युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
लामो गृहयुद्धपछि स्वतन्त्र र नयाँ मुलुकको रूपमा चिनिने दक्षिण सुडानको शैक्षिक विकासको निम्ति चीनले महत्वपूर्ण योगदान पु¥याएकोे छ । दक्षिण सुडानको शैक्षिक सत्र सुरु हुन लागेपछि सेप्टेम्बर महिनाको सुरुवातमा चिनियाँ विशेषज्ञहरूले लेखेका १३ लाख प्रति पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका दक्षिण सुडान पु¥याइयो ।
दक्षिण सुडानमा शिक्षाको निम्ति पु¥याइएको शैक्षिक साम्रग्री प्राविधिक सहयोग परियोजनाको एक अंशमात्र बताइएको छ । पुस्तकको गाताको माथिल्लो बायाँ भागमा दक्षिण सुडानको राष्ट्रिय झण्डा र तल्लो दायाँ भागमा चीनको सहयोगको चिह्न उल्लेख छ । दक्षिण सुडानको शिक्षा परियोजना सञ्चालनमा चीनको वाणिज्य मन्त्रालयले सहयोग गरेको छ भने पुस्तकको प्रकाशन चीनको एक मुख्य पुस्तक प्रकाशकले जिम्मा लिएको हो । चिनियाँ विशेषज्ञहरूको एउटा समूहले दक्षिण सुुडानका विशेषज्ञको सहयोगमा पाठ्यक्रमको खाका बनाउनुको साथै कक्षा १ का विद्यार्थीको निम्ति पाठ्यपुस्तक र अङ्ग्रेजी, विज्ञान र गणितका शिक्षक निर्देशिका पुस्तक बनाएकोे थियो ।
अगष्टको अन्तिम साता बेइजिङमा एक कार्यक्रम गरी पुस्तक हस्तान्तरण गरिएको थियो । दक्षिण सुडानमा सञ्चालित शिक्षा परियोजनाको पहिलो चरणको रूपमा लिइएको उक्त कार्यक्रम बेइजिङमा आयोजित चीन–अफ्रिका सहयोग फोरमको सम्मेलनभन्दा अगाडि गरिएको थियो । दक्षिण सुडानी शिक्षा मन्त्रालयका एक जना सचिव माइकल लोपुकेले पुस्तक हस्तान्तरण चीन र दक्षिण सुडानबीच शिक्षामा सहयोगको आदानप्रदानको एक गज्जबको उदाहरण भएको टिप्पणी गरे । सचिव लोपुकेले धन्यवाद पत्र लेख्दै भने, “यो परियोजनाले शिक्षाको विकासका आवश्यकता पूरा गर्न सहयोग गरेको छ । दक्षिण सुडानको आधारभूत शिक्षा सुधारमा यसले महत्वपूर्ण योगदान पु¥याउने छ ।”
पुस्तक तयार गर्नु अगाडि चिनियाँ टोलीले दक्षिण सुडानका विद्यालय र शैक्षिक संस्थाहरूको अध्ययन भ्रमण ग¥यो । दक्षिण सुडानमा पछिल्लो पाँच वर्षमा भएको गृहयुद्धपछि सरकारले शिक्षामा धेरै काम गर्न खोजेको तर आर्थिक समस्याको कारण तिनीहरूको हात बाँधिएको चिनियाँ टोलीले पायो ।
पाठ्यपुस्तकको अभाव द. सुडानको गम्भीर समस्या हो । ६–७ विद्यार्थीले एउटा पाठ्यपुस्तक पाएको अवस्था थियो । यस्तो परिस्थितिमा दुई देशका विज्ञहरूले आफ्नो काम सक्दो उपयोगी बनाउन मेहनत गरे ।
लोपुकेले शैक्षिक सामग्री सा¥है उच्चकोटीको रहेको, विषयवस्तुको सिलसिला मिलाइएको र हाते निर्देशिकामा विस्तृत व्याख्या रहेको बताए । यसैबीच पाठ्यपुस्तक विकासको निम्ति दक्षिण सुडानका दुई सय शिक्षकहरूलाई चीनमा तालिम दिइएको थियो । चीनमा भएको तालिममा सहभागी एघार वर्ष विज्ञान शिक्षणमा संलग्न एक शिक्षक एलिजावेथ मार्टिनले नयाँ पाठ्यपुस्तक विद्यार्थी केन्द्रित भएको टिप्पणी गरे ।
प्रस्तुति ः रास, भक्तपुर
चाइना डेलीबाट
Leave a Reply