भर्खरै :

अफ्रिकासँगको साझा भविष्यतिर

चेङ आइपिङ
२०१३ को मार्च महिनामा तान्जानियाको दारे सलाममा आयोजित एक समारोहमा मन्तव्य राख्दै चिनियाँ राष्ट्रपति सि चिङ फिङले चीन–अफ्रिकाको मित्रताबारे मात्र बोल्नुभएन उहाँले यस्तो मित्रता विस्तारको अनुभव बताउनुभयो । उहाँले अफ्रिकी महादेशको शान्ति र विकासको निम्ति आगामी कार्यको प्रस्तावबारे विस्तृत व्याख्या गर्नुभयो ।
सीले चीन अफ्रिकी देशहरू बलियो सम्बन्ध बनाउने उद्देश्यप्रति गम्भीर भएको र अफ्रिकी देशसँगको ऐक्यबद्धता र आपसी सहयोग चीनको विदेशी नीतिको एक महत्वपूर्ण अंश भएको धारणा राख्नुभयो । अफ्रिकासँगको सहकार्य विगतमा जस्तै परिणाममुखी हुनेछ । अफ्रिकी देशसँग गरेका कुनै पनि वाचाको चीनले सम्मान गर्नेछ ।
चिनियाँ र अफ्रिकी जनताबीचको अनन्य मित्रताको गाँठो अझ बलियो हुनेछ । युवाहरूको आदानप्रदानले मित्रताको सम्बन्ध नयाँ पुस्तासम्म बलियो भई जनता–जनताबीचको सम्बन्ध अरु बलियो हुनेछ ।
सिले भन्नुभयो, ‘चीन–अफ्रिका सम्बन्ध आपसी हित र सहकार्यको आधारमा हुनेछ ।’
चालीस वर्षको सुधार र खुलापनको क्रममा पाएको विकास अनुभवको कारण चीनले अफ्रिकाको विकासको चुनौती पार गर्न सहयोग मिल्नेछ । चीनले कृषि, उद्योग, इन्फ्रास्टक्चर, व्यक्तिगत तालिम, विज्ञान र प्रविधिमा अनुसन्धान र विकासमा जोड दिएको छ । यसले अफ्रिकी देशहरूका पुँजी, प्रविधि, पूर्वाधार र प्रतिभासम्बद्ध कमजोरीलाई जित्नसक्नेछ ।
अफ्रिकी देशहरूको आवश्यकताको आधारमा चीनले ती देशहरूको रेलमार्ग, राजमार्ग, बन्दरगाह, पुल, विमानस्थल, ऊर्जा ग्रीड र सूचना तथा सञ्चार क्षेत्रको पूर्वाधार विकासमा आर्थिक सहयोग प्रदान गरेको छ ।
अफ्रिकाको खाद्य सुरक्षाको विस्तारको निम्ति चीनले कृषि र कृषि प्रविधि प्रदर्शनी केन्द्रहरूको विकासको साथै कृषि प्रविधिका विशेषज्ञहरूलाई पठाएर सहयोग गरेको छ । चीन र अफ्रिकाले महादेशभर संयुक्त रूपमा औद्योगिक पार्कहरू र आर्थिक तथा व्यापार सहकार्यको क्षेत्रहरू स्थापना गरेका छन् । यसले अफ्रिकाको औद्योगिक उत्पादन क्षेत्रको विकासको साथै औद्योगिकीकरण र आर्थिक विविधीकरणलाई प्रश्रय दिएको छ । यसले अफ्रिकी जनताको रोजगारीको अवसर बढाएको छ । यसले प्रविधि हस्तान्तरण भएको छ र अफ्रिकी जनताको आय बढेको छ ।
अफ्रिकी देशहरूबाट ठूलो सङ्ख्यामा सरकारी अधिकारीहरू र प्राविधिकहरू चीनमा आयोजित विभिन्न तालिम कार्यक्रममा भाग लिन पुगका छन् । चीनले अफ्रिकी विद्यार्थीहरूलाई दिइने छात्रवृत्तिको सङ्ख्या निरन्तर बढाउँदै लगेको छ । चीनले अफ्रिकी देशहरूमा विभिन्न प्रकारका विद्यालयहरू र व्यावसायिक शिक्षा र तालिम केन्द्रहरू बनाउन सहयोग गरेको छ ।
दोस्रो कुरा, चीनले अफ्रिकाको शान्ति र स्थायित्वको निम्ति सहयोग गर्नसक्छ । चीनले अफ्रिका अफ्रिकीहरू हो भन्ने कुराको वकालत गर्छ । यसले आफ्नो आन्तरिक द्वन्द्व अफ्रिकी देशहरूले स्वतन्त्ररूपमा आफैले समाधान गर्न सहयोग गर्दछ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का सदस्यहरूमध्ये एक मुख्य शक्तिको जिम्मेवारी पूरा गर्न चीनले शान्तिबहालीको निम्ति सबभन्दा बढी सेना र प्रहरी अधिकारी अफ्रिका पठाएको छ । साथै राष्ट्रसङ्घको शान्तिबहाली कोषमा सबभन्दा बढी सहयोग गर्नेमा चीन पर्दछ ।
तेस्रोमा, चीनले आफ्नो शासन अनुभव अफ्रिकासँग सक्रियतापूर्वक आदानप्रदान गर्नसक्छ । यसले अफ्रिकी सरकारहरू र शासक पार्टीहरूको क्षमता अभिवृद्धि गर्नसक्छन् ।
अझ भन्नुपर्दा, अफ्रिकी आफैले राजनीतिक तथा शासन व्यवस्थाको निर्णय गर्नुको साथै आफ्नो आफ्नो परिस्थितिअनुसारको सबभन्दा राम्रो विकासको बाटो तय गर्नुपर्छ भन्ने विश्वास गर्दछ ।
अझ महत्वपूर्ण कुरा त चीन–अफ्रिका सहकार्यको फोरमको सम्मेलनले सीले कोर्नुभएको नक्साअनुसार नै अफ्रिकामा स्थापित नीतिलाई अझ अगाडि बढाउन चीनले लिने भावी बाटो तय गर्नेछ । यसले चीन–अफ्रिका सम्बन्धलाई अझ नजिक बनाउनेछ । अफ्रिकाको स्थायित्व र विकासको निम्ति सहयोग गर्नु नै चीनको लक्ष्य हो ।
लेखक चीन अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको विकासशील देशहरूको अध्ययन विभागका सहनिर्देशक हुनुहुन्छ ।
अनुवादः राकस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *