भर्खरै :

चीन– रुस रेलमार्ग अन्तिम चरणमा

हार्बिन, १४ अक्टोबर । चीन र रुस जोड्ने प्रमुख रेलमार्गअन्तर्गत चीनतिरको खण्डको प्रमुख भागको निर्माण सम्पन्न भएको छ । नदीमाथि पुल निर्माण गरी बनाइएको सो अन्तिम खण्डको रेलमार्गमा चिनियाँ मजदुरले अन्तिम चरणको स्पातको खम्बा बनाउन सकाएको चिनियाँ स्रोतले बताएको छ ।
रुस र चीनको सीमावर्ती हेलोच्याङ नदीमाथि सो पुल बनाइएको हो । रुसमा सो नदीलाई अमुर नदी भनी चिनिन्छन् । यो पुलले उत्तरपूर्वी चीनको हेलोच्याङ प्रान्तको तोङच्याङ सहर र रुसको निज्नेलिनिनस्कोयो सहर जोड्नेछ ।
उक्त सीमावर्ती पुल जम्मा २ हजार २ सय १५ मिटर लामो छ । त्यसमध्ये चीनले १ हजार ८ सय ८६ मिटर आफ्नो जिम्मामा लिएको थियो । सो पुलको निर्माण सन् २०१४ को फेब्रुअरीमा सुरु भएको थियो । चीनको भागमा परेको रेलमार्गको सानो हिस्साको काम मात्र बाँकी रहेको योजना प्रमुखले बताएका छन् । उता रुसले जिम्मा लिएको पुलको आधा खण्डको निर्माण पनि तीव्र रुपमा भइरहेको बताइएको छ । बेल्ट एण्ड रोड पहलकदमीअन्तर्गत निर्माण गरिएको सो पुलको निर्माण समापनसँगै दुवै देशको यातायात तथा आर्थिक गतिविधिमा तीब्रता आउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *