नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सोङ वोइ
अफ्रिकी महादेशमा सहारा मरुभूमिको दक्षिणमा रहेका देशहरू (सबसहारा, जसमा अफ्रिकाका ५४ देशमध्ये ४८ देश समेटिएका छन् ।) तुलनात्मक रूपमा कम विकसित छन् । भौगोलिक अवस्थिति, ठूलो बजार र यथेष्ट प्राकृतिक स्रोतसाधनले यस क्षेत्र रणनीतिक महत्व झल्काउँछ ।
डोनाल्ड ट्रम्पको सरकार गठन भएयता संरा अमेरिकाले आफ्नो अफ्रिका नीतिमा निरन्तर परिवर्तन गरेको छ । सन् २०१७ अक्टोबरमा ट्रम्प प्रशासनले अमेरिकी संसदमा अफ्रिकालाई दिंदै आएको सहयोग राशीमा एकतिहाइ घटाउने प्रस्ताव गरेको थियो । डिसेम्बरमा राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने अमेरिकी निर्णयको विरोध गर्ने देशहरूलाई सहयोग रोक्ने घोषणा गरे । जून महिनामा अफ्रिकी विकास बैड्ढजस्ता संस्थाहरूलाई सहयोग समर्थन गर्ने प्रक्रियामा ढिलाइ गर्ने काम संरा अमेरिकाले ग¥यो ।
संरा अमेरिकाका यस्ता कामले अफ्रिकी देशहरूलाई सा¥है अप्ठेरो बनायो । विश्व आर्थिक सङ्कटको दुष्प्रभावबाट अझै उठ्न नसकेका ती अफ्रिकी देश विकासको निम्ति अर्थको खोजी गरिरहेका थिए ।
ट्रम्प प्रशासनले नाटकीय रूपमा अफ्रिका नीति किन परिवर्तन ग¥यो ? यो ट्रम्पको लापरबाहीपूर्ण काममात्र हो वा यसको पछाडि गहिरो राजनीतिक अर्थ छ ?
शीतयुद्धको बेला संरा अमेरिका अफ्रिकी मामिलामा हात धोएर लागेको थियो । अफ्रिकी देशहरूमाथि आफ्नो प्रभुत्व जमाउन सोभियत सङ्घसँग प्रतिस्पर्धा गर्दै संरा अमेरिकाले राजनीतिक, आर्थिक, सैनिकलगायत उपाय गरेको थियो ।
शीतयुद्धको अन्तपछि संरा अमेरिकाले अफ्रिकाको महत्वलाई पुनः मूल्याङ्कन ग¥यो र आफ्नो विदेश रणनीतिलाई पूर्णतः परित्याग ग¥यो ।
निरन्तरको द्वन्द्व, आर्थिक अस्थिरता र मानवीय सड्ढट हुँदाहुँदै संरा अमेरिकाले अफ्रिकामा चरणबद्ध रूपमा सहयोग घटाउने नीति लियो । अफ्रिकी देशहरू राजनीतिक यथार्थविपरीत संरा अमेरिकाले प्रजातान्त्रीकरणको ‘तेस्रो आयाम’ लाई प्रोत्साहित गर्नेबाहेक केही गरेन । त्यसले अफ्रिकाको मानवीय सङ्कट समाधानको निम्ति कुनै काम नगरेकोमात्र होइन आर्थिक सहयोग कम गरेर अफ्रिकी देशहरूको विकासको आवश्यकतालाई बवास्ता गरेको छ ।
संरा अमेरिकाको यो नीतिले अफ्रिकामा ‘शक्ति शून्य’ बनेको छ । यसबाट मध्यपूर्वबाट आतड्ढवादीको प्रवेशको वातावरण बनेको छ । हास्यास्पद कुरा त यो छ कि रणनीतिक रूपमा सबभन्दा कम महत्वमा राखिएको अफ्रिकामाथि संरा अमेरिका आफ्नो नियन्त्रण छोड्न चाहन्न, यही नै वासिङ्टनको अफ्रिका नीतिको सार हो ।
बाहिरी दबाबमा संरा अमेरिकाले शीतयुद्धपछिको अफ्रिका नीतिमाथि पुनःविचार गर्दैछ र यसमा फेरबदल पनि गर्दैछ । सैन्य क्षेत्रमा यसले केही अफ्रिकी देशलाई सैन्य सहयोग बढाएको छ । यसले आतड्ढवादविरुद्ध सहकार्य बढाएको छ । संरा अमेरिकाले अफ्रिकामा केही स्थायी सैन्य संस्था निर्माण गरेको छ । आर्थिक क्षेत्रमा यसले केही अफ्रिकी देशमा व्यापार बढाएको छ, ऊर्जासम्बद्ध आयात बढाएको छ, व्यापारको निम्ति आर्थिक तथा प्राविधिक सहयोग बढाएको छ र आर्थिक सुधारको निम्ति टेवा दिएको छ ।
अफ्रिकामाथि युरोपको परम्परागत प्रभावले संरा अमेरिकाको राजनीतिक विकास स्थानलाई कमजोर बनाएको ट्रम्पको विश्वास छ । साथै उदयमान शक्तिहरूले गर्दा अफ्रिकामा संरा अमेरिकी सहयोग खुम्चिएको ट्रम्पको भनाइ छ । सड्ढटबारेको यस्तो बुझाइले संरा अमेरिकालाई अफ्रिकी देशहरूको सम्बन्ध विस्तार गर्न बाध्य बनाएको हो । साथै संरा अमेरिकाले ऋण घटाउने र सहयोग बढाउने र अमेरिकी ‘राजनीतिक दर्शन’ को प्रचार गर्ने काम थालेको छ । यी सबै कामको मुख्य उद्देश्य भन्नु नै त्यस क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्नु हो ।
संरा अमेरिकाको अफ्रिका नीतिले केही परिणाम त प्राप्त होला तर अफ्रिकामा बिग्रिएको संरा अमेरिकी छवी फिर्ता गर्न गा¥हो छ ।
लेखक चिनियाँअर्थ मन्त्रालयका अनुसन्धानकर्ता हुन् ।
अनुवादः राकस्था
Leave a Reply