भर्खरै :

संरा अमेरिकाको संरक्षणवादविरुद्ध ब्रिक्स

 हौसला
दक्षिण अफ्रिका जोहनेसवर्ग (Johannesburg) मा सम्पन्न १० औं ब्रिक्स BRICS( ब्राजिल, रुस, भारत, चीन, र दक्षिण अफ्रिका) सम्मेलनले विकासशील विश्व, उदीयमान अर्थतन्त्र र केही विकसित अर्थतन्त्रमाथि संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले थोपरेको व्यापार संरक्षणवादी नीतिको भत्र्सना गरेको छ । २२ वटा उदीयमान र विकासशील देशहरूका नेतृत्वकर्ताहरूलाई आमन्त्रण गरिएको उक्त सम्मेलनमा १९ जना अफ्रिकाबाट मात्र थिए । उक्त सम्मेलनले ट्रम्प प्रशासनले आयातमा लादेको कर गलत भएको जनायो ।
संरा अमेरिकाले आप्mनो ‘अमेरिका पहिलो’ रणनीतिलाई अघि बढाउन विभिन्न अर्र्थतन्त्रमाथि प्रहार गरेको र विशेषतः चिनियाँ वस्तुहरूको आयातमा उच्च कर थोपरेको हो भन्ने पुष्टि समयक्रमले गर्दैछ । केही अर्थतन्त्रहरू जस्तै चीन, रुस र भारतले परिस्थितिअनुुसार संरा अमेरिकी वस्तुहरूको आयातमा प्रतिकारको लागि थप कर लगाउन बाध्य भएको जनाइयो ।
ब्राजिल भने संरा अमेरिकाले स्टिलजन्य उत्पादनमा गरेको करवृद्धिबाट चिन्तित देखिन्छ । हाल ब्राजिलका किसानहरू कृषिजन्य उत्पादनको चीनमा निर्यात वृद्धि गर्न पाएर अत्यन्त लाभान्वित देखिन्छन् ।
संरा अमेरिकाको बजारमा थुप्रै दक्षिण अफ्रिकी कम्पनीहरू मार्फत स्टिलजन्य उत्पादनहरू निर्यात हुने गरेको छ । जसमध्ये अरसेलोमिटल (Arcelomital) दक्षिण अफ्रिका र हुलामिन(Hulamin) इन्टरप्राइजेज् संरा अमेरिकाको कर वृद्धिबाट सबैभन्दा बढी चिन्तित देखिन्छन् । अरसेलोमिटल दक्षिण अफ्रिका विश्वकै एक बलियो स्टिल र खानीसँग सम्बन्धित कम्पनी हो भने हुलामिन इन्टरप्राइजेज् इलोन मस्कस् तेस्ला भेइकल्स् (Elon Musk’s Tesla Vehicles) का लागि आल्मुनियम निर्यात र पूर्ति गर्ने कम्पनी हो ।
संरा अमेरिकाको यो करनीति र सम्बन्धित देशहरूले संरा अमेरिकामाथि देखाएको ‘जस्तालाई तस्तै’ को नीतिले सन् २०२० सम्ममा विश्व अर्थतन्त्रको वृद्धिलाई ०.५ प्रतिशतले पछाडि धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) ले दिएको छ । तर ट्रम्प प्रशासनले आइएमएफको उक्त चेतावनीलाई उपेक्षा गरेको देखिन्छ ।
यद्यपि अमेरिकाको सो करनीतिका कारण ब्रिक्सका सदस्य देशहरूलाई एक अर्काको नजिक भने ल्याएको छ । यही कारण उदीयमान अर्थतन्त्र र विकासशील अर्थतन्त्रबीचको एकतालाई सम्भव तुल्याएको छ । कालो बादल वरिपरी चाँदीको घेरा भनेको यही हो । ब्रिक्स सम्मेलनमा अभिव्यक्त सम्पूर्ण भनाइहरू यसका प्रमाण हुन् ।
ट्रम्पको व्यापारनीतिले ब्रिक्सलाई छिटोभन्दा छिटो अन्य उदीयमान र विकासोन्मुख अर्थतन्त्रसँग गहिरोरुपमा जोड्न नयाँ सहायक गतिशील विविधता थप्न र बलियो एकीकरण गर्न महत्वपूर्ण मञ्च खडा गरिदिएको छ । ब्रिक्सका पाँच सदस्य देशहरूको समूहले तत्कालै अन्तर–ब्रिक्स व्यापार बढाउने र एक–अर्काबीच न्यून कर कायम गर्ने निर्णय गरेको छ । किनभने ती ५ देशहरूसँग व्यापार खुला हुनुपर्छ भन्ने सामूहिक मान्यता र चाहना छ ।
ब्रिक्सका सदस्य देशहरूले वित्तीय, व्यापार, कृषि, संस्कृति, विज्ञान, सुरक्षा र शैक्षिक क्षेत्रहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेको यथार्थ हो । ब्रिक्स नयाँ विकास बैङ्क (BRICS New Development Bank) र व्यवसाय मञ्च (Business forum),, यी दुईको स्थापनालाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइन्छ । ब्रिक्स सदस्य देशहरूले वित्तीय एकीकरण, स्थिरता र लगानी सहजीकरणका लागि जोड दिने कुरा पहिले नै छलफल गरिसकेको हो । कारोवारको बन्दोबस्त र कुनैपनि देशको सम्बन्धित केन्द्रीय बैङ्कहरूको जनादेश अनुरुप स्थानीय मुद्राबाटै प्रत्यक्ष लगानी गर्नका लागि ब्रिक्सले सहजकर्ताको भूमिका निर्वाह गर्दै जानेछ ।
ब्रिक्सको भर्खरै सम्पन्न सम्मेलनले ‘ब्रिक्स लगानी सहजीकरण’ संयन्त्र निर्माणको विषयलाई जोड दिएर छलफल गरेको छ । उक्त संयन्त्रको मुख्य उद्देश्य भन्नु नै ब्रिक्स सदस्य देशहरूमा सहज ढङ्गबाट लगानी वृद्धि गर्दै विकासको बाटो फराकिलो बनाउँदै लानु हो । ब्रिक्स देशहरूको छिटो विकासले दक्षिण अफ्रिका अर्थात बृहत् अफ्रिकाको व्यापार र लगानीको पनि वृद्धि हुने देखिन्छ । ब्रिक्स सदस्यहरूमध्ये चीन र भारतले मात्र विश्व जनसङ्ख्याको ४० प्रतिशतभन्दा बढी भाग ओगट्छ । यी दुई देशहरूले विश्वकै उदीयमान अर्थतन्त्रको प्रतिनिधित्व गर्नुका साथै विश्व व्यापारलाई नयाँ आकार दिने सामथ्र्यसमेत राख्दछ ।
‘अफ्रिकामा ब्रिक्सः समावेशी वृद्धिका लागि सहकार्य एवम् सहयोग र चौथो औद्योगिक क्रान्तिमा साझा समृद्धि’ नै जोहनेसवर्ग (Johannesburg) मा सम्पन्न सम्मेलनको मूल नारा हो । यसले ब्रिक्स अब आउने पुस्तामा विकासको नेतृत्व गर्न प्रतिबद्ध रहेको छर्लङ्ग्याउँछ । चौथो औद्योगिक क्रान्तिको तयारीमा सक्रियतापूर्वक जुट्ने र यो सँग जोडेर नीतिहरू बनाउनका लागि भारत उत्सुक रहेको बताइएको छ ।
त्यो बाहेक पनि जोहनेसवर्ग सम्मेलनले विभिन्न किनाराका विषयहरूमा पनि छलफल र विचारविमर्श गर्न आवश्यक वातावरण तयार ग¥यो । जोहनेस्वर्ग सम्मेलनकै सेरोफेरो, जुलाई २६ का दिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रिसेप टायीप इर्दोगन (Recep Tayip Erdogan) सँग भेट गरी दुई देशको व्यापार र अन्य विषयहरूमा छलफल गरेका थिए ।
सोही अवसरमा चीन र भारतबीच व्यापारका मुद्दाहरू मात्र नभई संरा अमेरिकाको गैरकानुनी कर वृद्धि र व्यापार प्रतिबन्ध अन्त्यका विषयमा पनि विस्तृत छलफल भयो । साँचो अर्थमा दुवै देशहरूले विश्व व्यापार संगठनको रुपरेखा र नियमहरूको रक्षार्थ उभिने वाचा समेत गरे ।
आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयवाद (Multilateralism) को विश्व ढाँचाविरुद्ध ट्रम्पले उछालेको संरक्षणवाद र एकपक्षीयवाद (Unilateralism) ले अन्तर्राष्ट्रिय सम्झौताहरूको भाग्यलाई नै संरा अमेरिकाले आप्mनो कब्जा अर्थात नियन्त्रणमा लिन खोजेको देखियो । यस्तो परिस्थितिमा ब्रिक्स नै एउटा महत्वपूर्ण सङ्गठन हो जसले संरक्षणवादको खुलेर विरोध गर्नुका साथै विश्वव्यापीकरण र खुला व्यापारका लागि भूमिका निर्वाह गरिरहेको छ । ब्रिक्स वास्तवमै संरा अमेरिकाको एकपक्षीयवादको विरुद्ध उभिने सबैभन्दा सक्षम शक्ति बनेर उदाएको छ र यो सिद्धान्तमा मात्र सीमित छैन व्यवहारमा पनि लागू भइरहेको छ ।
– चाइना दैनिक, जुलाई १८, २०१८
China Daily, July 18, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *