भर्खरै :

नेक्राशिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन काभे्रमा हुने

काठमाडौं, २९ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन आगामी कार्तिक १६ र १७ गते हुने भएको छ । शिक्षक सङ्घको गत चैतमा भएको पूर्ण बैठकले सङ्घको तेस्रो सम्मेलन दशैं र तिहारको बीचमा गर्ने र सोको मिति र स्थान तोकी जिम्मा शिक्षक सङ्घले सचिवालयलाई दिएको थियो ।
सङ्घको हालै बसेको बैठकले तेस्रो सम्मेलन कार्तिक १६ र १७ गते काभ्रेमा गर्ने निर्णय गरेको हो । सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले दिएको जानकारीअनुसार सम्मेलनको तयारी भइरहेको छ । जिल्ला–जिल्लामा आवश्यक सर्कुलर पठाई प्रतिनिधि पर्यवेक्षक तय गर्ने र सङ्घको विधानमा आवश्यक संशोधन गर्न मस्यौदा भइरहेको पनि उहाँले बताउनुभयो । शिक्षक सङ्घको विधानमा प्रदेशसम्बन्धी कुनै संरचना नभएकोले देशको वर्तमान परिस्थितिअनुसार विधान संशोधन गर्न मस्यौदा भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *