तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २६ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले केपी ओली सरकारले जनतालाई परिवर्तनको आभाष दिने खालको कुनै पनि काम गर्न नसकेको हावादारी खालका भ्रमपूर्ण आश्वासनमात्र दिएर जनता झुक्याउने काम गरिरहेको बताउनुभएको छ । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नपा वडा नं ७ को आयोजनामा दसैं–तिहारको शुभकामना तथा मजदुर–किसान बुलेटिनको अध्ययन गोष्ठीमा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले समाजमा समस्याहरू अत्यन्त व्याप्त रहेको, नयाँ किसिमका ऐन कानुनहरूको निर्माण भैरहेकोले हरेक नागरिकहरू सचेत र सु–सूचित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सिर्जना सैंजूले प्रदेशसभामा विभिन्न ठूला साना प्रतिकृयावादी दलका सांसदहरूले चुनावमा एउटा भोटको दशौं हजार खर्चेर निर्वाचन जितेको अब आउने निर्वाचनमा जित्नको लागि अझ बढि खर्च गर्नुपर्ने भएकोले अहिले पद भएको बेलामा सक्दो बढि पैसा जोहो गर्नुपर्ने विचार राखेको चर्चा गर्नुहुँदै अपराधको सृङ्खला वृद्धि भएबाट पनि सत्ताधारीहरूले पद र पैसाको दुरुपयोग गरेको छ भन्ने स्पष्ट हुन्छ भन्नुभयो । 
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टी तथा जनवर्गीय सङ्गठनका इमानदार कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्या एकातिर छोडेर समाजको परिवर्तनको लागि महत्वपूर्ण समय खर्चिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकामा भइरहेको मेलमिलाप, न्यायिक फछ्र्यौट प्रक्रिया, अवस्थाबारे बताउनुहुँदै विद्यमान नियमहरूमा हेरफेर भएका केही विषयहरूमाथि पनि प्रकाश पार्नुका साथै कुनै किसिमको समस्या भएमा वडा कार्यालयमार्फत न्याय समितिमा आएको खण्डमा आवश्यकताअनुसार कार्यवाही गरिने बताउनुभयो । नेक्रामहिला सङ्घ गोल्मढी एकाइ समितिका कार्यवाहक अध्यक्ष रञ्जना त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका वडा नं. ७ का बलराम गोसाई, अधिवक्ता अनिता जधारी जमुना गोसाई, इन्द्रमाया लागे, लक्ष्मीकेशरी तुईतुईलगायतले पनि बोल्नुभएको थियो ।
Leave a Reply