुनःर्लेखनका लागि सोध–खोज वा अनुसन्धान गर्नुपर्ने देखिन्छ । त्यस संशोधन मण्डलबाट प्रेरणा पाएका नयाँ पिँठीका इतिहासकारहरूबाट यस पुनित कार्यको आशा गर्न सकिन्छ ।
यसै सिलसिलामा, सत्यतथ्य कुरा जनताको अगाडि पस्कने उद्देश्यले पश्चिका विद्यार्थीहरूबाट सोध–खोज गरी भीमदत्त पन्त भन्ने चलचित्र निर्माण भयो । ती विद्यार्थीहरू इतिहासबारे रुचि राख्ने गर्छन् । राजधानीलगायत नेपालका विभिन्न ठाउँहरूमा उक्त चलचित्र प्रदर्शन भयो । ती विद्यार्थीहरूले अति नै प्रशंसनीय कार्य गरेका हुन् ।
हुन त त्यस इतिहास संशोधन मण्डलले राणाको पक्ष लिने वा शाहको पक्ष लिने सामन्ती दरवारीया भातरदार र सेनानीहरूको मात्र उल्लेख ग¥यो । आधुनिक नेपालका प्रजातान्त्रीक आन्दोलन, किसान आन्दोलन, मजदुर आन्दोलन, कम्युनिष्ट आन्दोलन र त्यसका नेताहरूका आलोचनात्मक जीवनीहरू सम्वन्धमा पनि पुनःर्लेखन गर्ने संशोधन मण्डलभन्दा पनि आधुनिक नेपालका जनआन्दोलनहरूबारे निष्पक्ष र वैज्ञानिक इतिहास पुनःर्लेखन मण्डल राखिएमा अझ राम्रो हुँदो हो । हुनत विभिन्न पार्टीले आ–आप्mनो मात्र इतिहास लेख्ने, आपूm नै मूलधार भएको र अरु केही पनि होइन भनी लेख्ने गरेको पाइएको अवस्थामा त्यस्ता निष्पक्ष र वैज्ञानिक समूहको आवश्यक्ता थियो र छ । त्यस्तो समूहको अभावमा नेपालको आधुनिक इतिहाससम्बन्धी काङ्ग्रेसको प्रजातान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलन अनि काङ्ग्रेस र कम्युनिष्ट मिलेर गरेका पञ्चायत विरोधी विभिन्न प्रजातान्त्रिक आन्दोलनहरू बारे इतिहासका विद्यार्थीहरू र इतिहासमा रुची राख्नेहरू अन्यौलमा छन् ।
२०७२ साल साउन ३० गते शनिबारको राष्ट्रिय दैनिक गोरखापत्रमा डा. पद्मराज कलौनीले लेख्नुभएको जीवनी किसानका हिमायती भिमदत्तबाट पनि उहाँको विषयमा मुख्य मुख्य कुराहरू सिक्न मदत्त पुग्छ । यसको लागि पद्मराज कलौनी जीलाई इतिहास प्रति जिज्ञासा राख्ने पाठक, इतिहासविद् र नेपालबारे पिर लिनेहरूको तर्फबाट हार्दिक आभार प्रकट गरिन्छ । भीमदत्त पन्तको जीवनीमा के कुरो उल्लेख गरिएको थियो भने उहाँले दलित मगर र थारुहरूबीच सङ्गठन बनाउनुभयो र तिनीहरूबाटै मुक्ति सेवा नामको सेना गठन गर्नुभयो र तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सरकारले भीमदत्त पन्तको अगुवाइमा चर्केको किसान आन्दोलन, सङ्घर्ष र विद्रोहलाई निर्ममतापूर्वक दबाउन भारतीय सरकासित सैनिक सहायता माग्न दिल्ली गएका थिए । यसबाट के सहजै अनुमान गर्न सकिन्छ भने त्यस किसान आन्दोलन, सङ्घर्ष र विद्रोहलाई दबाउन नेपालका राजा महेन्द्र (सामन्ती पक्ष), नेपाली काङ्ग्रेस (पँुजीवादी पक्ष) र जवाहरलाल नेहरूको भारतीय सरकार (भारतीय विस्तारवाद) मिलेका थिए । वि.सं. २०११ साल साउन १७ गते भारतीय सेना र नेपाली सेना मिलेर डडेल्धुरा जिल्लाको गाविस अतिलाल र डोटी छतिवन गाविसको सिमानामा पर्ने क्षेत्रको गल्लेख भन्ने ठाउँमा घेरा हाले । उहाँकै मित लालबहादुर थापाले उहाँ भात खाइरहनु हुँदा उहाँको हत्या ग¥यो ।
शाहतन्त्र र राणातन्त्रको सुरु र मध्यको बेलामा जनस्तरको इतिहास सोध (खोज वा लेख्न दिइँदैनथ्यो । त्यस्तो गर्नेहरूलाई कडा भन्दा कडा सजायँ दिइन्थ्यो । हुनत त्यसबेला जन (आन्दोलनको जग निर्माणको लागि पृष्ठभूमि नै तयार भएको थिएन ।
अब त कयौं नेपाली सपूतहरूको बलिदानबाट लोकतन्त्र र सङ्घीय गणतन्त्र आइसकेको छ । जनताको इतिहास विषयमा सोध–खोज गर्न र लेख्न स्वतन्त्रता छ । यस्तो अवसरको सदुपयोग हुनुपर्ने देखिन्छ । हुनतस त्यहीं कुरो एउटा पक्षको लागि सत्य हुनसक्छ भने अर्को पक्षको लागि असत्य हुनसक्छ वा एउटालाई राम्रो भएको कुरो अर्कोलाई नराम्रो हुनसक्छ । एक प्रतिशत वा केही प्रतिशतको विरुद्ध शोषण, दमन र अन्यायमा परेका उन्नान्सय प्रतिशत वा अत्यधिक बहुमत जनताको पक्ष लिनुपर्ने देखिन्छ ।
अरु पार्टीको इतिहास लेख्न जरुरत छैन । आ–आप्mनो इतिहास आ–आपूmले नै लेख्छ । विभिन्न पार्टीहरूले आ–आप्mनो ढङ्गले आपूm मात्रै सही भएको पनि इतिहासहरू लेख्ने गर्छन् । यसो हुनाले को ठीक र को बेठिक छुट्याउन पाठक र जिज्ञासुहरू अल्मलिएको अवस्थामा छन् । कुनै पनि पार्टीले आपूmलाई जे जस्तो भने तापनि स्वतन्त्र इतिहासकारहरूले वैज्ञानिकढङ्गबाट निष्पक्ष भई यथार्थ मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । यसै सिलसिलाअन्तर्गत फलाना फलाना पार्टी यो यो आधारमा यस्ता यस्ता हुन् भनी उल्लेख गर्नुपर्ने देखिन्छ । यसो भएपछि, यथार्थ कुरा थाहा पाउने कार्यमा व्यापक पाठक र जिज्ञासुहरूलाई सघाउ पुग्ने देखिन्छ । कोही पनि कुनै एउटा पार्टीको एकोहोरो प्रचारबाजीको शिकार हुने छैन । यो यो आधारमा यो यो पार्टी ठीक वा बेठिक भनी छुट्याउन बल पुग्ने देखिन्छ । त्यसो भएपछि, ठीक वा बेठिक नछुट्याइकन अनि थाहै नहुनेगरी शक्तिको पछि लाग्ने प्रवृतिहरूमा कमी आउन मदत्त पुग्ने देखिन्छ । यसैगरी, आलोचनात्मक दृष्टिकोण विकास गराउनुमा योगदान पुग्नेछ । सैद्धान्तिक र नैतिक रुपमा सही स–साना पार्टीहरूलाई अघि बढ्न, व्यापक मजदुर (किसान, विद्यार्थी युवा, श्रमजीवीहरूको सेवा गर्न वा तत्काललाई सशक्त ढङ्गले दबाबकारी भूमिका निभाउने कार्यमा अलिकति भएपनि टेवा पुग्ने देखिन्छ ।
भीमदत्त पन्तले बाहुनहरूको मनलाई परिवर्तन नगरी भौतिक कार्यबाही र हतियारको आधारमा जबरजजस्ती दलितहरूले पकाएको र दलितहरूसँगै राखेर खाना ख्वाउन लगाउने कामले गर्दा बाहुनहरूको बहुमत्त र तिनीहरूको प्रभावमा रहेका अन्य जातिहरू उहाँको विरोधमा गएको हुनसक्थ्यो ।
भीमदत्त पन्तले आन्तरिक र बाह् परिस्थितिको सही मूल्याङ्कन नै नगरी हतारिएर क्रान्ति गर्न खोज्दा पराजय भोग्नुपरेको हुनसक्थ्यो ।
भीमदत्त पन्तका कार्यहरू व्यापक जनताको हीत र कल्याण गर्ने र उहाँ महान् क्रान्तिकारी भए तापनि यी कमी कमजोरीलाई हटाउनुपर्ने देखिन्छ ।
२०७२ फागुण १९ गते नेपाल सरकारले भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो ।
Leave a Reply