भर्खरै :

‘श्रमिक’ साप्ताहिकको अध्ययन गोष्ठी

कीर्तिपुर, २५ असोज । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिले प्रत्येक मङ्गलबार ‘श्रमिक’ साप्ताहिक अध्ययन गर्ने निर्णय गरेअनुसार मङ्गलबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
पार्टीका सदस्य र वर्गीय सङ्गठनका सदस्यबीच कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित सहिद स्मृति वाचनालयको भवनमा अड्ढ ३७ मा प्रकाशित लेख–रचनाबारे अध्ययन गोष्ठी भयो ।
गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले विभिन्न लेखरचनाबारे टिप्पणी गर्दै कम्युनिष्ट र मजदुर आन्दोलनभित्रको पँुजीवादी विचार नै संशोधनवाद भएको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद र अवसरवाद पुँजीवादी विचार भएको प्रस्ट पार्दै क्रान्तिको मुख्य हितलाई छोडेर स–साना र अल्पकालीन हितलाई स्वीकार्ने दृष्टिकोण र क्रान्तिको परिपक्व परिस्थिति तयार नहुँदै उहाँले क्रान्तिको आह्वान गर्नु माक्र्सवादी, लेनिनवादीविरोधी भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनले अन्तर्राष्ट्रिय लेखबारे आफ्नो अध्ययनको सार प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विश्वअमर महर्जन, मधुकर श्रेष्ठ, मजदुर सङ्घका विकास महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *