भर्खरै :

व्यापार संरक्षणवादविरुद्ध उठेको आवाज

हौसला
संरा अमेरिका–चीन सिङ्गापुर वार्ता
संरा अमेरिका र चीनबीचको व्यापार युद्धले निश्चितरुपमा दुई देशलाई हारको संघारमा पु¥याउनेछ । संसारको शान्ति खल्बलिनेछ, स्थिरता र स्थायित्व भत्किनेछ, विकास रोकिनेछ । परराष्ट्रमन्त्री वाङ यी (Wang Yi) ले संरा अमेरिकी राज्य सचिव माइक पोम्पिओ (Mike Pompeo) सँगको कुराकानीको क्रममा व्यक्त विचार हो यो । सिङ्गापुरमा सम्पन्न आसियान (ASEAN) देशका परराष्ट्रमन्त्रीहरूको वार्षिक सम्मेलनमा दुई उच्चपदस्थ कूटनीतिज्ञहरूको भेट भएको थियो । उक्त सम्मेलनमा दुईदेशीय व्यापार सङ्घर्षका विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो ।
संरा अमेरिकी सचिव पोम्पिओ स्वयम् नै चीनले अडान लिएको आपसी समानता र आपसी सम्मानको विषयलाई स्वीकार गर्न तयार भए । साथै व्यापार सङ्घर्ष यसरी अघि बढ्छ भन्ने अपेक्षा नराखेको पोम्पिओले बताउनुभयो ।
वाङले प्रस्ट भन्नुभयो– ‘‘संरा अमेरिका र चीनबीचको सम्बन्ध अत्यन्त संवेदनशील चरणमा छ । साझा आवश्यकता र अपेक्षा पूर्ति गर्न अन्तर्राष्ट्रिय समुदायको लागि चीन र अमेरिकाबीचको सम्बन्ध आपसी समझदारीमा आधारित हुनुपर्नेमा चीन सधंै जोड दिन्छ ।’’
यी दुई देशहरू संयुुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् र विश्वकै ठूलो अर्थतन्त्रका रुपमा उभिएका छन् । चीन– संरा अमेरिकी सम्बन्धको मार्ग दुई देशहरूलगायत विश्वका जनताको जीवनस्तर उठाउनेसँग जोडिएको छ । त्यसकारण दुवै पक्ष आपसी सम्मान र समानताको आधारमा अघि बढ्न आवश्यक देखिन्छ । दुईपक्षीय असमानतालाई समाधानको बाटोतर्पm लान चीन र संरा अमेरिकाबीचको सम्बन्धलाई लचिलो र बलियो बनाउँदै सही दिशामा अघि बढाउन व्यवस्थित वार्ता र परामर्शको आवश्यकताबोध गरिएको छ ।
पोम्पिओले चीनको व्यापारको निम्ति बाधा संरा अमेरिका बाधक नबने र सफलताको निम्ति दुई देशबीच प्रगाढ सम्बन्ध आवश्यक भएको बताउनुभयो । उहाँले संरा अमेरिकाले ‘एक चीन नीति’ को पनि समर्थनमा सभामा अभिव्यक्ति राख्नुभएको थियो । दुबै पक्षको बलियो सहभागिता र बलले नै सञ्चार र समझदारीको क्षेत्र उन्नत बनाउन सकिने विचार राख्दै कोरियाली प्रायःद्वीपका आणविक मुद्दाहरूका लागि पनि अमेरिकालाई चीनको सहकार्य चाहिने कुरा उल्लेख छ ।
चिनियाँ परराष्ट्रमन्त्रीले प्रजग कोरियाली परराष्ट्रमन्त्री री योङ्हो (Ri Yongho) सँगको भेटमा भन्नुभयो – ‘‘संरा अमेरिका र प्रजग कोरियाको सम्बन्ध बलियो बनाउन कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणको पाइलालाई चीनले समर्थन ग¥यो । प्रजग कोरिया सही दिशामा प्रतिबद्ध रहनेमा चीन विश्वस्त छ साथै संरा अमेरिकाले प्रजग कोरियामाथि अपमान गर्ने छैन भन्नेमा पनि विश्वास छ ।’
चीन र प्रजग कोरियाबीचको सम्बन्धका लागि चीनले राजनीतिक सञ्चार, आदानप्रदान र प्रजग कोरियाको आर्थिक जनजीवन उकास्न सहयोग प्रदान गर्न प्रतिबद्धता जनायो ।
लाङकाङ (मेकोङ) नदीमा तटबन्ध निर्माणबारे
चीनले माथिल्लो लाङकाङ (Lancang), मेकोङ (Mekong) नदीमा तटबन्ध निर्माण गरिरहेको छ । उक्त तटबन्धले तल्लो मेकोङ देशहरूमा हानिकारक असर पर्ने संरा अमेरिकी प्रशासनले दाबी ग¥यो तर चीनले त्यसलाई अस्वीकार ग¥यो ।
संरा अमेरिकी प्रशासनले गरेका त्यस्ता टिप्पणीहरू निराधार भएको र त्यसरी आलोचना गर्नु पछाडि भित्री मनसाय अर्कै हुनसक्ने भनी परराष्ट्रमन्त्रीका प्रवक्ता जेङ सुयङ (Geng Shuang) ले एक पत्रकार भेटघाटमा बताउनुभयो ।
मेकोङको मुहान अर्थात् प्रस्थानविन्दु चीन हो जसको प्रभाव खोला किनारका स्रोतहरूमा पर्छ । त्यसकारण वरपर जोडिएका देशहरूले असर न्यूनीकरणको व्यवस्था मिलाउनुपर्ने भनी संरा अमेरिकी राज्य विभागीय वरिष्ठ प्रशासकहरूले सञ्चारमाध्यमलाई बताए ।
जेङ भन्छन् – ‘‘चीनले सदैव मेकङ देशहरूको विषयमा अत्यन्त संवेदनशील भई चासो राख्दै आएको छ । ती देशहरूको महत्व र आवश्यकताबारे चीन जानकार छ । त्यसकारण ती देशहरूसँग चीनले नजिकको र बलियो सम्बन्ध र समझदारी कायम गरेको छ । जलविज्ञान सूचना आदानप्रदानसँगै जल सहकार्यका लागि चीन प्रतिबद्ध रहँदै आएको छ ।’
जेङकै अनुुसार अबको १५ वर्षमा ती देशहरूमा लाङकाङ नदीमार्फत बाढीको मौसमले पार्ने सम्भावित असरको बारेमा जलविज्ञानको तथ्याङ्क नै चीनले प्रस्तुत गरिसकेको छ । ‘खोलातिरका देशहरूले चीनको यो हार्दिकतापूर्ण सहयोगलाई प्रशंसा गर्दै स्वागत गरेका छन्’ – जेङले भने ।
सिङ्गापुरमा सम्पन्न दक्षिणपूर्वी एसियाली देशहरूको मन्त्रीस्तरीय वार्षिक बृहत् सभामा उक्त विषयमा चर्चा भएको हो । तल्लो मेकोङ पहलकदमी शीर्षकको कार्यक्रममा संरा अमेरिकी राज्य सचिव माइक पोम्पिओले चीनमाथि उक्त टिप्पणी गरेको बताएको छ । चीनका परराष्ट्रमन्त्रीका प्रवक्ताले प्रस्ट बताए– ‘‘उपक्षेत्रीय विकास र सहकार्यमा बाहिरी क्षेत्रका देशहरू पनि सहभागी भएको देख्दा पेकिङ अत्यन्त हर्षित छ ।’’ पाँचवटा देशहरू म्यानमार, कम्बोडिया, लावोस, थाइल्याण्ड र भियतनाम जोडेर संंरा अमेरिकाले ‘तल्लो मेकोङ पहलकदमी’ खडा गरेको छ ।
जेङ जोड दिंदै भन्नुहुन्छ, “हामी आशा गरौं मेकोङ क्षेत्रभित्र नपर्ने बाहिरी देशहरूले पनि उपक्षेत्रीय देशहरूको विकास र उन्नयनका लागि रचनात्मक सहयोग र भूमिका निर्वाह गर्नेछन् । बाहिरी देशहरूको यस्तो चासोले विखण्डन र बाधा सृजना नगरोस् ।”
बेइजिङले संरक्षणवाद र सैन्यीकरणको चेतावनी दिएको छ ।
बढ्दो संरक्षणवादी विचार र सैन्यीकरणको उक्साइ नै बाहिरी शक्तिले पूर्वी एसियामा थोपरेको मुख्य नकारात्मक प्रभाव र महामारी हो भन्दै चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले चेतावनी दिनुभयो ।
बाहिरी क्षेत्रका असम्बन्धित देशहरू मुख्यतः संयुक्त राज्य अमेरिकाले निरन्तर ठूल्ठूला रणनीतिक हतियारहरूमार्फत विभिन्न क्षेत्रहरूमा दख्खल दिइरहेको जनाइएको छ । विशेषतः दक्षिण चीन सागरमा संरा अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको तथ्य सिङ्गापुरमा आयोजित पत्रकार भेटघाटमा वाङले बताउनुभयो ।
संरा अमेरिकाको यस्तो व्यवहारले चीनलगायत सो क्षेत्रका देशहरूमाथि सुरक्षाको खतरा महसुस गरिइँदै छ । उक्त क्षेत्रको विशाल सैन्यशक्तिका रुपमा संरा अमेरिका अघिल्तिर उभिएको छ । उक्त विचार वाङले दक्षिणपूर्वी एसियाली राष्ट्रका परराष्ट्र मन्त्रीहरूको सङ्घको कार्यक्रमको सिलसिलामा व्यक्त गर्नुभएको हो ।
सिङ्गापुर बैठकको अन्तिम दिन संरा अमेरिकी राज्य सचिव पोम्पिओले दक्षिण चीन सागरमा चीनको सैन्य परिचालनका सवालमा चासो भएको पत्रकारसँग बताउनुभयो ।
तथापि आसियान देश र चीनका परराष्ट्रमन्त्रीहरूको उक्त बृहत् सम्मेलनले २०१८ सम्ममा चीनको ‘आसियान–चीन सामुद्रिक पहल’ लाई स्वागतसँगै अझ आसियान र चीनको छिमेकी देशहरूमा थुप्रै प्रयासहरू चीनले थाल्ने सम्मेलनले विश्वास लिएको छ ।
दक्षिण चीन सागरको क्षेत्रीय, शान्ति, स्थायित्व र प्रगतिको विषयमा चीन र आसियान देशहरूको पहलहरूलाई बेवास्ता गरिनु अत्यन्त अपमानजनक र गैरजिम्मेवारीपूर्ण हुनेछ – वाङले बताउनुभयो ।
जति पनि सैन्य धम्की र दबाब यतिबेला चीनलाई आइरहेको छ, अन्तर्राष्ट्रिय कानुनले दिएसम्म चीनले प्रतिरक्षाका लागि अभ्यासहरू थाल्ने अधिकार राख्छ ।’– वाङले जोड दिनुभयो । आत्मरक्षा गर्न र प्रतिकारका लागि तयार रहनुलाई सैन्यीकरणको रुपमा व्याख्या गरिन्छ भने त्यो सत्यलाई नै विकृत बनाई बङ्ग्याइएको ठहर हुनेछ – वाङले थप्नुभयो ।
पोम्पिओले संरा अमेरिका सहकार्य चाहन्छ, प्रभुत्व होइन भनी दिएको अभिव्यक्तिमा वाङले प्रतिक्रियास्वरुप भन्नुभयो – ‘संरा अमेरिकाले अहिलेसम्म अन्य साझेदार देशहरूलाई माथि उकासेको तथ्य दुर्लभ छ । आशा गरौं, अमेरिकाले आफ्नो वचन कायम गर्नेछ ।’
दशवटा दक्षिणपूर्वी एसियाली देशहरूलगायत चीन, जापान र जनगणतन्त्र कोरियाका परराष्ट्र मन्त्रीहरूको सो सम्मेलन क्षेत्रीय विकास र व्यापक आर्थिक विकासका लागि व्यापार साझेदारीलाई दु्रतत्तर ढङ्गमा अघि बढाउन तयार छ ।
वरिष्ठ कूटनीतिज्ञहरूले सम्मेलनमा खुला व्यापारको पक्षमा, संरक्षणवादको विरुद्धमा आफ्ना धारणा राखे । साथै ‘पूर्वी एसिया आर्थिक समाज’ निर्माणका लागि प्रस्तावसमेत राखे ।
चाइना दैनिक, अगस्ट ४,५ र ६, सन् २०१८
China Daily August 4,5 & 6, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *