यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
तारा न्यौपाने, धुलिखेल
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १२ औं राष्ट्रिय सम्मेलन विशेषाड्ढको रुपमा प्रकाशित विद्यार्थी बुलेटिन सम्पूर्ण विद्यार्थीहरूका निम्ति उपयोगी दस्तावेज हो ।
यो वर्ष कार्ल माक्र्सको द्विसतवार्षिकी भएकाले पनि माक्र्सवादी साहित्य, माक्र्सले लेखेका दर्शन उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छन् । कार्ल माक्र्स पत्रकार, दार्शनिक, अर्थशास्त्री र वैज्ञानिक समाजशास्त्रीका रुपमा पनि चिनिनुहुन्छ । विद्यार्थी बुलेटिनमा प्रकाशित कार्ल माक्र्ससम्बन्धी लेखरचनाले विचारको राजनीतिमा वामे सर्दै गरेका विद्यार्थीको निम्ति खँदिलो खुराक बनेको छ ।
बुलेटिनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको सान्दर्भिक अन्तर्वार्ता विशेषतः युवा विद्यार्थीप्रति केन्द्रित छ । राजनीतिक सचेतना नभएको पुँजीवादी समाजमा नवउदारवाद हावी हुनु नौलो कुरा होइन । नेपालमा कम्युनिष्ट पार्टीको नाममा बनेका नेकपाजस्ता पुँजीवादी पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनमा जनतामा भ्रम फैलाउने कार्य गरिरहेका छन् । संशोधनवादलाई मलजल गर्दैछन् । झूठा आश्वासन दिएर जनताको आँखामा छारो हाल्न र नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा फैलाउने होडवाजीमा जुटिरहेका छन् । देशमा हत्या, हिंसा, बलात्कारीहरू बढ्दै छन् । तर २१ औं शताब्दी अन्ततः समाजवादको युग हुुनेछ । त्यसैले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहित भन्नुहुन्छ “कम्युनिष्टहरूले साम्राज्यवादसँग आत्मसमर्पण गर्दैनन् ।” यसका लागि आजको युवा पुस्ता राजनैतिक चेतना हुनु जरुरी छ । आजको युवा पुस्तालाई का. रोहितसँगको अन्तर्वार्तामा उहाँले भन्नुभएको छ ‘देशको भविष्य नै नयाँ पुस्ताको हातमा पुग्ने हुँदा संसारका विभिन्न देशको जानकारी, विज्ञान, इतिहास र अर्थशास्त्रहरूको अध्ययन तथा साहित्य र विधिशास्त्रमा समेत दख्खल राख्नु भोलिको निम्ति अत्यन्त उपयोगी हुनेछ ।’
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १२ औ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा व्यक्त शुभकामना मन्तव्यहरू, लेखहरू र सम्मेलनका दस्तावेजहरू समावेश गरी प्रकाशित बुलेटिनले मूलतः सम्मेलनमा तय गरिएको ‘माक्र्सवादी साहित्यको अध्ययन गरौ । नवउदारवादको विरोध गरांै !’ भन्ने नारालाई सार्थकता दिएको छ ।
बुलेटिनमा विशेषतः माक्र्सका सैद्धान्तिक योगदानमाथि चर्चा गरिएको छ । माक्र्सवादी सिद्धान्तअनुसार समाजवादको लहर विश्वभर नै उठ्दो छ । त्यसैले त ‘माक्र्सवादी साहित्यको अध्ययन गरौं’ भन्ने शीर्षकको लेखमा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले माक्र्सवादबारे बुझ्नैपर्ने तीन आधारहरू द्वन्द्वात्मक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र वर्ग सङ्घर्षबारे प्रष्ट्याउनुभएको छ । समसामयिक नेपालको राजनीति अवस्थालाई जोड्दै ख्याजु आफ्नो लेखमा लेख्नुहुन्छ ‘नेकपा नेपालको कम्युनिष्ट आन्दोलनको पाङ्ग्रालाई पछाडि फर्काउने षड्यन्त्रमा छ । मजदुर र किसान वर्गलाई अझै केही समय भुलभुलैयामा पार्न खोज्दैछ ।’ नेपाल मजदुर किसान पार्टी कम्युनिष्ट आन्दोलनमा संशोधनवादको विरोधमा जनतालाई सचेत गराउन लागिपरेको छ । यस अवस्थामा माक्र्सवादी साहित्यको अध्ययनलाई जोड दिनुपर्ने र नवउदारवादको झन् शसक्त रुपमा विरोध गर्नुपर्ने आवश्यकता देखिएको छ ।
अहिले नेपालको शिक्षा प्रणाली नवउदारवादको छायाँमा परेको छ । देशको लागि आवश्यक जुनैखाले जनशक्ति देशले नै उत्पादन गर्नुपर्नेमा नेपालको शिक्षा बहुराष्ट्रिय कम्पनीहरूको निम्ति सस्तो ज्यामी उत्पादन गर्ने थलो भएको छ । नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङले आफ्नो लेखमा विश्व बैड्ढ, अन्तर्राष्ट्रिय मुद्राकोष र बहुराष्ट्रिय कम्पनीहरू साम्राज्यवादी देशहरूका नवउदारवादी ज्यावलहरू भएकाले गरिब तथा विकासोन्मुख राष्ट्रहरूलाई ऋण दिने बहानामा सर्तहरू पालना गर्न लगाउने र यसले गर्दा रोजगारमूलक उद्योगहरूमा लगानी कम हुने, सार्वजनिक संस्थाहरू निजीकरणको व्यापकता हुने तथ्यलाई औंल्याउनुभएको छ । नवउदारवादी शैक्षिक प्रणालीले नवउदारवादी अर्थ प्रणालीलाई आवश्यक भएको मात्र श्रमशक्ति उत्पादन गर्दछ । हरेक वस्तुलाई नाफाको रुपमा लिने नवउदारवादी पँुजीवादी व्यवस्थाले अहिले शिक्षालाई पनि नाफाको वस्तुको रुपमा विकास गरेको छ । त्यसकारण सम्पूर्ण कामदार वर्गका जनता एकजुट भएर नवउदारवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गर्न जरुरी भएको छ ।
नेकपाका अध्यक्षहरूलाई खुलापत्रमा लेखकले विभिन्न समयमा नेकपा सम्हाल्दै हाएका नेकपाका अध्यक्षहरूलाई कम्युनिष्टको औचित्यलाई जोगाउन र आफ्नो कर्तव्यलाई बुझ्न आग्रह गर्नुभएको छ । पत्रमा सरकारमा जानुको अर्थ सकारात्मक परिणाम ल्याउनलाई हो भन्ने सन्देश प्रवाह गरेको देखिन्छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १२ औं राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रतिवेदन, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरूलगायतका दस्तावेज, विभिन्न वक्तव्यहरू र सम्मेलनका झलकहरू समावेश गरिएको यो बुलेटिनले माक्र्सवादी साहित्यको अध्ययन, छलफल र प्रचारप्रसारलाई अझ व्यापक बढाउन मद्दत पु¥याउने छ ।
Leave a Reply